सेञ्चुरीले कमायो ३८ करोड २६ लाख, भाद्र ५ गतेदेखी ३० प्रतिशत हकप्रद

Aug 09, 2016 merolagani

सेञ्चुरी कमर्सियल बैंकले गतआर्थिक बर्षमा ३८ करोड २६ लाख नाफा कमाएको छ । बैंकले अघिल्लो आर्थिक बर्षमा २६ करोड ८ लाख नाफा कमाएको थियो । बैंकको मुनाफा अघिल्लो बर्षको तुलनामा ४६ दशलमव ६७ प्रतिशतले बढी हो ।

 

बैंकले कमाएको खुद नाफा मेरो लगानीले गरेको आँकलनसँग ठ्याक्कै मिलेको छ । बैंकको नियमित कारोबार बाटै नाफा बढेको हो । 

बाणिज्य बैंकहरुमा कस्ले कति खुद नाफा कमाए ? ( आँकलनसहित)

२ अर्ब ८४ करोेड चुक्ता पुँजी रहेको बैंकको जगेडा कोषमा ५३ करोड २६ लाख रुपैंयाँ रहेको छ । निष्कृय कर्जा शुन्य दशमलव २४ प्रतिशत रहेको बैंकले १० करोड ३७ लाख रुपैयाँ प्रोभिजन राखेको छ भने ३ करोड १२ लाख रुपैयाँ खराब कर्जा उठाउन बैंक सफल भएको छ ।

बैंकको प्रति शेयर आम्दानी १३ रुपैंयाँ ४७ पैसा रहेको छ भने प्रति शेयर नेटवर्थ ११८ रुपैंयाँ ७५ पैसा रहेको छ । बैंकले २०७३ असार मसान्तसम्ममा २८ अर्ब ९६ करोड निक्षेप संकलन गरेर २५ अर्ब ८ करोड कर्जा तथा सापटी प्रवाह गरेको छ ।

 

सेञ्चुरी बैंकको ३० प्रतिशत हकप्रद भदौ ५ बाट

...................................................................................................................................................................

डिम्याट खाता खोल्नु भएको छैन ? घरमै बसी बसी अनलाइनबाट डिम्याट खाता खोल्न चाहनुहुन्छ भने यहाँ क्लिक गर्नुहोस् ।

....................................................................................................................................................................

मेरो लगानी अब सबै स्मार्टफोनमा ! एण्ड्रोइड मोवाइल एप्सका लागि यहाँ क्लिक गर्नुहोस् । एप्पलको आइफोन तथा आइप्याडका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईँ मेरो लगानीका प्रत्येक अपडेट फेसबुकट्वीटर र गुगल प्लस मार्फत पनि पाउन सक्नुहुन्छ ।

comments powered by Disqus

पूँजीबजारका लगानीकर्ताको आन्दोलन स्थगित

Apr 28, 2024 07:06 AM

आजदेखि शुरु हुने भनिएको पूँजीबजारका लगानीकर्ताहरुको आन्दोलन स्थगित भएको छ। पूँजीबजार सुधार तथा विकासका माग राखि गर्न लागिएको आन्दोलन स्थगित भएको जानकारी पूँजीबजार सुधार संघर्ष समितिका संयोजक उपेन्द्र पाठकले जानकारी दिएका छन्।