नगद लाभांस बितरण सम्बन्धमा राष्ट्र बैंकले दियो यस्तो निर्देशन

Aug 17, 2016 Mero Lagani

- ‘क’ ‘ख’ र ‘ग’ वर्गलाई मात्र गरियो सम्बोधन, अरु सुचीकृत कम्पनीले के गर्लान ?
नेपाल राष्ट्र बैंकले सुचिकृत वाणिज्य बैंक, विकास बैंक र फाइनान्सहरुलाई अनिवार्य रुपमा लगानीकर्ताले पाउने नगद लाभांस बैंक खातामा जम्मा गर्न सर्कुलर जारी गरेको छ । लाभांस पूर्जा संकलन गर्न बोलाउने सुचना प्रकाशित हुन थाले पछि राष्ट्र बैंकले धितोपत्र बोर्डको आग्रहमा यस्तो सर्कुलर जारी गरेको हो ।

सुचिकृत कम्पनीले लगानीकर्तालाई विबरण गर्ने नगद लाभांस लगानीकर्ताले संकलन नगरेको कारण ठुलो रकम अहिले बैंक तथा वित्तीय संस्थाहरुमा जम्मा भएर बसेको अवस्था छ । शेयर कारोबार पुर्ण स्वचालित हुँने बाटोमा अघि बढिरहेका बेला लाइन बसेर नगद लाभांसको पूर्जा बाड्ने चलनजको अन्त्य गराउन यस्तो गरिएको भए पनि उल्लेखित समुह बाहेकका सुचिकृत कम्पनीलाई नगद लाभांस लगानीकर्ताको बैंक खातामा पठाउन अनिवार्य गरिएको छैन ।

नेपाल धितोपत्र बोर्डले यस अघि नगद लाभांस बैंक खातामा पठाउन सक्ने व्यवस्था बनाउन सुचिकृत कम्पनीहरुलाई आग्रह गरेको थियो । बोर्डले बैंक तथा वित्तीय संस्थाहरुको नियमक राष्ट्र बैंकसंग सहकार्य गरि अहिले ‘क’ ‘ख’ र ‘ग’ वर्गाका वित्तीय संस्थालाई अनिवार्य रुपमा नगद लाभांस बैंक खातामा पठाउने व्यवस्था मिलाएको हो ।

राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाका नाममा सर्कुलर जारी गर्दै भनेको छ, ‘बैंक तथा वित्तीय संस्थाले आफ्ना शेयरधनीहरुलाई प्रदान गर्ने नगद लाभांस शेयरधनीको खातामा जम्मा हुने व्यवस्था गर्नु पर्नेछ । साथै सार्वजनिक निष्काशनहरु प्राथमिक तथा नयाँ शेयर निष्काशनको क्रममा धितोपत्र बाँडफाँड पश्चात लगानीकर्ताले माग गरे बमोजिम शेयर प्राप्त गर्न नसकेको खण्डमा त्यस्तो रकम फिर्ता गर्दा समेत लगानीकर्ताले दरखास्त फारममा उल्लेख गरेको बैंक खातामा रकम जम्मा हुने व्यवस्था मिलाउनु पर्नेछ ।’

राष्ट्र बैंकले आफुले नियमन गर्ने ४ वर्गका वित्तीय संस्थाहरु रहेको भए पनि ३ किसिमका संस्थाहरुलाई मात्र यो व्यवस्था अनिवार्य गरेको हो । यसले लघुवित्त कम्पनीहरुले नगद लाभांस कसरी बितरण गर्छन भन्ने प्रश्न चिन्ह खडा भएको छ । यसका साथै नेपाल स्टक एक्सचेञ्जमा सुचीकृत उत्पादन, जलविद्युत, बीमा, अन्य लगायत समुहका कम्पनीहरुले भने अनिवार्य रुपमा बैंक खातामा लाभांस जम्मा गराउन बाध्य हुने छैनन् । किनकी उनीहरुलाई कुनै पनि निकायले अहिलेसम्म अनिवार्य रुपमा नगद लाभांस लगानीकर्ताको बैंक खातामा जम्मा गर्न निर्देशन दिएको छैन ।

 

शेयर विश्लेषक रविन्द्र भट्टराई यस सम्बन्धमा भन्छन्, ‘बोर्ड र राष्ट्र बैंकले सहकार्य गरेर ल्याएको व्यवस्था सकरात्मक छ तर यो पूर्ण छैन । राष्ट्र बैंक अन्तरगतका ३ किसिमका वित्तीय संस्थालाई मात्र यो अनिवार्य गराइयो, लघुवित्त र अरु सुचिकृत कम्पनीहरुले बाँडेको लाभांस लिनका राजधानी बाहिरबाट काठमाण्डौं आउनु पर्ने ? यो त अत्ति भो, आफ्नो प्रतिफल पनि लिन नपाउने अहिले अहिलेको अवस्थाको अन्त्य होस् । धितोपत्र बोर्डले सबै कम्पनीलाई अनिवार्य रुपमा नगद लाभांस बैंक खातामा पठाउने व्यवस्था मिलाओस् ।’

 

[नगद लाभांस शेयरधनीको बैंक खातामा अझै किन जम्मा हुन सकेन ?]

 

भटट्राइका अनुसार अब बैंक तथा वित्तीय संस्थाहरुले नगद लाभांस संकलन गर्नका लागि आफ्नै बैंकमा खाता खोल्न लगानीकर्तालाई दवाब दिनेछन् । राष्ट्र बैंकको निर्देशन अनुसार लगानीकर्ताले चाहेको बैंक खातामा नभई सुचिकृत बैंक तथा वित्तीय संस्थाले चाहेको अनुसार बैंक खाता खोली लगानीकर्ताले नगद लाभांस जम्मा गराई पाउँ भनेर आग्रह गर्नु पर्ने अवस्था हुनेछ । ‘यस्तो नहोस् भन्नेमा म राष्ट्र बै.क र धितोपत्र बोर्डको ध्यानाकर्षण गराउन चाहन्छु, लगानीकर्ताले आफुले चाहेको खातामा कम्पनीले दिने नगद लाभांस पाउनु पर्छ ।’ भट्टराईले भने ।

comments powered by Disqus

आइएमई लाइफको लाभांश घोषणा, बोनस र नगद कति?

May 02, 2024 09:44 AM

आइएमई लाइफ इन्स्योरेन्स (ILI) ले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ। इन्स्योरेन्सले हाल कायम चुक्ता पूँजीको ३४.५० प्रतिशतका दरले लाभांश वितरण गर्ने घोषणा गरेको हो।