गुरास लाइफले कमायो सवा २ करोड

Aug 17, 2016 Mero Lagani

अघिल्लो आर्थिक वर्षको तुलमाना गत आर्थिक वर्षमा गुरास लाइफ इन्स्योरेन्स (GLICL) ले आफ्नो कमाइमा १ करोड २९ लाख ९ हजार रुपैयाँ बढाएको छ । अघिल्लो आर्थिक वर्षमा ९४ लाख ३२ हजार रुपैयाँ खुद नाफा गरेको इन्स्योरेन्सले गत आर्थिक वर्षमा २ करोड २३ लाख ४१ हजार रुपैयाँ खुद नाफा कमाएको छ ।

इन्स्योरेन्सको खुद नाफामा भएको यो वृद्धि १ सय ३६ दशमलब ८६ प्रतिशत हो । ५० करोड रुपैंया चुक्ता पूँजी भएको कम्पनीको जगेडा कोषमा १८ करोड ५८ लाख रुपैया सञ्चित छ । जीवन बीमा कोषमा २ अर्ब २५ करोड २८ लाख ९४ हजार रुपैयाँ रहेको इन्स्योरेन्सले ९४ करोड ७३ लाख ९० हजार रुपैयाँ खुद बिमाशुल्क आर्जन गरेको छ भने ४ करोड ८० लाख ८९ हजार रुपैयाँको खुद बीमा दाबि भुक्तानी गरेको छ ।

इन्स्योरेन्सले दाबी भुक्तानि गर्न बाँकी रहम रकम ८५ लाख ८७ हजार रुपैयाँ छ । प्रतिशेयर आम्दानि ४ रुपैयाँ ४७ पैसा, प्रतिशेयर नेटवर्थ १ सय ३८ रुपैयाँ ६७ पैसा रहेको इन्स्योरेन्सको मुल्य आम्दानि अनुपात २ सय १२ दशमलब ६१ गुणा छ ।

...................................................................................................................................................................

डिम्याट खाता खोल्नु भएको छैन ? घरमै बसी बसी अनलाइनबाट डिम्याट खाता खोल्न चाहनुहुन्छ भने यहाँ क्लिक गर्नुहोस् ।

....................................................................................................................................................................

मेरो लगानी अब सबै स्मार्टफोनमा ! एण्ड्रोइड मोवाइल एप्सका लागि यहाँ क्लिक गर्नुहोस् । एप्पलको आइफोन तथा आइप्याडका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईँ मेरो लगानीका प्रत्येक अपडेट फेसबुकट्वीटर र गुगल प्लस मार्फत पनि पाउन सक्नुहुन्छ ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।