सिद्धार्थ बैंकलाई हकप्रद निष्काशनका लागि धितोपत्र बोर्डले दियो स्वीकृति

Sep 19, 2016 Mero Lagani

12:20:10, 2016-09-19

राष्ट्र बैंकले तोकेको ८ अर्ब चुक्ता पूँजी बनाउनका लागि २५ प्रतिशत हकप्रद निष्कान गर्ने तयारीमा रहेको सिद्धार्थ बैंक (SBL) ले धितोपत्र बोर्डको स्वीकृति पाएको छ । गत साउन ६ गते धितोपत्र बोर्डमा हकप्रद निष्काशनका लागि आवेदन दिएको बैंकले आइतबार बोर्डबाट हकप्रद निष्काशनको स्वीकृति पाएको हो ।

आइतबार धितोपत्र बोर्डले कृषि विकास बैंक र सिद्धार्थ बैंकलाई हकप्रद निष्काशनका लागि स्वीकृति दिएको धितोपत्र बोर्डका प्रवक्ता निरज गिरीले जानकारी दिए । उनका अनुसार बोर्डको वेबसाइटमा हकप्रद स्वीकृतिको तथ्यांक अद्यावधिक केही बेरमा हुनेछ ।

सिद्धार्थ बैंकले आफ्ना शेयर धनीलाई पच्चिस प्रतिशत (४ः१) हकप्रद निष्काशन गर्न लागेको हो । बैंकले ७५ करोड ५५ लाख रुपैयाँ बराबरको ७५ लाख ५५ हजार १ सय ९३ कित्ता हकप्रद शेयर जारी गर्ने मिति भने तय गरिसकेको छैन । कृषि विकास बै.कले हकप्रद स्वीकृत भए लगत्तै शेयरधनी पुस्तिका बन्द गर्ने निर्णय गरे पनि सिद्धार्थले सोमबारसम्म कुनै निर्णय गरेको छैन ।

विजनेश युनिभर्सल डेभलपमेण्ट बैंकलाई गाभेको बैंकको ३ अर्ब ३ करोड रुपैंया चुक्तापूँजी रहेको छ । हकप्रद निष्काशन पश्चात बैंकको पूँजी ३ अर्ब ८० करोड हाराहारी पुग्नेछ । बैंकको शेयर निष्काशन तथा बिक्री प्रबन्धकमा लक्ष्मी क्यापिटल रहेको छ ।

गत आर्थिक वर्षमा १ अर्ब २४ करोड ४८ लाख ९२ हजार रुपैंया खुद नाफा कमाएको बैंकको प्रतिशेयर आम्दानी ४१ रुपैंया १९ पैसा छ । चुक्ता पूँजीभन्दा धेरै जगेडा रहेको बैंकको जगेडा कोषमा ३ अर्ब २३ करोड १ लाख ४२ हजार रुपैंया सञ्चित छ । बैंकले गत आर्थिक वर्षको कमाईबाट लगानीकर्तालाई दिने प्रतिफल प्रस्ताव गर्न बाँकी छ ।

[नौ वाणिज्य बैंकको चौथो त्रैमासको प्रगती यस्तो, अर्ब बढी कमाउने ७ बैंक कुन् कुन् हुन् ?]

...................................................................................................................................................................

डिम्याट खाता खोल्नु भएको छैन ? घरमै बसी बसी अनलाइनबाट डिम्याट खाता खोल्न चाहनुहुन्छ भने यहाँ क्लिक गर्नुहोस् ।

....................................................................................................................................................................

मेरो लगानी अब सबै स्मार्टफोनमा ! एण्ड्रोइड मोवाइल एप्सका लागि यहाँ क्लिक गर्नुहोस् । एप्पलको आइफोन तथा आइप्याडका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईँ मेरो लगानीका प्रत्येक अपडेट फेसबुकट्वीटर र गुगल प्लस मार्फत पनि पाउन सक्नुहुन्छ ।

comments powered by Disqus

नयाँ ब्रोकर कमिशन आजदेखि लागू हुने

May 14, 2024 09:07 AM

जेठ १ गते (आज) देखि नयाँ ब्रोकर कमिसन दर लागू हुँदैछ। नेपाल धितोपत्र बोर्डले धितोपत्र व्यवसायी (धितोपत्र दलाल तथा धितोपत्र व्यापारी) नियमावली, २०६४ को अनुसूची १४ मा गरेको हेरफेर अनुसार आजदेखि नयाँ ब्रोकर कमिशन लागू हुने भएको हो।