बीमा कम्पनीका अध्यक्षहरुलाई बोलाएर बीमा समितिले के भन्यो ?

Aug 28, 2016 Mero Lagani

'ऐन कहिले आउँछ ?'- बीमा कम्पनीका अध्यक्षहरु
-परमेश्वर अधिकारी
बीमा कम्पनीहरुको संस्थागत सुशासनका सम्बन्धमा निर्देशिका जारी गरेको एक साता पछि बीमा समितिले सबै बीमा कम्पनीका अध्यक्षहरुसंग सामुहिक छलफल गरेको छ । प्रस्तावित बीमा ऐनको मस्यौदा अर्थ मन्त्रालयमा बिचाराधिन अवस्थामा रहेको बेला बीमा समितिले बीमा कम्पनीका अध्यक्षहरुसंग छलफल गर्नु अर्थपुर्ण रहेको छ ।

अहिले बीमा कम्पनीहरुको पूँजी आकार सानो भैरहेको सन्दर्भमा लामो समयदेखि बीमा ऐनको मस्यौदा अर्थ मन्त्रालयमा पुगेर बिचाराधिन अवस्था रहँदा  कम्पनीहरुको बिस्तारमा बाधा पुगेको गुनासो बीमा कम्पनीका अध्यक्षहरुले गरेका छन् । समितिले मन्त्रालयमा पठाएको मस्यौदा तथा सञ्चालकहरुको नियुक्तिमा गरिएको नयाँ व्यवस्थाका सम्बन्धमा राय सुझाव संकलनका लागि छलफल चलाएको समितिले जनाएको छ । 

मेरोलगानीसंग कुरा गर्दै बीमा समितिका निर्देशक श्रीमान कार्कीले भने ‘बीमा कम्पनीहरुको संस्थागत सुशासन र क्षमता अभिवृद्धिका लागि बीमा समितिको सञ्चालक समितिले बोलाएको छलफलमा अधिकांस कम्पनीका
अध्यक्षहरुको उपस्थिति रह्यो ।  उहाँहरुले प्रस्तावित बीमा ऐन र केही दिन अघि लागु गरिएको निर्देशिकामा सञ्चालकका सम्बन्धमा गरिएको व्यवस्थाका सम्बन्धमा चासो देखाउनु भयो । संस्थाको क्षमता बिस्तार र सुशासनका सम्बन्धमा अध्यक्षहरुले राखेका धारणालाई हामीले अभिलेख गरेका छौं ।’
 

[बीमा समितिले जारी गर्यो बीमकको संस्थागत सुशासन सम्बन्धि नयाँ निर्देशीका,के के भयो फेरबदल ?]

 

छलफलका दौरान बीमा कम्पनीका अध्यक्षहरुले कम्पनीको सञ्चालक बन्नका लागि नयाँ निर्देशिकाले गरेको व्यवस्थामा असन्तुष्टि व्यक्त गरेका थिए । साथै उनीहरुले प्रस्तावित बीमा ऐन अलमलमा परेको भन्दै आफुहरुले छिटो ऐन आओस भन्ने चाहेको तर्फ बोर्डको ध्यानाकर्षण गराएका थिए । छलफलमा सहभागी एक बीमा कम्पनी अध्यक्षका अनुसार पछिल्ला दिनमा चर्चाको विषय बनेको बीमा कम्पनीको चुक्ता पूँजीका सम्बन्धमा सबै कम्पनीका अध्यक्षहरुले बीमा समितिसंग प्रष्ट धारणा माग गरेका थिए ।

‘पूँजी बढाउन जरुरी छ, तर यो विषयमा किन मौनता देखिएको भन्ने हाम्रो चासो रह्यो । पूँजी बढाउन पर्ने नै हो भने हामीलाई त्यसको गृहकार्यका लागि समय जरुरी हुने भएकाले पूँजी वृद्धि सम्बन्धमा बीमा समितिले छिटोभन्दा छिटो आफ्नो धारणा ल्याओस भन्ने हाम्रो जोड रह्यो ।’ उनले भने ।

बीमा समितिले आयोजना गरेको सामुहिक छलफलको अभ्यास सकारात्मक रहेका भन्दै अर्का एक बीमा कम्पनीका अध्यक्षले आफुहरुमा उत्साह बढेको प्रतिक्रिया दिए । 

बीमा कम्पनीहरुले समयानुकुल अहिले क्षमता अनुसार आफुहरु बीमा कम्पनीको पूँजी वृद्धिका लागि तयार रहेकोतर्फ पनि बोर्डको ध्यानाकर्षण गराएका थिए ।

..................................................................................................................................................................

डिम्याट खाता खोल्नु भएको छैन ? घरमै बसी बसी अनलाइनबाट डिम्याट खाता खोल्न चाहनुहुन्छ भने यहाँ क्लिक गर्नुहोस् ।

....................................................................................................................................................................

मेरो लगानी अब सबै स्मार्टफोनमा ! एण्ड्रोइड मोवाइल एप्सका लागि यहाँ क्लिक गर्नुहोस् । एप्पलको आइफोन तथा आइप्याडका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईँ मेरो लगानीका प्रत्येक अपडेट फेसबुकट्वीटर र गुगल प्लस मार्फत पनि पाउन सक्नुहुन्छ ।

comments powered by Disqus

आइएमई लाइफको लाभांश घोषणा, बोनस र नगद कति?

May 02, 2024 09:44 AM

आइएमई लाइफ इन्स्योरेन्स (ILI) ले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ। इन्स्योरेन्सले हाल कायम चुक्ता पूँजीको ३४.५० प्रतिशतका दरले लाभांश वितरण गर्ने घोषणा गरेको हो।