युनाइटेड फाइनान्सले कहिलेलाई बोलायो साधारण सभा ?

Sep 21, 2016 Mero Lagani

युनाइटेड फाइनान्स (UFL) ले असोज २१ गते साधारण सभा बोलाएको छ । २० प्रतिशत बोनस तथा १ दशमलव शुन्य ५ प्रतिशत नगद लाभांस पारित गराउन साधारण सभा बोलाएको हो । फाइनान्सले असोज ७ देखि २१ गतेसम्म शेयरधनी पुस्तिका बन्द गर्ने निर्णय पनि गरेको छ ।

२५ प्रतिशत हकप्रद केही समय अघि मात्र निष्काशन गरेको फाइनान्सले अघिल्लो आर्थिक वर्षमा ९ करोड ९ लाख ६५ हजार रुपैंया खुद नाफा कमाएकामा गत आर्थिक वर्षको चौथो त्रैमाससम्ममा १३ करोड ८७ लाख रुपैंया खुद नाफा कमाएको छ । खुद नाफामा आएको यो वृद्धि ४ करोड ७८ लाख २० हजार रुपैंया हो ।

४६ करोड ३९ लाख ९५ हजार रुपैंया चुक्ता पूँजी रहेको फाइनान्सले गत असार ३० गतेदेखि भदौ २६ गतेसम्म २५ प्रतिशत हकप्रद निष्काशन गरेको थियो । हकप्रद निष्काशन पश्चात फाइनान्सको चुक्ता पूँजी ५८ करोड रुपैंया पगेको फाइनान्सको बोनस बितरण पश्चात चुक्ता पूँजी कति हुने भन्ने भन्ने निक्र्यौल भएको छैन । हकप्रदले पनि प्रस्तावित बोनस पाएको खण्डमा फाइनान्सको चुक्ता पुँजी ७० करोडको आसपासमा पुग्नेछ भने हकप्रदलाई बोनस नदिइएको खण्डमा चुक्ता पूँजी ६६ करोडको हारहारीमा हुनेछ ।

....................................................................................................................................................................

डिम्याट खाता खोल्नु भएको छैन ? घरमै बसी बसी अनलाइनबाट डिम्याट खाता खोल्न चाहनुहुन्छ भने यहाँ क्लिक गर्नुहोस् ।

....................................................................................................................................................................

मेरो लगानी अब सबै स्मार्टफोनमा ! एण्ड्रोइड मोवाइल एप्सका लागि यहाँ क्लिक गर्नुहोस् । एप्पलको आइफोन तथा आइप्याडका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईँ मेरो लगानीका प्रत्येक अपडेट फेसबुकट्वीटर र गुगल प्लस मार्फत पनि पाउन सक्नुहुन्छ ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।