कहाँ गयो शेयर बजारको विशाल बजार कम्पनी ?

Sep 27, 2016 Merolagani

सुरेन्द्र थापा

तीन दशक भन्दा अगाडि नेपाल स्टक एक्सचेञ्जमा सूचिकृत भएको विशाल बजार कम्पनी (BBC)केही महिनादेखि सेयर बजारबाट बेपत्ता छ । नेप्सेमा दैनिक रुपमा सेयर कारोेबार हुँदा चर्चाको बिषय बन्ने बिशाल बजार कम्पनी १० महिनादेखि सेयर बजारबाट बेपत्ता भएपछि लगानीकर्ताहरुले खोज्नु स्वभाविक हो ।  किन हरायो त सेयर बजारबाट विशाल बजार कम्पनी ?

तत्कालीन राजा महेन्द्रले सस्तो र सुलभ दरमा उपभोग्य सामान व्यापारको व्यवस्था मिलाउन विशाल बजार कम्पनी गठन गर्न आदेश दिई भवन निर्माण गराएका थिए । २०२६ सालमा स्थापना भएको यो कम्पनीमा खाद्य संस्थान, कृषि सामग्री कम्पनी र नेसनल ट्रेडिङको  ३४ प्रतिशत हिस्सेदारी रहेको छ । 

देशकै पुरानो व्यापारिक भवन मानिने विशाल बजारमा भुइँबाहेक तीन तला छन् भने दक्षिणपट्टी सानो दुई तले भवन छ । ५ करोड रुपैयाँ चुक्तापूँजी रहेको   यो कम्पनी २०४१ सालमै नेप्सेमा सूचिकृत भई व्यापार समूहमा कारोबार हुदै आएको थियो । नेप्सेमा यो कम्पनीको गत पूष ३० गते अन्तिम पटक प्रतिकित्ता २०३० रुपैयाँमा कारोबार भएको थियो । अहिले यो कम्पनीको नेप्सेमा कारोबार नभएको पनि दश महिना पुग्न लागेको छ । यो कम्पनीको शेयरमूल्य त्यतिखेर सबैभन्दा बढी २३५० रुपैयाँसम्म पुगेको थियो ।

नेप्सेमा कम्पनीको पाँच करोड रुपैयाँ बराबरको  पाँच लाख कित्ता सेयर सूचीकृत रहेको छ । कम्पनीको बजार पुँजीकरण भने ९२ करोड रुपैयाँ नाघिसेको छ । कम्पनीमा कुल ८६९ शेयरधनी रहेका छन् ।
 
नेप्सेमा किन कारोबार भएन ?

झण्डै दश महिना यतादेखि नेप्सेमा कम्पनीको शेयर कारोबार हुन सकेको छैन् । गत माघदेखि नेप्सेमा अभौतिक शेयर मात्र कारोबार हुन थालेपछि यो कम्पनीको कारोबार रोक्का भएको थियो । अभौतिक कारोबारको लागि कम्तिमा दश प्रतिशत शेयर डिम्याट गरेको हुनुपर्ने प्रावधान रहेको छ । अहिलेसम्म यो कम्पनीको शेयर डिम्याट दश प्रतिशत पुग्न सकेको छैन् । कम्पनीका जनसम्पर्क अधिकृत दिपक सापकोटाका अनुसार कम्पनीको शेयर डिम्याट गराउनका लागि केन्द्रीय निक्षेप प्रणाली (सिडिएससी)सँग सम्झौता भईसकेको र दश प्रतिशत शेयर डिम्याट हुनासाथ कारोबार खुल्ने जानकारी दिए । तर संस्थापक लगानीकर्ताको तर्फबाट सेयर डिम्याट हुन ढिलाई हुँदा नेप्सेमा कारोबार हुन नसकेको कम्पनीको दाबी छ ।

 

अनियमितता र मुद्धामा फसेको कम्पनी  

आठ रोपनी चार आना क्षेत्रफलको जग्गामा करिब चार सय व्यापारिक पसलहरुलाई भाडामा लगाउदै आएको यो कम्पनीको मुख्य आम्दानी नै ती पसलहरुबाट आउने भाडा हो । पसलकै मूल्यका कारण विशाल बजारको सेयर मूल्यसमेत आकासिएको थियो । २०६४ पछिका सञ्चालकहरूले आफूखुसी नियमावली बनाई पसल भाडामा लिँदा  शेयरसँग गाभ्नुपर्ने व्यवस्था गरेपछि कम्पनीमा चलखेल बढ्दै गएको हो ।


अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशाल बजार कम्पनी लिमिटेडमा पसल भाडामा लगाउँदा कानुनअनुसार नभएको बताउँदै सञ्चालक समितिका पदाधिकारीसहित आठ जनाविरुद्ध २०७२ जेठ २३ मा  विशेष अदालत काठमाडौँमा आरोपपत्र दर्ता गरेको थियो । सरकारी स्वामित्वका संस्थाहरुको शेयर रहेको कारण उक्त कम्पनीको सबै आर्थिक क्रियाकलाप तथा काम कारबाहीमा सार्वजनिक खरिद ऐन अनुसार नभएको अख्तियारको आरोप छ । कम्पनीका अध्यक्ष रवीन्द्रलाल श्रेष्ठसहितका आठ सञ्चालकसँग अख्तियारले ९ करोड ७५ लाख रुपैयाँ बिगो मागदाबी गरेको छ । अहिले कम्पनीका आठ जना संचालकहरुले अख्तियारको मुद्धा खेपिरहेका छन भने पब्लिकबाट छानिएका अर्का एक संचालकले राजिनामा दिएपछि कम्पनी संचालक विहिनताको अवस्थामा पुगेको छ ।

संस्था स्थापना कालदेखि नै ती पसल कवलहरु भाडामा लगाउँदा पारदर्शी एवं प्रचलित  कानुनको परिपालना भएको छैन । उक्त विषयमा सर्वोच्च अदालतले २०६७ वैशाख २४ गते पनि आय ब्यय पारदर्शी नभएको फैसला गरेको थियो ।

पसल भाडामा लिनका लागि अनिवार्य सेयर सदस्य हुनुपर्ने बाध्यात्मक व्यवस्था गरेका सञ्चालकहरूले कम्पनी ऐनको प्रावधान विपरित आफैंले सटर भाडामा लिएर १० गुणा बढीसम्म रकम लिई फेरि अर्कैलाई भाडामा लगाएको भेटिएको थियो ।



आम्दानीको लेखाजोखा छैन

कम्पनीले अहिले सम्म गत आर्थिक बर्षको चौथो त्रैमासको वित्तीय विवरण समेत प्रकाशित गर्न सकेको छैन । कम्पनीका संचालकहरु मुद्धामा फसेर संस्थागत सुशासन कमजोर बनेपछि बित्तीय बिबरण प्रकाशनमा समेत बाधा पुगेको बताईन्छ । गत आर्थिक बर्षको तेस्रो त्रैमाससम्ममा कम्पनीले ५ करोड ५३ लाख रुपैयाँ नाफा कमाएको देखाएको छ भने जगेडा कोषमा ३२ करोड ६९ लाख रुपैयाँ राखेको छ । कम्पनीले यस अवधिमा १० करोड ३१ लाख रुपैयाँ आम्दानी गरेको छ ।

कम्पनीको गत आर्थिक बर्षको तेस्रो त्रैमासम्मको विवरण अनुसार प्रतिशेयर आम्दानी ११० रुपैयाँ दश पैसा रहेको छ । प्रतिशेयर नेटवर्थ ७ सय  रुपैयाँ रहेको छ भने तरलता अनुपात ७ दशमलव ७८ प्रतिशत रहेको छ ।

नोटः बिशाल बजारको यो पुराना फोटोहरु ईन्टरनेटबाट लिईएको हो । 

यो समाचार मेरोलगानी डटकमको अनुमति बिना अन्य मिडियाहरुले प्रयोग नगर्नुहोला । 

 

...................................................................................................................................................................

डिम्याट खाता खोल्नु भएको छैन ? घरमै बसी बसी अनलाइनबाट डिम्याट खाता खोल्न चाहनुहुन्छ भने यहाँ क्लिक गर्नुहोस् ।

....................................................................................................................................................................

मेरो लगानी अब सबै स्मार्टफोनमा ! एण्ड्रोइड मोवाइल एप्सका लागि यहाँ क्लिक गर्नुहोस् । एप्पलको आइफोन तथा आइप्याडका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईँ मेरो लगानीका प्रत्येक अपडेट फेसबुकट्वीटर र गुगल प्लस मार्फत पनि पाउन सक्नुहुन्छ ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।