मितेरीको हकप्रद र फस्ट माइक्रोको बोनस सुरक्षित गर्ने आज अन्तिम दिन

Sep 20, 2016 Merolagani



पुर्णिमा विकास बैंकको हकप्रद भर्ने अन्तिम दिन पनि आज
मितेरी डेभलपमेण्ट बैंकको ५० प्रतिशत हकप्रद तथा फस्ट माईक्रोफाइनान्सको १५ प्रतिशत बोनस सुरक्षित गर्नका लागि शेयर किन्ने आज अन्तिम दिन हो । मितेरीले हकप्रद निष्काशनका लागि तथा फस्ट माइक्रोफाइनान्सले साधारण सभा प्रायोजनका लागि असोज ५ गते बुधबार शेयरधनी पुस्तिका बन्द गर्दैछन् ।

मितेरी डेभलपमेण्ट बैंकले ५० प्रतिशत हकप्रद शेयर निष्काशनको मिति सार्वजनिक गरिसकेको छैन भने फस्ट माईक्रोले असोज १९ गतेका लागि साधारण सभा बोलाएको छ । 

३० प्रतिशत बोनस तथा १ दशमलव ५८ प्रतिशत नगद लाभांस प्रस्ताव गरेको मितेरी डेभलपमेण्ट बैंकले गत आर्थिक वर्षमा खुद नाफालाई ६ करोड ४५ लाख ८९ हजार रुपैंयाबाट बढाएर ९ करोड ७२ लाख २७ हजार रुपैंया पुर्याएको छ । २१ करोड १२ लाख ७४ हजार रुपैंया चुक्ता पूँजी रहेको बैंकले उक्त अवधिमा २ अर्ब ३१ करोड २३ लाख रुपैंया निक्षेप संकलन गरि २ अर्ब २३ लाख रुपैंया कर्जा प्रवाह गरेको छ । अघिल्लो आर्थिक वर्षमा बैंकले १ अर्ब ७६ करोड ३६ लाख रुपैंया निक्षप संकलन गरि १ अर्ब १ अर्ब ४३ करोड ३३ लाख रुपैंया कर्जा प्रवाह गरेको थियो ।

प्रतिशेयर आम्दानी ४६ रुपैंया २ पैसा कायम हुँदा निष्कृय कर्जा अनुपातलाई शुन्य दशमलव शुन्य ३ प्रतिशतमा राख्न सफल भएको मितेरी बैंकको प्रतिशेयर नेटवर्थ १ सय ६६ रुपैंया ३० पैसा, मुल्य आम्दानी अनुपात १८ दशमलव ७१ गुणा र तरलता अनुपात २८ दशमलव ८६ प्रतिशत रहेको छ । 

फस्ट माईक्रोको चुक्तापूँजी २३ करोड रुपैयाँ रहेको छ । बोनश पश्चात बैंकको चुक्तापूँजी २६ करोड रुपैयाँ पुग्ने र त्यसपछि पचास प्रतिशत हकप्रद जारी गरेपछि चालु बर्षमै ३९ करोड रुपैयाँ चुक्तापूँजी पुग्नेछ । त्यसपछि बैंकले आगामी आर्थिक बर्षमा १५ प्रतिशत बोनश र अर्को बर्ष पुन पचास प्रतिशत हकप्रद जारी गरेर ६८ करोड पूँजी पुर्याउनेछ । माइक्रोफाइनान्सले गत आर्थिक वर्षमा ५ करोड ४४ लाख रुपैंया खुद नाफा कमाएको थियो ।

त्यसै गरी नबिल बैंक र एनआईसी एशिया बैंकको ३० प्रतिशत तथा २६ प्रतिशत बोनस सुरक्षित गर्न चाहनेले पनि मंगलबार नै शेयर खरिद गर्नु पर्ने हुन्छ ।

 

        [नबिल र एनआईसी एशिया बैंकको बोनस सुरक्षित गर्न शेयर किन्ने अन्तिम दिन आज]

 

यता पुर्णिमा विकास बैंकले निष्काशन गरेको ५० प्रतिशत हकप्रद शेयरका लागि आवेदन दिने अन्तिम दिन पनि आज नै हो । बैंकले एक सय रुपैयाँ अंकित दरका १० लाख ८ हजार ५४३ कित्ता हकप्रद शेयर जारी गरेको हो । हकप्रद निष्काशन पश्चात बैंकको चुक्तापूँजी दश करोड रुपैयाँ थपिनेछ ।

बैंकले जारी गरेको हकप्रद शेयरमा गत श्रावण १९ गतेसम्म कायम बैंकका शेयरधनीहरुले मात्र आवेदन दिन पाउनेछन् । बैंकको शेयरको निष्कासन तथा बिक्री प्रबन्धकमा सिद्धार्थ क्यापिटल रहेको छ । लगानीकर्ताले पूर्णिमा विकास बैंकका सबै शाखाहरु, सिद्धार्थ क्यापिटल लिमिटेड र सिद्धार्थ बैंकका सबै शाखाहरुबाट आवेदन दिन सक्नेछन् ।

..................................................................................................................................................................

डिम्याट खाता खोल्नु भएको छैन ? घरमै बसी बसी अनलाइनबाट डिम्याट खाता खोल्न चाहनुहुन्छ भने यहाँ क्लिक गर्नुहोस् ।

....................................................................................................................................................................

मेरो लगानी अब सबै स्मार्टफोनमा ! एण्ड्रोइड मोवाइल एप्सका लागि यहाँ क्लिक गर्नुहोस् । एप्पलको आइफोन तथा आइप्याडका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईँ मेरो लगानीका प्रत्येक अपडेट फेसबुकट्वीटर र गुगल प्लस मार्फत पनि पाउन सक्नुहुन्छ ।




मेयर बालेनले ‘स्टण्ट’ गर्न असम्वन्धित व्यक्तिलाई पत्र काटेको ठहरसहित निर्मल निवासले जवाफ नदिने, जरिवाना पनि नतिर्ने !

Mar 29, 2025 06:54 PM

तीनकुनेमा शुक्रबार प्रदर्शनका क्रममा भएको क्षतिको जरिवाना भन्दै महानगरपालिकाले पत्र काटेपनि पूर्वराजाले भने त्यो जरिवाना नतिर्ने भएका छन् । ‘महानगरपालिकाले आइतबार बुझाउने भनेकोमा जुनसुकै कारण देखाएपनि उक्त जरिवाना श्री ५ बाट तिर्ने कुरै हुँदैन’ पूर्वराजा ज्ञानेन्द्र शाह निकट स्रोतले मेरो लगानीसंग भन्यो ।