सिभिल बैंक र आईएलएफसीको मर्जलाई अन्तिम स्वीकृति दिंदा स्वाप कति तोकियो ?

Sep 25, 2016 Merolagani

    

             मर्जर सम्झौता गरेको झण्डै नौ महिना पछि सिभिल बैंक र इन्टरनेशनल लिजिंग एण्ड फाइनान्स(आईएलएफसी)लाई नेपाल राष्ट्र बैंकले मर्जरको अन्तिम स्वीकृति दिएको छ । तर दुबै बैंक मर्ज हुँदाको स्वाप रेसियो कति तोकियो भन्ने बारेमा भने अझै अन्योल छ ।


सिभिल बैंकको विशेष साधारण सभाले मर्जर पछि सिभिल बैंकका १०० कित्ता शेयर हुने लाई १११ दशमलव शुन्य ८ कित्ता तथा १०० कित्ता आईएलएफसीको शेयर भएकालाई ८३ कित्ता शेयर बितरण गर्ने प्रस्ताव पारित गरेको थियो । उता आईएलफसीको साधारण सभाले भने सिभिल बैंकका शेयरधनीले १०० र आईएलफसीका शेयरधनीले ८३ कित्ता शेयर पाउने प्रस्ताव पारित गरेको थियो । मर्जरका क्रममा आउने प्रिमियमका सम्बन्धमा फरक प्रस्ताव पारित भएका कारण राष्ट्र बैंकले स्वापका सम्बन्धमा के शर्त उल्लेख गरी स्वीकृति दिएको हो भन्ने खुल्न सकेको छैन । राष्ट्र बैंकले हालै जारी गरेको निर्देशनमा मर्जमा जाने कम्पनीहरुको स्वाप रेसियो एकसय भन्दा बढी हुनु नहुने उल्लेख छ । फाइनान्स तथा बैंकका अधिकारीहरुका अनुसार राष्ट्र बैंकले अन्तिम स्वीकृतिको पत्र दिए पछि मात्र यस सम्बन्धमा प्रष्ट धारण बाहिर आउनेछ ।


फाइनान्स कम्पनीहरु धमाधम किनेर आफैं ८ अर्ब चुक्ता पूँजी पुर्याउने योजना अनुरुप अघि बढेको सिभिल बैंकले केही दिन अघि मात्र हामा मर्चेण्ट एण्ड फाइनान्सलाई खरिद गर्ने सम्झौता गरेको थियो ।
दुई अर्ब रुपैंया चुक्ता पूँजी रहेको आईएलएफसीले सिभिलसँग मर्जरमा जान गत माघ ११ गते सम्झौता गरेको थियो । आईएलएसफीले आफै बाणिज्य बैंक बन्न दुई अर्ब पूँजी पुर्याएपनि राष्ट्र बैंकले रोकेपछि बैंक अफ काठमाडौ र अरु विभिन्न संस्थासँग मर्जरमा जान पहल गरे पनि सफलता पाउन सकेको थिएन् ।  


गत भदौ ३० गते सम्पन्न सिभिल बैंकको विशेष साधारण सभा तथा भदौ १० मा सम्पन्न आईएलएसफीको वार्षिक साधारण सभाले मर्जर प्रस्ताव पारित गरी अन्तिम स्वीकृतिका लागि राष्ट्र बैंक पुगेका थिए । राष्ट्र बैंकले स्वीकृति दिने निर्णय गरे पनि अहिलेसम्म बैंक तथा फाइनान्सले मर्जरको अन्तिम स्वीकृतिको पत्र पाईसकेका छैन । मेरो लगानीसँग कुरा गर्दै बैंकका एक अधिकारीले भने ‘पत्र पाए पछि हामीले एकिकृत कारोबार तथा शेयर कारोबार कहिलेबाट सुचारु गर्ने भन्नेमा निर्णय गर्छौ, अहिले नै यस सम्बन्धमा थप निर्णय भैसकेको छैन ।’


नेपाल धितोपत्र बोर्डले हालै मर्ज सकेर र्एकीकृत बैंकिड. कारोबार सुरु गर्दा नै सेयर कारोबार पनि खोल्नुपर्ने निर्देशन दिएकाले सेयर कारोबार पनि चाँडै सुरु हुने अपेक्षा गरिएको छ ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।