५० प्रतिशत हकप्रद जारी गर्न गुहेश्वरी मर्चेन्टले पायो स्वीकृति,कन्ट्री डेभलपमेन्टको बोनश पारित

Aug 15, 2016 merolagani

नेपाल धितोपत्रबोर्डले गुहेश्वरी मर्चेन्ट बैंकिङ एन्ड फाइनान्स कम्पनी (GMFIL) लाई चुक्ता पुँजीको ५० प्रतिशत हकप्रद शेयर निष्काशनको लागि अनुमति दिएको छ । त्यस्तै प्राइम बैंकले खरिद गर्ने सम्झौता गरिसकेको कन्ट्री डेभलपमेन्ट बैंक (CNDBL) ले प्रस्ताव गरेको बोनश बैंकको आठौ साधारणसभाले पारित गरेको नेप्सेले जनाएको छ । साथै एनआईबिएल समृद्धि फण्डले आफ्ना शेयरधनीलाई १५ प्रतिशत नगद लाभांश दिने भएको छ । 

अघिल्लो आर्थिक बर्षको मुनाफाबाट १५ प्रतिशत बोनश बाँडेको गुहेश्वरी मर्चेन्ट बैंकिङ एन्ड फाइनान्स कम्पनीलाइले बोनशपश्चातको चुक्ता पुँजीको पचास प्रतिशत हकप्रद निष्काशन गर्न लागेको हो । कम्पनीले १४ लाख ६८ हजार ६ सय ९७ कित्ता हकप्रद जारी गर्देछ ।

कम्पनीको वैशाख २ गतेसम्पन्न विशेष साधारणसभाले हकप्रदको प्रस्ताव पारित गरेको थियो । हकप्रद निष्काशन पश्चात कम्पनीको चुक्तापूँजी ४५ करोड रुपैयाँको हाराहारीमा पुग्नेछ । कम्पनीको शेयर निष्कासन तथा बिक्री प्रबन्धकमा एनआइबिएल क्यापिटल लिमिटेड रहेको छ ।

फाइनान्सले राष्ट्र बैकले तोके अनुसार ०७४ असारसम्ममा ८० करोड चुक्ताँपूजी पुर्याउनुपर्ने हुन्छ ।जसका लागि आफु बराबरकै कुनै एक वित्तीय संस्थासँग यसै  आर्थिक बर्षमा मर्जरमा जाने योजनामा रहेको छ ।

कन्ट्री डेभलपमेन्ट बैंकको ७.२५ प्रतिशत बोनस पारित

कन्ट्री डेभलपेन्ट बैंकले अघिल्लो आर्थिक बर्षको मुनाफाबाट आफ्ना शेयरधनीलाई साढे सात प्रतिशत लाभांश बाड्ने प्रस्ताव भएको छ । कम्पनीको भर्खरै सम्पन्न साधारणसभाले उक्त प्रस्ताव पारित गरेका हो। बैंकले ७.२५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.३८१ प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव गरेको थियो ।

कन्ट्री डेभलपमेन्ट बैंकको चुक्ता पुँजी ३३ करोड रुपैयाँ छ । यो बोनस वितरणपछि बैंकको चुक्ता पुँजी ३५ करोड रुपैयाँ नाघ्नेछ । यो बैंकलाई प्राइम बैंकले खरिद गर्ने सम्झौता गरिसकेको छ ।

 

एनआईबिएल समृद्धि फण्डले १५ प्रतिशत लाभांश दिने

एनआईबिएल समृद्धि फण्ड- 1 ले आफ्ना लगानीकर्तालाई १५ प्रतिशत नगद लाभांश दिने भएको छ । कम्पनीको आइतबार बसेको सञ्चालक समितिको ३९ औं बैठकले लगानीकर्तालाई उक्त लाभाशं दिने निर्णय गरेको हो ।

लाभांश नियामकबाट स्वीकृति पाए पछि वितरण गरिने कम्पनीले जनाएको छ

...............................................................................................................................................................

डिम्याट खाता खोल्नु भएको छैन ? घरमै बसी बसी अनलाइनबाट डिम्याट खाता खोल्न चाहनुहुन्छ भने यहाँ क्लिक गर्नुहोस् ।

....................................................................................................................................................................

मेरो लगानी अब सबै स्मार्टफोनमा ! एण्ड्रोइड मोवाइल एप्सका लागि यहाँ क्लिक गर्नुहोस् । एप्पलको आइफोन तथा आइप्याडका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईँ मेरो लगानीका प्रत्येक अपडेट फेसबुकट्वीटर र गुगल प्लस मार्फत पनि पाउन सक्नुहुन्छ ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।