मैलुङ खोला जलविद्युतले रसुवा जिल्लाबासीका लागि आईपीओ ल्याउदै,पाईपलाईनमा आधादर्जन कम्पनी

Sep 27, 2016 merolagani

मैलुङ खोला जलविद्युत कम्पनी लिमिटेडले ३ करोड ६८ लाख रुपैयाँ बराबरको आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाका लागि साधारण शेयर (आईपीओ) निष्काशन गर्ने भएको छ । कम्पनीले १०० रुपैयाँ अंकित मूल्यमा ३ लाख ६८ हजार १४३ कित्ता शेयर आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाका लागि निष्काशन गर्न लागेको हो । यसअघि आईपिओ निष्कासनको अनुमति माग्दै समता माइक्रोफाइनान्स लगायत अन्य पाँच जलविद्युत कम्पनी पाइपलाइनमा रहेका छन् ।

मैलुङ खोला जलविद्युत कम्पनीले पहिलो चरणमा स्थानीय बासिन्दाका लागि आवेदन निष्कासन गर्ने छ । ६ मेगावाट विद्युत उत्पादन क्षमता रहेको यो आयोजना रसुवा जिल्लाको डाँडागाउँमा रहेको छ ।

कम्पनीले शेयर निश्कासनको लागि यही असोज ७ गते नेपाल धितोपत्र बोर्डमा अनुमति माग्दै आबेदन गरेको छ । कम्पनीको धितोपत्र निष्काशन तथा विक्री प्रवन्धक सिद्धार्थ क्यापिटल लिमिटेड रहेको छ ।

यस्तै धितोपत्र बोर्डमा यसअघिनै समता माइक्रोफाइनान्स लगायत पाँच जलविद्युत कम्पनीले आवेदन दिएका छन् । हिमालयन हाइड्रो पावरले दश लाख कित्ता, नेपाल हाइड्रोले २ लाख ६० हजार कित्ता,आँखु खोला हाइड्रोले आठ लाख कित्ता,अरुण काबेलीले ३० लाख कित्ता, छाङ्दी हाइड्रोले आठ लाख दश हजार कित्ता र समता माइक्रोफाइनान्सले ९४ हजार आठ सय कित्ता आईपिओ निष्कासनको अनुमति मागेका छन् ।

अरुण काबेली र समता बाहेक अन्य कम्पनीले स्थानीयबासीका लागि आईपिओ निष्कासनका लागि धितोपत्रबोर्डमा आवेदन दिएका हुन् ।

सात कम्पनीको साधारण सेयर जारी गर्न धितोपत्र बोर्डले स्वीकृति दिएमा यस बर्ष ६३ लाख कित्ता सेयर सर्वसाधारणले किन्न पाउने छन् । 

...................................................................................................................................................................

डिम्याट खाता खोल्नु भएको छैन ? घरमै बसी बसी अनलाइनबाट डिम्याट खाता खोल्न चाहनुहुन्छ भने यहाँ क्लिक गर्नुहोस् ।

....................................................................................................................................................................

मेरो लगानी अब सबै स्मार्टफोनमा ! एण्ड्रोइड मोवाइल एप्सका लागि यहाँ क्लिक गर्नुहोस् । एप्पलको आइफोन तथा आइप्याडका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईँ मेरो लगानीका प्रत्येक अपडेट फेसबुकट्वीटर र गुगल प्लस मार्फत पनि पाउन सक्नुहुन्छ ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।