मर्जरपछि एनएमबी र मेगाको प्रगति नै प्रगति,खराब कर्जा घटाएर नाफा उच्च

Aug 10, 2016 merolagani

एनएमबी बैंक (NMB)  र मेगा बैंक (MEGA) ले ठुलो मात्रमा खराबकर्जा उठाएपछि अघिल्लो बर्षको तुलनामा गत आर्थिक बर्षमा उल्लेखिय नाफा बढाएका छन् । गतआर्थिक बर्षमा एनएमबी बैंकले करिब १२९ प्रतिशत र मेगाले ५९ प्रतिशतले नाफा बढाएका छन् । यसअवधिमा एनएमबी बैंकले ६३ करोड ५५ लाख रुपैयाँ डुबेको रकम उठाएको छ भने मेगा बैंकले पनि १३ करोड रुपैयाँ खराबकर्जा उठाएको छ । गतआर्थिक बर्षमा दुवै बैंकले खराबकर्जा घटाएका छन् ।

एनएमबी बैंकको नाफा एक अर्ब १५ करोड 

 

एनएमबी बैंकले गत आर्थिकबर्षमा एक अर्ब १५ करोड नाफा आर्जन गरेको छ । अघिल्लो आर्थिक बर्षमा ५० करोड ३८ लाख रुपैंयाँ कमाएको बैंकको नाफा करिब १२९ प्रतिशतले बढेको हो । एनएमबी बैंकको नाफा पनि मेरो लगानीको आकँलन अनुसार नै देखिएको छ ।

बाणिज्य बैंकहरुमा कस्ले कति खुद नाफा कमाए ? ( आँकलनसहित)

६३ करोड ५५ लाख रुपैंयाँ खराब कर्जा उठाएपछि बैंकको नाफा चुलिएको हो । अझैपनि बैंकले ५१ करोड ५३ लाख रुपैयाँ प्रोभिजनमा राखेको छ । बैंकको खराब कर्जा १.७५ प्रतिशत रहेको छ ।

४ अर्ब ४८ करोड चुक्ता पुँजी रहेको बैंकको जगेडा कोषमा २ अर्ब ५३ करोड रुपैंयाँ रहेको छ । बैंकले यसअवधिमा ६४ अर्ब ९४ करोड रुपैंयाँ निक्षेप संकलन गरेर ५३ अर्ब ८ करोड कर्जा तथा सापटी प्रवाह गरेको छ ।

बैंकको प्रति शेयर आम्दानी २८ रुपैंयाँ ६६ पैसा, प्रति शेयर नेटवर्थ १५४ रुपैंयाँ ९१ पैसा रहेको छ ।

 

मेगा बैंकको मुनाफामा ५९ प्रतिशतको वृद्धि, निष्कृय कर्जा घट्यो

मेगा बैंक नेपालले गत असार मसान्तसम्ममा ५५ करोड २० लाख नाफा कमाएको छ । अघिल्लो बर्ष ३४ करोड ६२ लाख नाफा कमाएको बैंकको नाफा २० करोड ५८ लाख अर्थात ५९ प्रतिशतले बढी हो । मेगाको नाफा पनि मेरो लगानीको आँकलनसँग नजिक देखिएको छ ।

बाणिज्य बैंकहरुमा कस्ले कति खुद नाफा कमाए ? ( आँकलनसहित)

बैंकले १३ करोड रुपैँया खराबकर्जा उठाएपछि नाफा बढेको हो । अझेपनि बैंकले ९ करोड ९० लाख रुपैयाँ प्रोभिजनमा राखेको छ । बैंकको खराबकर्जा ०.७९ प्रतिशतमा झरेको छ ।

पश्चिमाञ्चल डेभलपमेन्ट बैकलाई गाँभेर ३ अर्ब २४ करोड चुक्ता पुँजी पुर्याएको बैंकको जगडा कोषमा ९६ करोड ७४ लाख रुपैँया रहेको छ । बैंकले २५ प्रतिशत अर्थात ४ बराबरको १ हकप्रद शेयर निष्काशन गर्ने प्रक्रियामा रहेको छ । बैंकले यसअवधिमा ३१ अर्ब निक्षेप संकलन गरेर २७ अर्ब कर्जा तथा सापटी प्रवाह गरेको छ ।

बैंकको प्रति शेयर आम्दानी १७ रुपैंयाँ ४ पैसा छ भने प्रति शेयर नेटवर्थ १२९ रुपैंयाँ ८५ पैसा रहेको र तरलता अनुपात २५ दशमलव ४६ प्रतिशत रहेको छ ।

...................................................................................................................................................................

डिम्याट खाता खोल्नु भएको छैन ? घरमै बसी बसी अनलाइनबाट डिम्याट खाता खोल्न चाहनुहुन्छ भने यहाँ क्लिक गर्नुहोस् ।

....................................................................................................................................................................

मेरो लगानी अब सबै स्मार्टफोनमा ! एण्ड्रोइड मोवाइल एप्सका लागि यहाँ क्लिक गर्नुहोस् । एप्पलको आइफोन तथा आइप्याडका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईँ मेरो लगानीका प्रत्येक अपडेट फेसबुकट्वीटर र गुगल प्लस मार्फत पनि पाउन सक्नुहुन्छ ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।