आइसिएफसीको सिईओको कार्यकाल थप

Sep 23, 2016 merolagani

आइसिएफसीे फाइनान्स (ICFC) ले प्रमुख कार्यकारी अर्थात  सिईओ रामबाबु पन्तको कार्यकाल २ वर्षको लागि थप गरेको छ । कम्पनीको १ सय ९३ औं सञ्चालक समितिको बैठकले पन्तको कार्यकाल थप गर्ने निर्णय गरेको हो । उनको कार्यकाल असोज ११ गते देखि लागू हुनेछ ।



फाइनान्सले गत आर्थिक वर्षमा १५ करोड ३७ लाख ४९ हजार रुपैंया खुद नाफा कमाएको थियो। जसबाट उसले १७ प्रतिशत बोनस तथा शुन्य दशमलव ८९ प्रतिशत नगद लाभांस बितरणको प्रस्ताव गरेको छ । फाइनान्सले प्रस्ताव गरेको लाभांश वितरण गर्न राष्ट्र बैंकले स्वीकृति दिइसकेको छ ।

हाल कम्पनीको चुक्ता पूँजी ६८ करोड ५२ लाख ८५ हजार रुपैंया रहेको छ । बोनस वितरण पश्चात यो फाइनान्स राष्ट्र बैंकले तोकेको ८० करोड चुक्ता पूँजी पुर्याउने पहिलो फाइनान्स कम्पनी बन्नेछ ।

...................................................................................................................................................................

डिम्याट खाता खोल्नु भएको छैन ? घरमै बसी बसी अनलाइनबाट डिम्याट खाता खोल्न चाहनुहुन्छ भने यहाँ क्लिक गर्नुहोस् ।

....................................................................................................................................................................

मेरो लगानी अब सबै स्मार्टफोनमा ! एण्ड्रोइड मोवाइल एप्सका लागि यहाँ क्लिक गर्नुहोस् । एप्पलको आइफोन तथा आइप्याडका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईँ मेरो लगानीका प्रत्येक अपडेट फेसबुकट्वीटर र गुगल प्लस मार्फत पनि पाउन सक्नुहुन्छ ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।