किसान माईक्रोको ६१ प्रतिशत बोनस, ३९ प्रतिशत हकप्रद

Sep 20, 2016 Merolagani

किसान माइक्रोफाइनान्स(KMFL)ले शेयरधनीहरुलाई ६१ प्रतिशत बोनस शेयर बितरण गर्ने प्रस्ताव गरेको छ । त्यसै गरी माइक्रोले कर प्रयोजनका लागि ३ दशमलव २१ प्रतिशत नगद लाभांस बितरण गर्ने प्रस्ताव गरेको छ । आगामी साधारण सभाले पारित गरे पछि लगानीकर्ताले प्रस्तावित लाभांस पाउने छन् ।

माईक्रोफाइनान्सले साधारण सभामा ३९ प्रतिशत हकप्रद शेयर निष्काशनको प्रस्ताव पनि लैजाने भएको छ । माइक्रो सञ्चालक समितिले लाभांस सहित हकप्रदको प्रस्ताव गरेको हो । मंगलबार किसान माईक्रोको बोनस र हकप्रदको प्रस्ताव आए पछि प्रतिकित्ता शेयर मूल्य एकै पटक दश प्रतिशत अर्थात ४ सय ५ रुपैंयाले बढेर ४ हजार ४ सय ५८ रुपैंया पुगेको छ । बजारमा थोरै कित्ता सेयर रहेकोले खरिदको चाप परी मूल्य धेरै माथि गएकाले जोखिमको अबस्था मुंल्यांकन गरेर मात्र यस्ता कम्पनीमा लगानी गर्नु बुद्धिमानी हुनेछ ।

दुई करोड चुक्ता पूँजीको ३० प्रतिशत सेयर सर्बसाधारणमा जारी गरेको किसानले गत बर्ष एक करोड ३४ लाख खुद नाफा गरी प्रति सेयर आम्दानी ६७ रुपैयाँ कायम गरेको थियो ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।