कुन बेला शेयर किन्ने अनि कुन बेला बेच्ने ? यी सुत्र तपाइँलाई काम लाग्नसक्छ

Aug 19, 2016 merolagani

भनिन्छ- शेयर बजारमा शेयर किन्नु भन्दा बेच्नु गाह्रो कुरा हो । कुन बेला शेयर किन्ने र कुन बेला बेच्ने भन्ने बारेमा अक्सर लगानीकर्ताहरुले भेऊ पाउँदैनन् जब शेयर बजार उकालो लागिरहेको हुन्छ र आफुले किनेका शेयरहरुले राम्रै मूल्य पाईरहेको हुन्छ । सही बेलामा शेयर बेच्नु धेरैका लागि गाह्रो कुरा हो ।

भाऊ माथि चढ्दै जाँदा हामीलाई लागिरहेको हुन्छ, यो अझै माथि चढ्छ र उच्चतम बिन्दुमा पुग्छ तर त्यो उच्चतम बिन्दु कुन हो, हामी ठम्याउन सक्दैनौ । गल्ति यहिनिर हुनपुग्छ किनभने कुनै बिन्दुमा पुगेर शेयरको मूल्य फेरि ओरालो लाग्छ । हामी दर्शक मात्र बनिरहन्छौ । मूल्य तल झरेपछि चुकचुकाउनु भन्दा अर्को विकल्प हुन्न ।

शेयर बजार सधै बढिरहदैन र सधै घटि रहने पनि हुन्न । एउटा बिन्दुमा पुगेर यो स्थिर बस्ने र ओरालो लाग्ने हुन्छ र फेरि तलको कुनै बिन्दुमा पुगेर माथि चढ्न थाल्छ । विभिन्न पक्षहरुले यसलाई असर पारेको हुन्छ ।  

क्यानाडेली शेयर बजारका रणनीतिकार बब गोरम्यान भन्छन् – यदि तपाईले शेयर किन्नुभयो र त्यसलाई नबेची होल्ड गर्नुभयो भने तपाईले बदलिदो आर्थिक बाताबरणबाट लाभ उठाउँन सक्नुहुन्न । तर लामो समयको लागि शेयर किन्नु भएको छ भने नबेची राख्दा पनि फरक नपर्ने कुरामा नअल्मलिनुहोस् । 

गोरम्यानले उनका लगानीकर्ताहरुका लागि तीन देखि पाँच बर्षसम्मका लागि शेयरहरु किन्थे र फाईदा आएको अबस्थामा बेच्ने मौका पनि हेरिरहन्थे ।

तपाईले किन्नु भएको शेयरको भाऊ अझै किन्न लायक छ कि छैन भनेर हेर्नुहोस् । नियमित रुपमा आफ्नो शेयरहरुको मूल्य तौलनुहोस् । तपाईले सस्तोमा शेयर किन्नु भएको थियो र बजार नाटकीय रुपमा माथि गयो भने बेचेर बाहिर निस्कन पनि सक्नुहुन्छ, त्यसो गर्नु भएन भने त्यसैमा झुण्डिरहने न हो । छोटो समयका लागि लगानी गर्नेहरु भने यस्तो बेलामा शेयर बेचेर नाफा सुरक्षित गर्ने गर्छन ।

कतिपय लगानीकर्ताहरुले १०-१५ बर्षका लागि दीर्घकालीन हिसावले शेयर किनेका हुनसक्छन् । उनीहरुले कहिल्यै शेयर बेच्दैनन् तर यस अवधिमा कयौ. पटक बजार उकालो लागेर क्र्यासको अबस्थामा झरेको हुनसक्छ । त्यसपछि ती लगानीकर्तामा आफरी ताफरीको अबस्था उत्पन्न हुनसक्छ, निराशा बढाउनसक्छ र अब मूल्य अरु घट्ला भन्ने डरले पहिले बढेर उच्चतम बिन्दुमा पुगेको भन्दा आधा मूल्य कममा शेयर बेचेर बाहिरिन खोज्छन् ।

उसो भए दीर्घकालीन लगानीकर्ताले पनि नाफा सुरक्षित गर्ने उपाय के हो त ?

तपाईले अल्पकालीन वा दीर्घकालीन हिसावले बजारमा लगानी गर्नुभएको छ भने पनि नाफा सुरक्षित गर्ने सजिलो उपाय छ ।

तपाईका सबै शेयरहरुलाई तीन भागमा बाड्नुहोस् । पहिलो ३३ प्रतिशत शेयर कमजोर कम्पनीका र भबिष्यमा बढी प्रतिफल नदिने खालका भए झन् राम्रो । शेयर बजार तल झर्न थाल्दा सबैभन्दा पहिले घट्ने र धेरै मूल्य घट्ने कम्पनीहरु भनेका कमजोर कम्पनीहरु नै हुन् । अब तपाईले तीन तहको शेयर बेच्ने लक्ष्य किटानी गर्नुहोस् । शेयर मूल्य माथि चढ्दै जाँदा पहिलो लक्ष्य हासिल भएपछि पहिलो भागमा परेका शेयरहरु बेच्नुहोस् र नाफा सुरक्षित गर्नुहोस् ।

जब दोस्रो लक्ष्य पनि हासिल हुन्छ, दोस्रो भाग शेयर पनि बेच्नुहोस् । तेस्रो भाग चाँही राखि राख्नुहोस् जसमा कहिल्यै नबेचे पनि हुने खालका अति सुरक्षित मानिएका र ढुक्कको प्रतिफल ,दिने खालका शेयरहरु होस् ।

 पहिलो र दोस्रो लक्ष्य कसरी किटानी गर्ने ?

यो गाह्रो प्रश्न हो, जुन तपाई शेयर बजारबाट के चाहनुहुन्छ र तपाईको समयसिमा कति हो भन्ने कुरामा निर्भर हुन्छ । मानौ तपाईको समयसिमा एक देखि तीन महिना हो भने पहिलो लक्ष्य २५ प्रतिशतले शेयर मूल्य बढ्दासम्म कुर्नुहोस् । दोस्रो लक्ष्यका लागि शेयर मूल्य ५० प्रतिशतले बढेपछि शेयर बेच्नुहोस् र तेस्रो भाग शेयर आफैसंग राख्नुहोस् ।

अब तपाईको समयसिमा एक बर्षदेखि तीन बर्षसम्मका लागि हो भने माथिको तुलनामा दोब्बर लक्ष्य किटानी गरे पनि हुन्छ ।

शेयर किन्नुभन्दा बेच्नु गाह्रो कुरा हो भनेर मान्नेहरुका लागि शेयर बेच्ने यी सामान्य तरिकाहरु हुन् यसबाहेक तपाईले आफ्नै मौलिक रणनीति पनि बनाउनसक्नुहुन्छ ।

शेयर बजार बढेको बेला तपाईलाई पोर्टफोलियो परिवर्तन गर्ने उत्तम अबसर पनि हो । नराम्रा तर मूल्य बढेका कम्पनीका शेयर बेची राम्रा र भबिष्यमा राम्रो प्रतिफल दिने कम्पनीको शेयर किन्ने । तर मूल्य बेस्सरी उचालिएको बेलामा राम्रा कम्पनीका शेयर किन्नुभयो भने पनि सोचे जति फाईदा नहुनसक्छ त्यसैले बजार तल झर्दासम्म पर्खनुहोस् ।


अमेरिकी ईक्विटी रणनीतिकार साभ स्टोभल भन्छन् –मानिसहरुमा गलत सोचाई छ कि बजार सच्चिनु खराब पक्ष हो । उनीहरु शेयर बेचेर बाहिर निस्कन्छन् तर बजार सच्चिएर फर्किदा किन्न चुक्छन् ।


साभ अगाडि भन्छन् –बजार यही समयमा चढ्छ र झर्छ भनेर समय तोक्ने प्रयास नगर्नुहोस् । मानिसहरु कहिले बजारबाट निस्कने भनेर सही निर्णय त गर्न सक्छन् तर धेरैले फेरि कहिले प्रबेश गर्ने भन्ने बारेमा बिरलै सही निर्णय गर्छन् ।

मानिसहरु सोच्ने गर्छन कि जब बजार तल भर्न थाल्छ, तब शेयर बेच्ने हो र जब बढ्न थाल्छ तब किन्ने हो । तर यसमा समस्या यही छ कि बजार कहिले माथि र तल जान्छ भनेर भबिष्यबाणी गर्न असंभव छ ।

बढ्दो शेयर बजारमा सधै हेक्का राख्नुपर्ने पक्ष यही हो कि लोभले लाभ, लाभले बिलाप नहोस् । 

स्रोतः बीबीसी र स्टकफनडु डटकममा आधारित

..................................................................................................................................................................

डिम्याट खाता खोल्नु भएको छैन ? घरमै बसी बसी अनलाइनबाट डिम्याट खाता खोल्न चाहनुहुन्छ भने यहाँ क्लिक गर्नुहोस् ।

....................................................................................................................................................................

मेरो लगानी अब सबै स्मार्टफोनमा ! एण्ड्रोइड मोवाइल एप्सका लागि यहाँ क्लिक गर्नुहोस् । एप्पलको आइफोन तथा आइप्याडका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईँ मेरो लगानीका प्रत्येक अपडेट फेसबुकट्वीटर र गुगल प्लस मार्फत पनि पाउन सक्नुहुन्छ ।

comments powered by Disqus

पूँजीबजारका लगानीकर्ताको आन्दोलन स्थगित

Apr 28, 2024 07:06 AM

आजदेखि शुरु हुने भनिएको पूँजीबजारका लगानीकर्ताहरुको आन्दोलन स्थगित भएको छ। पूँजीबजार सुधार तथा विकासका माग राखि गर्न लागिएको आन्दोलन स्थगित भएको जानकारी पूँजीबजार सुधार संघर्ष समितिका संयोजक उपेन्द्र पाठकले जानकारी दिएका छन्।