कञ्चन डेभलपमेन्ट बैंकले कञ्चनपुरको बेलौरीमा थप्यो नवौं शाखा

Aug 22, 2016 Mero Lagani

७ नम्बर प्रदेशको उत्कृष्ट बैंक बन्ने लक्ष्य सहित कञ्चन डेभलपमेन्ट बैंक (KADBL) ले कञ्चनपुर जिल्लाको बेलौरी नगरपालिकामा ९औँ शाखा संचालनमा ल्याएको छ । सुदुर पश्चिम क्षेत्रमा वित्तीय सेवा प्रदानलाई आक्रामक बनाउने लक्ष्यका साथ शाखा बिस्तार गरिएको बैंकले जनाएको छ ।

मेरोलगानीसंग कुरा गर्दै बैंक सञ्चालक समितिको अध्यक्ष शिवसिंह कार्कीले बैंकले छाटो समयमा पाएको सफलतालाई संस्थागत गर्दै त्यसको प्रभाव कायम राख्नका लागि शाखा बिस्तार गरिएको बताए । सोमबार बिस्तारि शाखाको उद्घाटन बेलौरी उद्योग वाणिज्य संघका अध्यक्ष टेकबहादुर साउदले गरेका थिए ।

१९ करोड ८० लाख रुपैयाँ चुक्तापूँजी रहेको बैंकले राष्ट्र बैंकले तोकेको पूँजी बनाउनका लागि ५० प्रतिशत हकप्रद निष्काशनको प्रकृया अघि बढाएको छ । हकप्रद निष्कासन पश्चात बैंकको चुक्ता पूँजी २९ करोड ७० लाख रुपैयाँ पुग्नेछ । बैंकले २०७४ साल असारसम्म चुक्ता पुँजी ५० करोड रुपैयाँ पुर्याउनु पर्नेछ । नेपाल राष्ट्र बैंकले ३ जिल्ले विकास बैंकहरुका लागि २०७४ साल असारसम्म चुक्ता पूँजी ५० करोड रुपैंया पुर्याउन निर्देशन दिएको छ । बैंकले गत आर्थिक वर्षमा ९ करोड ७४ लाख सञ्चालन मुनाफा आर्जन गरेको छ । सो अवधिमा बैंकले १ अर्ब ९१ करोड ४२ हजार निक्षेप संकलन गरी १ अर्ब ६४ करोड ४३ हजार बराबर कर्जा लगानी गरेको बैंकले जनाएको छ ।

बैंकको अतरिया बजार कैलाली, झलारी बजार कञ्चनपुर, धनगढी उप नगरपालिका कैलाली, अमरगढी नगरपालिका डडेल्धुरा, पुनरवास नगरपालिका कञ्चनपुर, बेदकोट नगरपालिका कञ्चनपुर, बेल्डाँडी नगरपालिका कञ्चनपुरमा शाखा कार्यालयहरु र एउटा एक्शटेन्सन काउन्टर मार्फत वित्तीय सेवा प्रदान गर्दै आएको छ । कञ्चनपुर जिल्लाको भिमदत्त नगरपालिकाको महेन्द्रनगरमा मुख्य कार्यालय रहेको बैंक नेपाल राष्ट्र बैंकबाट इजाजतप्राप्त क्षेत्रिय स्तरको विकास बैक हो ।

बैंकले कञ्चनपुर, कैलाली र डडेल्धुरा जिल्लालाई कार्यक्षेत्र बनाई २०६६ साल देखि वित्तीय सेवा प्रदान गर्दै आएको छ । विभिन्न किसिमका निक्षेप तथा ऋण योजनाहरुका साथमा सेवा दिँदै आएको बैंकले ए.टि.एम. तथा मोबाइल बैंकिङ्ग प्रणाली मार्फत पनि बैंकिंग सेवा प्रदान गर्दै आएको छ ।

...............................................................................................................................................................

डिम्याट खाता खोल्नु भएको छैन ? घरमै बसी बसी अनलाइनबाट डिम्याट खाता खोल्न चाहनुहुन्छ भने यहाँ क्लिक गर्नुहोस् ।

....................................................................................................................................................................

मेरो लगानी अब सबै स्मार्टफोनमा ! एण्ड्रोइड मोवाइल एप्सका लागि यहाँ क्लिक गर्नुहोस् । एप्पलको आइफोन तथा आइप्याडका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईँ मेरो लगानीका प्रत्येक अपडेट फेसबुकट्वीटर र गुगल प्लस मार्फत पनि पाउन सक्नुहुन्छ ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।