यस्तो छ निर्जिबन बिमा कम्पनीहरुको अबस्था, कुन कम्पनीको शेयरमा लगानी गर्नु राम्रो ?

Aug 23, 2016 Mero Lagani

- तिलक कोइराला / परमेश्वर अधिकारी
नेपालका निर्जिबन बिमा कम्पनीहरुको अबस्था क्रमशः सुदृढ हुँदै गएको देखिएको छ । अघिल्लो आर्थिक बर्षमा मुस्किलले १ अर्ब ५३ करोड रुपैयाँ बराबर खुद नाफा गर्न सकेका १५ वटा निर्जिबन बिमा कम्पनीहरुले गत बर्ष त्यो ४२ प्रतिशतले बढाएर २ अर्ब १७ करोड नघाएका छन् । यस अर्थमा उनीहरुको जम्मा खुद नाफा ६५ करोड भन्दा बढीले बृद्धि भएको छ । हेर्नुहोस् कसले कति कमाए ?

कमाई रकमको आधारमा शिखरले उचाई लिएको छ भने धेरै प्रतिशतले खुद नाफा बढाउनेमा युनाईटेड अगाडि छ । राष्ट्रिय बिमा कम्पनी र हिमालयन जनरलको खुद नाफा भने अघिल्लो आर्थिक बर्षको तुलनामा गत आर्थिक बर्षमा घटेको छ । तर नेटवर्थको आधारमा राष्ट्रिय बिमा कम्पनी निकै बलियो देखिए पनि शेयर मूल्य निकै माथि पुगेकाले मूल्य आम्दानी अनुपात पनि सबैभन्दा उच्च छ ।

एनबी ईन्स्योरेन्सको शेयर मूल्य अति न्युन भएकाले शेयर बजारमा कारोबार धेरै हुन नसक्दा मुल्य आम्दानी अनुपात अत्यन्त कम देखिएको छ तर बाँकी सबै बिमा कम्पनीहरुको मूल्य आम्दानी अनुपात ३० गुणा भन्दा माथि छ । मूल्य आम्दानी अनुपात जति धेरै भयो, त्यस शेयरमा त्यति धेरै जोखिम छ भन्ने बुझ्नुपर्दछ । तर सिमित संख्यामा बिमा कम्पनीहरु रहेका, उनीहरु सबैको चुक्ता पूँजी जोड्दा एउटा बाणिज्य बैंकको बराबर पनि हुन नसकेको, सर्वसाधारणले धारण गरेका र दैनिक रुपमा बजारमा किनबेचमा आउने शेयरको संख्या अत्यन्त कम हुँदाको अबस्थामा शेयर बजारमा माग र आपुर्तिका कारण मूल्य माथि पुगेको स्वतः स्पष्ट हुन्छ ।

प्रति शेयर आम्दानीको हिसावले हेर्दा धेरै बिमा कम्पनीहरुले यसपल्ट आकर्षक बोनस शेयर दिनसक्ने संभावना छ ।धेरै बिमा कम्पनीहरुले गत बर्ष भन्दा बोनस शेयरको दर बढाउने पक्का छ भने नगद लाभांश दिने गुन्जाईसै छैन किनभने गत बर्ष नै बिमा समितिले नगद लाभांशमा कडाई गरिसकेको छ । 

बिमा कम्पनीहरुले कमाएर जगेडा कोषहरु बढाउदै लगेका छन् भने केही कम्पनीको दावी भुक्तानी गर्नुपर्ने रकम पनि धेरै नै छ । यी सबै कुराहरुको गहन अध्ययन गरी प्रति शेयर आम्दानीका आधारमा बोनसको मात्रै आश गर्नुभन्दा हकप्रद र आगामी दिनमा गर्नसक्ने प्रगतिको आँकलन गर्नु पनि उत्तिकै जरुरी देखिएको छ ।

 

बिमा कम्पनीहरुमा दीर्घकालीन हिसावले लगानी गर्दा जोखिम धेरै छैन तर आजको भोलि दोब्बर कमाउँछु भन्नेहरुलाई भने अहिले नै गाह्रो परेको अबस्था छ । चुक्ता पूँजी धेरै रहेको, खुद नाफा, प्रति शेयर आम्दानी र नेटवर्थ बढाउँदै लगेकोे, शेयर मूल्य धेरै माथि नपुगेको अर्थात मूल्य आम्दानी अनुपात कम रहेको, अघिल्लो बर्ष भन्दा बढी बोनस शेयर दिने संभावना भएको, नियमनकारी निकायको कारबाहीमा नपरिरहेको कम्पनीको शेयर छानेर लगानी गर्ने हो भने बिमा कम्पनीको शेयरबाट आगामी दिनमा धेरै फाईदा लिनसक्ने ठाउँ छ ।

बिमा कम्पनीहरुले दिने बोनस र हकप्रदका साथै अनिबार्य पूँजी बृद्धिको योजना आउँदाको अबस्थालाई समेत मध्यनजर गर्नु राम्रो हुनेछ । बिमा समितिले जाखिम न्युनीकरणको उपाय सुझाउँदै बिमा कम्पनीहरुलाई सकेसम्म बोनस दिन र हकप्रदबाट भएपनि पूँजी बृद्धि गर्दै जान भित्रभित्रै दबाब दिएको छ भने प्रस्तावित बिमा ऐन अर्थ मन्त्रालयमा बिचारधिन छ । त्यसले निर्देश गर्ने चुक्ता पूँजीको सिमा भेट्टाउन बिमा कम्पनीहरुलाई एकैचोटी गाह्रो पर्ने भएकाले क्रमशः उनीहरुले बोनस र हकप्रदबाट पूँजी बढाउनुपर्ने बाध्यता छ ।

नयाँ - नयाँ योजना ल्याउने र देशका पचहत्तरै जिल्ला र गाउँहरुमा पुग्ने क्रम पनि जारी छ । देशको जनसंख्याको ठूलो हिस्साले ब्यवसाय तथा सम्पतिको बिमा गराउन बाँकी रहेको अबस्थामा बिमा बजार अरु आक्रामक रुपमा बढ्ने आशा गर्नु उचित नै छ । 

बिमा समितिको सक्रियताले निर्जिबन बिमा कम्पनीहरुको संस्थागत सुशासनको अबस्थामा पनि सुधार आएकाले अब बिमा दावी भुक्तानीमा हुने मिलेमतो र घोटालाको संभावना कम हुँदा नाफा बढेर लगानीकर्ताले बढेर प्रतिफल पाउनसक्ने ढुक्कको अबस्था पनि सिर्जना हुँदै गएको छ ।

 

 

नेपालको बिमा बजार अरु फैलिदै जाने कुरा गत बर्षको भुकम्पपछि बिमा कम्पनीहरुले फैलाएको कारोबार, जनस्तरमा बढ्दो बिमा चेतना, बिमा मैत्री सरकारी नीतिले संकेत गरेको छ र अर्थतन्त्रको बिस्तार हुँदा यस क्षेत्रका कम्पनीहरुको बिकास र बिस्तारको ब्यापक संभावना पनि छ । त्यसैले कम्पनीको समग्र अबस्था अध्ययन गरी बिमा कम्पनीहरुको शेयर मूल्य घटेको मौकामा राम्रो कम्पनीमा लगानी सार्नु उत्तम बिकल्प हुनसक्छ तर कुन कम्पनीको शेयर किन्ने भन्ने चाँही लगानीकर्ता स्वयंको अध्ययन, जोखिम बहन क्षमता र निर्णयको कुरा हो ।

...............................................................................................................................................................

डिम्याट खाता खोल्नु भएको छैन ? घरमै बसी बसी अनलाइनबाट डिम्याट खाता खोल्न चाहनुहुन्छ भने यहाँ क्लिक गर्नुहोस् ।

....................................................................................................................................................................

मेरो लगानी अब सबै स्मार्टफोनमा ! एण्ड्रोइड मोवाइल एप्सका लागि यहाँ क्लिक गर्नुहोस् । एप्पलको आइफोन तथा आइप्याडका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईँ मेरो लगानीका प्रत्येक अपडेट फेसबुकट्वीटर र गुगल प्लस मार्फत पनि पाउन सक्नुहुन्छ ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।