सनराइज बैंकको नगद लाभांस र आइपिओमा शेयर नपरेको पैसा फिर्ता नलिनेलाई यस्तो आयो ताकेता

Aug 11, 2016 Mero Lagani

सनराइज बैंक (SRBL) ले साधारण शेयर निष्काशन गर्दा आवेदन दिएर शेयर नपरेको पैसा अझैसम्म नलिएकाहरुलाई तत्काल पैसा फिर्ता लिन आग्रह गरेको छ । २०६६ सालमा बैंकले साधारण शेयर निष्काशनका दौरान शेयर नपरेर पैसा फिर्ता नलिएका लगानीकर्ताको संख्या तथा विबरण भने खुलाएको छैन ।

बैंकले शेयर आवेदन गर्दाको अर्धकट्टी र नागरिकताको प्रतिलिपी लिएर बैंकको शेयर निष्काशन तथा बिक्रि प्रबन्धक सिभिल क्यापिटलमा सम्पर्क राख्न आग्रह गरेको छ । क्यापिटलले प्रदान गर्ने आइपिओ चेक लिएर फेरी बैंकको गैरीधारमा रहेको मुख्य कार्यालयमा सम्पर्क गर्न पनि बै.कले आग्रह गरेको छ ।

साथै बैंकले नगद लाभांसको पूर्जा नलिएका नारायणी नेशनल फाइनान्स तथा सनराइज बैंकका शेयरधनीहरुलाई पनि सिभिल क्यापिटलमा सम्पर्क गरि नगद लाभांस संकलन गर्न पनि बैंकले आग्रह गरेको छ ।

....................................................................................................................................................................

डिम्याट खाता खोल्नु भएको छैन ? घरमै बसी बसी अनलाइनबाट डिम्याट खाता खोल्न चाहनुहुन्छ भने यहाँ क्लिक गर्नुहोस् ।

....................................................................................................................................................................

मेरो लगानी अब सबै स्मार्टफोनमा ! एण्ड्रोइड मोवाइल एप्सका लागि यहाँ क्लिक गर्नुहोस् । एप्पलको आइफोन तथा आइप्याडका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईँ मेरो लगानीका प्रत्येक अपडेट फेसबुकट्वीटर र गुगल प्लस मार्फत पनि पाउन सक्नुहुन्छ ।

comments powered by Disqus

पूँजीबजारका लगानीकर्ताको आन्दोलन स्थगित

Apr 28, 2024 07:06 AM

आजदेखि शुरु हुने भनिएको पूँजीबजारका लगानीकर्ताहरुको आन्दोलन स्थगित भएको छ। पूँजीबजार सुधार तथा विकासका माग राखि गर्न लागिएको आन्दोलन स्थगित भएको जानकारी पूँजीबजार सुधार संघर्ष समितिका संयोजक उपेन्द्र पाठकले जानकारी दिएका छन्।