विजय लघुवित्तको बोनस प्रस्ताव, त्रिवेणी विकास बैंकले कहिलेलाई तोक्यो बुक क्लोज ?

Sep 25, 2016 Mero Lagani

आईसीएफसी फाइनान्स (ICFC) को साधारण सभा कात्तिक १ मा
गत आर्थिक वर्षको कमाईबाट लगानीकर्तालाई दिने प्रतिफल घोषणा गर्ने क्रममा विजय लघुवित्तले १५ प्रतिशत बोनस प्रस्ताव गरेको छ । लघुवित्तले ५ प्रतिशत नगद लाभांस पनि दिने प्रस्ताव गरेको छ । उता ५० प्रतिशत हकप्रद निष्काशनका लागि त्रिवेणी विकास बैंकले बुक क्लोजको मिति तोकेको छ भने १७ प्रतिशत बोनस पारित गर्नका लागि आईसीएफसी फाइनान्सले पनि साधारण सभा बोलाएको छ ।

विजय लघुवित्त वित्तिय संस्थाको सञ्चालक समितिको असोज ९ गतेको बैठकले लगानीकर्तालाई १५ प्रतिशत बोनस तथा ५ प्रतिशत नगद लाभांसको प्रस्ताव गरेको हो । यस अघि ७ लघुवित्त कम्पनीहरुले बोनस तथा नगद लाभांस प्रस्ताव गरिसकेका छन् ।

१४ करोड रुपैंया चुक्ता पूँजी रहेको लघुवित्तको बोनस बितरण पश्चात चुक्ता पूँजी १६ करोड १० लाख रुपैंया पुग्नेछ । गत आर्थिक वर्षमा लघुवित्तले २ करोड ४० लाख ९ हजार रुपैंया खुद नाफा कमाएको थियो । लघुवित्तको जगेडा कोषमा ३ करोड ७२ लाख ४८ हजार रुपैंया सञ्चित छ ।

उता केही दिन अघि मात्र नेपाल धितोपत्र बोर्डबाट ५० प्रतिशत हकप्रद निष्काशनको अनुमती पाएको त्रिवेणी विकास बैंकले सोही प्रयोजनका लागि शेयरधनी पुस्तिका बन्द गर्ने मिति तोकेको छ । जस अनुसार बैंकले कात्तिक १ गते बुक क्लोज गर्दैछ । बैंकको ५० प्रतिशत हकप्रद सुरक्षित गर्नका लागि लगानीकर्ताले असोज ३० गते आइतबारसम्ममा शेयर खरिद गरिसक्नु पर्ने हुन्छ ।

त्रिबेणीले अघिल्लो आर्थिक वर्षको तुलनामा गत आर्थिक वर्षमा खुद नाफा ४३ प्रतिशतले बढाएर १९ करोड रुपैंया नघाएको थियो । ८२ करोड रुपैंया चुक्ता पूँजी रहेको बैंकले हकप्रद निष्काशन गरे पछि चुक्ता पूँजी १ अर्ब २४ करोड रुपैंयाको हाराहारीमा पुग्नेछ । बैंकले गत आर्थिक वर्षको कमाईबाट लगानीकर्तालाई १९ प्रतिशत बोनस दिने प्रस्ताव पनि गरिसकेको छ । बोनस समेत बितरण गरिसक्दा बैंकको चुक्ता पूँजी १ अर्ब ४० करोड रुपैंयाको हाराहारीमा पुग्नेछ ।

उता लगानीकर्तालाई १७ प्रतिशत बोनस प्रस्ताव गरेको आईसीएफसी फाइनान्सले आगामी कात्तिक १ गतेका लागि साधारण सभा आह्वान गरेको छ । साथै फाइनान्सले साधारण सभा प्रयोजनका लागि असोज १३ गते देखि कात्तिक १ गतेसम्म शेयरधनी पुस्तिका बन्द गर्ने भएको छ । फाइनान्सको प्रस्तावित बोनस तथा शुन्य दशमलव ८९ प्रतिशत नगद लाभांस सुरक्षित गर्नका लागि लगानीकर्ताले असोज १२ गते बुधबारसम्ममा शेयर खरिद गर्नु पर्ने हुन्छ ।

गत आर्थिक वर्षमा १५ करोड ३७ लाख ४९ हजार रुपैंया खुद नाफा कमाएको फाइनान्सले ६८ करोड ५२ लाखको पूँजीलाई ८० करोड बनाउने गरी लाभांस प्रस्ताव गरेको हो । योसंगै आईसीएफसी फाइनान्स राष्ट्र बैंकले ताकेको पूँजी पुर्याउने पहिलो फाइनान्स कम्पनी बन्ने भएको छ । राष्ट्र बैंकले तोकेको समयभन्दा एक वर्ष पहिले नै फाइनान्सले चुक्ता पूँजी ८० करोड रुपैंया पुर्याउन लागेको हो ।

गत आर्थिक वर्षमा ५० प्रतिशत हकप्रद निष्काशन गरेर पूँजी बिस्तार गरेको फाइनान्सको चौथो त्रैमासिक वित्तीय विबरण अनुसार मूल्य आम्दानी अनुपात १६ दशमलव २७ गुणा, निस्क्रिय कर्जा अनुपात १ दशमलव ४८ प्रतिशत, प्रतिशेयर आम्दानी २२ रुपैंया ४४ पैसा, प्रतिशेयर नेटवर्थ १ सय ४२ रुपैंया ३७ पैसा र तरलता अनुपात ३४ प्रतिशत रहेको छ ।

...................................................................................................................................................................

डिम्याट खाता खोल्नु भएको छैन ? घरमै बसी बसी अनलाइनबाट डिम्याट खाता खोल्न चाहनुहुन्छ भने यहाँ क्लिक गर्नुहोस् ।

....................................................................................................................................................................

मेरो लगानी अब सबै स्मार्टफोनमा ! एण्ड्रोइड मोवाइल एप्सका लागि यहाँ क्लिक गर्नुहोस् । एप्पलको आइफोन तथा आइप्याडका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईँ मेरो लगानीका प्रत्येक अपडेट फेसबुकट्वीटर र गुगल प्लस मार्फत पनि पाउन सक्नुहुन्छ ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।