नौ वाणिज्य बैंकको चौथो त्रैमासको प्रगती यस्तो, अर्ब बढी कमाउने ७ बैंक कुन् कुन् हुन् ?

Aug 05, 2016 Mero Lagani

आर्थिक वर्ष २०७२/७३ को अन्तिम अर्थात चौथो त्रैमासिक वित्तीय विबरण प्रकाशित गरेका ९ मध्ये ७ वटा बैंकहरुले एक अर्ब भन्दा बढी कमाएका छन् । पूँजीका आधारमा कमाई लगायतका अन्य आधारहरुलाई हेर्दा चुक्ता पूँजी सबैभन्दा थोरै भएको सिद्धार्थको बैंकको प्रगती राम्रो देखिएको छ । प्रतिशेयर आम्दानीका आधारमा हेर्दा ९ मध्ये पहिलो स्थानमा सिद्धार्थ बैंक छ भने अन्तिम स्थानमा लक्ष्मी बैंक रहेको छ ।

कुन बैंकको अवस्था कस्तो ?

राष्ट्र बैंकले ४ गुणाले पूँजी वृद्धि गर्ने व्यवस्थालाई अंगीकार गरे पछि पूँजी बढाउने चटारोमा परेका वाणिज्य बैंकहरुको गत आर्थिक वर्षमा राम्रो वित्तीय विबरण प्रकाशित गरेको देखिएको हो । यस क्रममा चुक्ता पूँजीका आधारमा पहिलो स्थानमा रहेको ग्लोबल आइएमई बैंक (GBIME) मर्जमा गएको छैन भने प्यासिफिक डेभलपमेण्ट बैंकलाई खरिद गर्ने सम्झौता गरेको छ । 

त्यसै गरि चुक्ता पूँजीका आधारमा दोस्रो स्थानमा रहेको प्रभु बैंक (PRVU) ले ग्राण्ड बैंक (GRAND) संगको मर्जर पुरा गरि एकिकृत कारोबार सुरु गरिसकेको भए पनि शेयर कारोबार अझै खुल्न सकेको छैन । तेस्रो स्थानमा रहेको एनआइसी एशिया बैंक (NICA) ले २५ प्रतिशत हकप्रद निष्काशन गरि हकप्रदमा नबिकेको शेयर लिलाममा राखेको छ । एनआइसी अहिलेसम्म कुनै बैंकसंग मर्जर तथा एक्वििजिशनमा गएको छैन । चौथो स्थानमा रहेको सानिमा बैंक (SANIMA) ले ५० प्रतिशत हकप्रद निष्काशन गरेर माथि चढ्ने क्रममा बागमती डेभलपमेण्ट बैंक (BGDBL) लाई खरिद गर्ने निर्णय गरिसकेको छ ।

पाँचौं स्थानमा रहेको सनराइज बैंक (SRBL) ले १५ प्रतिशत हकप्रद निष्काशन पश्चात नारायणी नेशनल फाइनान्स (NNFC) लाई खरिद गरिसकेको छ भने छैठौं स्थानमा रहेको सिटिजन्स बैंक (CZBIL) ले पनि ५५ प्रतिशत हकप्रद निष्काशन गरेर पूँजी वृद्धि गरेको हो । प्रिमियर फाइनान्स (PFCLL) लाई खरिद गर्ने प्रकृया पनि सिजिन्सले केही समय अघि पुरा गरेको थियो । सातौं स्थानमा रहेको लक्ष्मी बैंक (LBL) ले सतप्रतिशत हकप्रद निष्काशन गर्ने निर्णय मात्र गरेको छ भने सोही घटनाक्रमका बिच उसले प्रोफेशनल दियालो विकास (PRDBL) बैंक लाई खरिद गर्ने निर्णय पनि गरिसकेको छ ।

आठौं स्थानमा रहेको नेपाल बंगलादेश बैंक ज्वाइन्टभेञ्चर कम्पनी भएकाले मर्जर भन्दा हकप्रदलाई उचित विकल्प मान्दै ८० प्रतिशत हकप्रद निष्काशन गर्ने निर्णयमा बसेको छ । चुक्ता पूँजीका आधारमा नवौं स्थानमा रहेको सिद्धार्थ बैंक (SBL) ले केही समय अघि बिजनेश युनिभर्सल डेभलपमेण्ट बैंक (BUDBL) संगको मर्जर प्रकृया पुरा गरि २५ प्रतिशत हकप्रद निष्काशनको प्रकृया अघि बढाएको छ ।

चुक्ता पूँजी, जगेडा, निक्षेप संकलन, कर्जा प्रवाह, निष्कृय कर्जाका आधारमा ९ वाणिज्य बैंकको अवस्था यस्तो छ ।

 

खुद नाफाका आधारमा गत आर्थिक वर्षको चौथो त्रैमासमा वित्तीय विबरण प्रकाशित गरेका ९ वाणिज्य बैंक मध्ये ७ वटाले १ अर्ब बढीको आम्दानी गरेका छन् । खुद नाफाका आधारमा ग्लोबल आइएमई बैंक पहिलो स्थानमा रहेको भए पनि चुक्ता पूँजीका आधारमा गरेको कमाइका आधारमा भने सिद्धार्थ बैंकले ८ वटै बैंकलाई उछिनेर पहिलो बनेको छ । प्रतिशेयर आम्दानीले यो कुरालाई प्रष्टाउँछ ।

प्रतिशेयर आम्दानीका आधारमा सिद्धार्थ बैंक पहिलो स्थानमा छ भने नेपाल बंगलादेश बैंक दोस्रो, सिटिजन्स बैंक तेस्रो, सानिमा बैंक चौथो, सनराइज बैंक पाँचौं, एनआइसी एशिया छैठौं, ग्लोबल आइएमई सातौं, लक्ष्मी आठौं र प्रभु बैंक नवौं स्थानमा रहेका छन् ।

नारायणी नेशनल फाइनान्ससंगको एक्यावर प्रकृया पुरा भईसकेको सन्दर्भमा सनराइज बैंक र नारायणी नेशनल फाइनान्सको चौथो वित्तीय विबरण बेग्ला बेग्ले रुपमा आएको छ । दुवै संस्थाले क्रमशः ९५ करोड र २५ करोड खुद नाफा कमाएका छन् । समायोजन गरेर यो नाफालाई सनराइज बैंकको नाफा मान्ने हो भने सनराइज पनि अर्ब बढी कमाउने बैंकको सूचीमा पुगेको छ । 

मेरोलगानीले वाणिज्य बैंकहरुले कमाएको खुद नाफाको आंकलन गरेको थियो । सबै बैंकहरुको वित्तीय विबरणसंग मेरोलगानीले गरेको आंकलन मिल्दोजुल्दो छ ।

बाणिज्य बैंकहरुमा कस्ले कति खुद नाफा कमाए ? ( आँकलनसहित)

अघिल्लो आर्थिक वर्षदेखि गत आर्थिक वर्षको कमाई, नेटवर्थ र र सम्भावित जोखिमको व्यवस्थाबाट फिर्ता आएको रकमका आधारमा ९ वाणिज्य बैंकको अवस्था यस्तो छ ।

...................................................................................................................................................................

डिम्याट खाता खोल्नु भएको छैन ? घरमै बसी बसी अनलाइनबाट डिम्याट खाता खोल्न चाहनुहुन्छ भने यहाँ क्लिक गर्नुहोस् ।

....................................................................................................................................................................

मेरो लगानी अब सबै स्मार्टफोनमा ! एण्ड्रोइड मोवाइल एप्सका लागि यहाँ क्लिक गर्नुहोस् । एप्पलको आइफोन तथा आइप्याडका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईँ मेरो लगानीका प्रत्येक अपडेट फेसबुकट्वीटर र गुगल प्लस मार्फत पनि पाउन सक्नुहुन्छ ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।