नगद लाभांस शेयरधनीको बैंक खातामा अझै किन जम्मा हुन सकेन ?

Aug 05, 2016 Mero Lagani

शेयरको संख्या, कारोबार तथा लगानीकर्ताको संख्या बढ्दै गर्दा डिम्याट खातामा शेयर पठाउने व्यवस्थाको सुरुवात भए पनि नगद लाभांस भने अझै बैंक खातामा जम्मा हुन नसक्ने देखिएको छ । शेयरधनीको बैंक खाताको विबरण कम्पनी तथा शेयर निष्काशन तथा बिक्रि प्रबन्धककोमा नभएका कारण लगानीकर्ताले नगद लाभांसको पुर्जा संकलन गर्न लाइन लाग्नु पर्ने भएको हो ।

करिब ६ महिना पहिले लगानीकर्ताको हितलाई ध्यानमा राख्दै नेपाल धितोपत्र बोर्डले सुचिकृत तथा संगठित संस्थाहरुलाई शेयरधनीले पाउने नगद लाभांस बैंक खातामा पठाउने व्यवस्था गर्न आग्रह गरेको थियो । बोनस शेयर तथा हकप्रद शेयर अनिवर्य रुपमा डिम्याट खातामा पठाउने व्यवस्था मिलाउन निर्देशन दिएको बोर्डले बैंक खातामा के कसरी नगद लाभांस पठाउन सकिन्छ भनेर त्यस अनुसारको अभ्यास गर्न कम्पनीहरु तथा बिक्रि प्रबन्धकहरुलाई आग्रह गरेको थियो ।

‘अब बोनस शेयर र लाभांस लिनका लागि लाइन बस्ने दिन सकिए’ : धितोपत्र बोर्ड, नगद लाभांस पनि बैंक खातामा  - (२०७२ फागुन ७ गते प्रकाशित सामग्री)

 

हरेक वर्ष वितरण हुने नगद लाभांसको आकार सानो हुने भएका कारण कतिपय लगानीकर्ताले नगद लाभांस संकलन गरेका छैनन् । जसका कारण सानो रकमको दरले धेरै लगानीकर्ताको नगद लाभांस वापतको अर्बौ रुपैंया बैंकहरुमा सञ्चित भैरहेको छ । यो अवस्थाको अन्त्य गर्न पहल गरिएको भए पनि पुर्वाधारको अभावमा लगानीकर्ताको बैंक खातामा सिधै नगद लाभांसको रकम जम्मा हुने सम्भावना टरेको हो ।

सुचिकृत कम्पनीहरुले धमाधम लाभांस बितरण गर्ने क्रम सुरु हुर्नै लाग्दा आवश्यक पुर्वाधार र प्रविधिको अभावमा धितोपत्र बोर्डको चाहना अनुसार लगानीकर्ताले लाभांस नपाउने भएका हुन् ।

शुक्रबार मात्रै स्टाण्डर्ड चार्टर्ड बैंक (SCB) ले शेयरधनीहरुलाई नगद लाभांस संकलन गर्नका लागि संकलन केन्द्रहरुको सूची प्रकाशित गरेको छ । उसले आफ्नो बैंकमा शेयरधनी खाता भएकाहरुलाई मात्र बैंक खातामा लाभांस पठाउन सकिने बताएको छ । कहाँ कहाँबाट कसरी लाभांस संकलन गर्ने विबरण हेर्न यहाँ क्लिक गर्नुहोस् ।

स्वचालित कारोबार प्रणालीको सुरुवात भएको इतिहास छोटो भएको परिप्रेक्ष्यमा लगानीकर्ताको बैंक खाताको विबरण अद्यावधिक गर्न कठिनाई भएका कारण लाभांस बैंक खातामा जम्मा हुन नसकेको हो । प्रत्येक वर्ष शेयरधनीको संख्या बढ्ने तथा शेयर एक जनाकोबाट अर्को व्यक्तिको नाममा कारोबार भएर सर्ने भएका कारण प्रत्येक लगानीकर्ताको डिम्याट, बैंक, लगायतका विबरण भण्डारण गर्ने व्यवस्था नभएको अवस्था छ ।

डिम्याट खातामा बोनस शेयर पठाउनका लागि कम्पनीहरुले डिम्याट खाता उपलब्ध गराउन सार्वजनिक सुचना प्रकाशित गरिरहेको सन्दर्भमा नगद लाभांस विबतरणका लागि पनि बैंक खाता विबरण उपलब्ध गराउन आग्रह गर्न सक्छ । तर कहिलेसम्म यसरी लगानीकर्ताको विबरण मागिरहने भन्ने अर्को प्रश्नचिन्ह खडा भएको छ ।

शेयर विष्लेशक रबिन्द्र भट्टराई भन्छन्, ‘बोर्डले राम्रो पहल गर्न खाजे पनि यो कार्वान्वायनमा आउने अवस्था नहुँदा लगानीकर्ताको लाइनमा बस्नुपर्ने बाध्यताको अन्त्य हुन सकेन । यसका लागि आवश्यक पुर्वाधार कसरी बनाउने भन्नेमा ध्यान केन्द्रित गर्न जरुरी छ ।’

बजारमा लगानी गरिरहेकाहरुको अनुभव अनि कम्पनीहरुको अनुभवलाई बिचार गर्दा इन्भेष्टर्स आइडि अर्थात लगानीकर्ता परिचयपत्र कार्यान्वायनमा नआउञ्जेल नगद लाभांस खातामा पठाउन सम्भव देखिँदैन । लगानीकर्ता परिचयपत्रको व्यवस्था भए सबै लगानीकर्ताको डिम्याट खाता, बैंक खाता, तीन पुस्ते विबरण लगायत एउटै स्थानबाट सहज रुपमा बिक्रि प्रबन्धक तथा कम्पनीहरुले लिएर सोही तथ्यंकका आधारमा लगानीकर्तासंग कुर्नै पनि विबरण माग नगरी बोनस, हकप्रद तथा नगद लाभांस सिधै डिम्याट खाता, बैंक खातामा पठाउन सक्ने अवस्था तयार हुन्छ ।

कहिले पाइन्छ लगानीकर्ता पहिचान कार्ड ? - (२०७३ असार २३ गते प्रकाशित सामग्री)

 

बोर्डको अनुरोध अनि निर्देशनका बिच शेयर बिक्रि प्रबन्धक तथा सुचिकृत कम्पनीहरुले अहिले लगानीकर्तासंग डिम्याट खाताको विबरण मागेर बोनस शेयर डिम्याट खातामा पठाउन थालेका छन् । तर अनुरोधका भरमा लगानीकर्ताले कहिलेसम्म प्रत्येक पल्ट विबरण उपलब्ध गराउने भन्ने कुराको अन्यौलता उत्तिकै छ ।

धितोपत्र बोर्डले यस्तै विषयहरुलाई ध्यानमा राखेर लगानीकर्ता परिचयपत्र बितरण गर्ने व्यवस्था अघि बढाएको छ । यस परिप्रेक्ष्यमा जति सक्दो् छिटो लगानीकर्ता परिचयपत्रको व्यवस्था हुन्छ, त्यति नै सहजता लगानीकर्ता, नियमक र सुचिकृत कम्पनीहरुलाई हुन्छ । लगानीकर्ताले पनि बारम्बार धाएर डिम्याट खाता नम्बर उपलब्ध गराउने तथा नगद लाभांसको पुर्जा संकलनका लागि लाइन बस्ने, साधारण शेयरमा लाइन बस्ने लगायत विषयको अन्त्य हुने निश्चित छ । यसरी शेयरको काममा लाइन बस्नु नपर्ने दिन कहिले आउला भनेर लगानीकर्ताले तबसम्म सोच्नु पर्छ जबसम्म लगानीकर्ता परिचयपत्र बितरण हुँदैन ।

वाणिज्य बैंकले बितरण गरेको डेढ अर्ब बढीको लाभांस यसरी थन्कियो बैंकमा, कुन बैंकमा कति रकम भयो जम्मा ? - (२०७२ माघ ९ गते प्रकाशित सामग्री)

....................................................................................................................................................................

डिम्याट खाता खोल्नु भएको छैन ? घरमै बसी बसी अनलाइनबाट डिम्याट खाता खोल्न चाहनुहुन्छ भने यहाँ क्लिक गर्नुहोस् ।

....................................................................................................................................................................

मेरो लगानी अब सबै स्मार्टफोनमा ! एण्ड्रोइड मोवाइल एप्सका लागि यहाँ क्लिक गर्नुहोस् । एप्पलको आइफोन तथा आइप्याडका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईँ मेरो लगानीका प्रत्येक अपडेट फेसबुकट्वीटर र गुगल प्लस मार्फत पनि पाउन सक्नुहुन्छ ।

comments powered by Disqus

नयाँ ब्रोकर कमिशन आजदेखि लागू हुने

May 14, 2024 09:07 AM

जेठ १ गते (आज) देखि नयाँ ब्रोकर कमिसन दर लागू हुँदैछ। नेपाल धितोपत्र बोर्डले धितोपत्र व्यवसायी (धितोपत्र दलाल तथा धितोपत्र व्यापारी) नियमावली, २०६४ को अनुसूची १४ मा गरेको हेरफेर अनुसार आजदेखि नयाँ ब्रोकर कमिशन लागू हुने भएको हो।