फाइनान्स कम्पनीहरु उठाएर बलियो बन्दै सिभिल बैंक,हामा मर्चेन्ट पनि किन्दै

Sep 04, 2016 merolagani

आफै आठ अर्ब पूँजी पुर्याएर वाणिज्य बैंकमै टिक्ने उदेश्यमा रहेको सिभिल बैंक (CBL) ले पूँजी बढाउने योजना अनुरुप हामा मर्चेन्ट एण्ड फाइनान्स कम्पनी (HAMA) लाई पनि खरिद गर्ने भएको छ ।इन्टरनेशनल लिजिंग एण्ड फाइनान्स कम्पनी (ILFC) सँग मर्जरको प्रक्रियामा रहेको बैंकले यसअघि युनिक फाइनान्सलाई खरिद गर्ने सम्झौता गरिसकेको छ । बैंकले हामालाई पनि किनेर आठ अर्ब पूँजी पुर्याउने बलियो आधार खडा गरेको छ ।

सिभिलले किन्ने भएपछि हामा मर्चेन्ट एण्ड फाइनान्सको शेयरबजारमा कारोबार रोक्का भएको छ । सिभल र हामाले आइतबार एक्विजिशन सम्बन्धी सम्झौतामा हस्ताक्षर गरेका हुन् । स्वाप रेशियोको बारेमा भने केही खुलाइएको छैन् । 

दुई साता अगाडि सम्पन्न बैंकको विशेष साधारणसभाले आइएलएफसीसँगको मर्जर सम्झौता पारित गरिसकेको छ । ३ अर्ब ८ करोड रुपैंया चुक्ता पूँजी रहेको सिभिल बैंक र २ अर्ब ८८ लाख रुपैंया चुक्ता पूँजी रहेको आइएलएफसीलाई गाभेपछि चुक्ता पूँजी ५ अर्ब रुपैंयाभन्दा माथि पुग्नेछ ।

बैंकले यसअघि २३ करोड ८६ लाख रुपैयाँ चुक्ता पूँजी भएको युनिक फाइनान्स (UFCL) खरिद गर्ने सम्झौता गरिसकेको छ । हामा मर्चेन्ट एण्ड फाइनान्सको चुक्तापूँजी २२ करोड १० लाख रुपैयाँ रहेको छ भने कम्पनीले जगेडाकोषमा ७ करोड रुपैयाँ राखेको छ । फाइनान्सले २ करोड ९६ लाख रुपैयाँ खुद नाफा गरेका हो । कम्पनीको प्रतिशेयर आम्दानी १३ रुपैयाँ ४२ पैसा छ ।

सिभिल बैंकले गत आर्थिक वर्षमा ३३ करोड १४ लाख रुपैयाँ खुद नाफा गरेको छ । ३ अर्ब ८ करोड चुक्तापूँजी रहेको बैंकले असार मसान्तसम्ममा संचित कोषमा ५३ करोड ३६ लाख रुपैयाँ राखेको छ । बैकको प्रति शेयर आम्दानी १० रुपैयाँ, मूल्य आम्दानी अनुपात २३ गुणा, प्रतिशेयर नेटवर्थ ११७ रुपैयाँ, प्रतिशेयर कुल सम्पत्तिको मूल्य ११४९ रुपैयाँ रहेको छ ।

....................................................................................................................................................................

डिम्याट खाता खोल्नु भएको छैन ? घरमै बसी बसी अनलाइनबाट डिम्याट खाता खोल्न चाहनुहुन्छ भने यहाँ क्लिक गर्नुहोस् ।

....................................................................................................................................................................

मेरो लगानी अब सबै स्मार्टफोनमा ! एण्ड्रोइड मोवाइल एप्सका लागि यहाँ क्लिक गर्नुहोस् । एप्पलको आइफोन तथा आइप्याडका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईँ मेरो लगानीका प्रत्येक अपडेट फेसबुकट्वीटर र गुगल प्लस मार्फत पनि पाउन सक्नुहुन्छ ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।