दशैंका लागि टिकट बुकिंग सुरु गर्न जुट्यो सहमति, असोज ७ गतेबाट टिकट काट्न पाइने

Sep 19, 2016 Mero Lagani

12:56:54, 2016-09-19

गत आइतबार बसेका यातायात समितिको बैठकले काठमाडौंबाट दशैं मनाउन घर जाने यात्रुका लागि अग्रिम टिकट बूकिङ खुल्ला गर्ने निर्णय गरेको छ । असोज ७ गतेदेखि बसको अग्रिम टिकट बूकिङ खोल्ने निर्णय भएको हो ।

यातायात व्यवस्था विभागका अनुसार काठमाडौंका नयाँ बसपार्क, गौशाला, कलङ्की, कोटेश्वर, पुरानो बसपार्कलगायत स्थानमा अग्रिम टिकट बूकिङ खुला गरिनेछ । यातायात विभागले दशैं अवधिभर यात्रुहरुको सहजतालाई मध्यनजर गर्दै असोज १० देखि ३० गतेसम्म मुग्लिङ–नारायणगढ सडकखण्ड मर्मतको काम स्थगित गर्ने भए पछि यातायात व्यवशायी टिकट बुकिंग सुरु गर्न तयार भएका हुन् ।

यस अघि व्यवशायीहरुले सडकको दुरावस्थाका कारण बस सञ्चालनको तालिका मिलाउन नसकिने भन्दै टिकट बुकिंग सुरु गर्न मानेका थिएनन् । विभागले मुलुकका विभिन्न स्थानमा मर्मत गर्न सम्भव भएका सडकलाई जतिसक्दो छिटो मर्मत गर्ने र अस्थायी रुट परमिट वितरण गर्ने बताए पछि व्यवशायी टिकट बुकिंग खुलाउन सहमत भएका हुन् । यस अघि असोज १ देखि नै टिकट बुकिंग खुल्ला गर्ने तयारी गरिए पनि व्यवशायी र विभागको अडानका कारण १ साता पछि बुकिंग खुल्ला भएको हो ।

बससेवा डटकमको अनलाईन टिकट बुकिङ्ग

टिकट बुकिगंका सम्बन्धमा कुनै निर्णय भइनसके पनि प्रजिधिमा आधारित रहेर लाइन नबसी टिकट काट्ने व्यवस्था मिलाउन बससेवाले तायरी पुरा गरेको छ । पछिल्ला दिनमा लाइनमा बसेर टिकट काट्नु पर्ने बाध्यता बढ्दै गएको भन्दै अनलाइनबाट टिकट काट्न सकिने व्यवस्था सुरु गरेको बससेवाले झण्डै ५ दर्जन बढी बसको टिकट अनलाइनबाट उपलब्ध गराउने जनाएको छ ।

बससेवाका प्रमुख कार्यकारी अधिकृत पी.आर. खनाल भन्छन्, ‘काठमान्डौंबाट पुर्वमा काकँडभिट्टा, धरान तथा मध्यपश्चिममा बुटवल, भैरवहा चितवन, र पश्चिममा नेपालगञ्ज, सुर्खेतसम्म जानको लागि ५० भन्दा बढी बसको टिकट अनलाइन मार्फत बुकिंग गर्ने व्यवस्था मिलाएका छौं । दशैंको टिकट बुकिंग सुरु भए पछि बससेवाबाट सिधै टिकट लिन सकिन्छ । सुदुरपश्चिमका लागि पनि कसरी बस थप गर्न सकिन्छ भन्नेमा गृहकार्य गर्दैछौं ।’

 

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।