नेपाल बंगलादेश बैंकले कार्तिक ८ मा साधारणसभा गर्ने, ३२ प्रतिशत बोनस र ८० प्रतिशत हकप्रदको प्रस्ताव

Sep 27, 2016 Merolagani

नेपाल बंगलादेश बैंक(NBB)ले आगामी कार्तिक ८ गते बाईसौ साधारणसभा गरी ३२ प्रतिशत बोनस र ८० प्रतिशत हकप्रदको प्रस्ताव पारित गर्ने भएको छ । बैंक संचालक समितिको बैठकले साधारण सभा र बोनस सेयर बितरण प्रयोजनका लागि असोज १९ गते सेयरधनी दर्ता किताब बन्द गरिने निर्णय सार्वजनिक गरेको छ ।

असोज १८ गतेसम्म सेयर किन्नेले मात्र बोनस सेयर पाउने र साधारणसभामा भाग लिनसक्ने छन् । साधारणसभाले ८० प्रतिशत हकप्रद सेयर जारी गर्ने प्रस्ताव पारित गर्यो भने पनि अहिले सेयर किन्नेले अहिले नै हकप्रद पाउदैनन् । नेपाल धितोपत्र बोर्डले हकप्रद जारी गर्ने प्रस्ताव स्वीकृत गरेपछि मात्र अर्को सूचनाद्धारा सेयरधनी दर्ता किताब बन्द भएपछि मात्र त्यस बेला कायम हुन आउने सेयरधनीले मात्र हकप्रद दावी गर्न पाउने छन् ।

 ८० प्रतिशत हकप्रद जारी हुन अझै कम्तिमा दुई महिना लाग्ने भएकाले अहिले नै लगानीकर्ताहरुले उचालिएर नेपाल बंगलादेश बैंकको सेयर किन्नु फाईदाजनक नहुनसक्छ । धेरै कम्पनीको हकप्रद सेयर आउँदैछ । 

नेपाल बंगलादेश बैंकको चुक्ता पूँजी हाल ३ अर्ब ३ करोड रहेकोमा ३२ प्रतिशत बोनस बितरण पछि चार अर्ब पुग्ने छ । त्यसको ८० प्रतिशत अर्थात १० बराबर ८ का दरले हकप्रद जारी भए पछि ७ अर्ब २० करोड हाराहारीमा हुनेछ । बैंकले गत आर्थिक बर्षमा एक अर्ब २० करोड खुद नाफा गरी प्रति सेयर आम्दानी ३९ रुपैयाँ कायम गरेको थियो ।

 

...................................................................................................................................................................

डिम्याट खाता खोल्नु भएको छैन ? घरमै बसी बसी अनलाइनबाट डिम्याट खाता खोल्न चाहनुहुन्छ भने यहाँ क्लिक गर्नुहोस् ।

....................................................................................................................................................................

मेरो लगानी अब सबै स्मार्टफोनमा ! एण्ड्रोइड मोवाइल एप्सका लागि यहाँ क्लिक गर्नुहोस् । एप्पलको आइफोन तथा आइप्याडका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईँ मेरो लगानीका प्रत्येक अपडेट फेसबुकट्वीटर र गुगल प्लस मार्फत पनि पाउन सक्नुहुन्छ ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।