खुल्यो सेञ्चुरी बैंकको ३० प्रतिशत हकप्रद,असोज ९ गतेसम्म आवेदन गर्न सकिने

Aug 21, 2016 m

सेञ्चुरी कमर्सियल बैंक (CCBL) ले ३० प्रतिशत अर्थात दश बराबर तीन कित्ता हकप्रद शेयर जारी गरेको छ । बैंकले एक सय रुपैयाँ अंकित दरका ८५ करोड २२ लाख ४० हजार रुपैयाँ बराबरका ८५ लाख २२ हजार ४ सय कित्ता हकप्रद निष्काशन गरेको हो । साउन १७ गतेसम्म कायम बैंकका शेयरधनीले मात्र हकप्रदका लागि आवेदन दिन पाउनेछन् ।

 

बैंकले हालको चुक्ता पूँजी वृद्धिका लागि हकप्रद जारी गरेको हो । हाल सेञ्चुरी बैंकको २ अर्ब ८४ करोड रुपैयाँ चुक्तापूँजी रहेको छ । हकप्रद पश्चात बैंकको चुक्तापूँजी ३ अर्ब ७० करोड रुपैयाँ पुग्नेछ ।

बैंकको हकप्रद शेयरका लागि असोज ९ गतेसम्म आवेदन दिन सकिनेछ । बैंकको शेयरको निष्काशन तथा बिक्री प्रबन्धकमा सिभिल क्यापिटल मार्कट रहेको छ । सिभिल क्यापिटलको कार्यालय कमलादी र सेञ्चुरी बैंक लिमिटेडका शाखा कार्यालयहरुबाट दरखास्त दिन सकिने व्यवस्था गरिएको छ ।

 

 

बैंकले गतआर्थिक बर्षमा ३८ करोड २६ लाख नाफा कमाएको छ । अघिल्लो आर्थिक बर्षमा २६ करोड ८ लाख नाफा कमाएको बैंकको मुनाफा अघिल्लो बर्षको तुलनामा ४६ दशलमव ६७ प्रतिशतले बढी हो ।  बैंकको जगेडा कोषमा ५३ करोड २६ लाख रुपैंयाँ रहेको छ । निष्कृय कर्जा शुन्य दशमलव २४ प्रतिशत रहेको बैंकले १० करोड ३७ लाख रुपैयाँ प्रोभिजन राखेको छ भने ३ करोड १२ लाख रुपैयाँ खराब कर्जा उठाउन बैंक सफल भएको छ ।

बैंकको प्रति शेयर आम्दानी १३ रुपैंयाँ ४७ पैसा रहेको छ भने प्रति शेयर नेटवर्थ ११८ रुपैंयाँ ७५ पैसा रहेको छ । बैंकले २०७३ असार मसान्तसम्ममा २८ अर्ब ९६ करोड निक्षेप संकलन गरेर २५ अर्ब ८ करोड कर्जा तथा सापटी प्रवाह गरेको छ ।

बैंकले ३१ वटा शाखा, २८ वटा ए.टी.एम, ८ वटा शाखारहित बैंकिङ्ग र दुईटा एक्सटेन्सन् काउन्टरबाट सेवा प्रदान गर्दै आइरहेको छ । साथै बैंकले रुपन्देहीको भैरहवामा केन्द्रिय कार्यालय रहेको इन्नोभेटिभ डेभलपमेन्ट बैंकलाई खरिद गर्ने सम्झौता गरिसकेको छ । बैंकले २९ करोड पूँजी भएको इन्नोभेटिभलाई किन्न लागेको हो ।

..................................................................................................................................................................

डिम्याट खाता खोल्नु भएको छैन ? घरमै बसी बसी अनलाइनबाट डिम्याट खाता खोल्न चाहनुहुन्छ भने यहाँ क्लिक गर्नुहोस् ।

....................................................................................................................................................................

मेरो लगानी अब सबै स्मार्टफोनमा ! एण्ड्रोइड मोवाइल एप्सका लागि यहाँ क्लिक गर्नुहोस् । एप्पलको आइफोन तथा आइप्याडका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईँ मेरो लगानीका प्रत्येक अपडेट फेसबुकट्वीटर र गुगल प्लस मार्फत पनि पाउन सक्नुहुन्छ ।

comments powered by Disqus

पूँजीबजारका लगानीकर्ताको आन्दोलन स्थगित

Apr 28, 2024 07:06 AM

आजदेखि शुरु हुने भनिएको पूँजीबजारका लगानीकर्ताहरुको आन्दोलन स्थगित भएको छ। पूँजीबजार सुधार तथा विकासका माग राखि गर्न लागिएको आन्दोलन स्थगित भएको जानकारी पूँजीबजार सुधार संघर्ष समितिका संयोजक उपेन्द्र पाठकले जानकारी दिएका छन्।