ग्रामीण क्षेत्रमा शाखा खोल्न राष्ट्र बैंकको अनुमति नचाहिने

Sep 27, 2016 merolagani

अब बैंक तथा वित्तीय संस्थाले ग्रामीण क्षेत्रमा शाखा विस्तार गर्दा नेपाल राष्ट्र बैंकको स्वीकृति नचाहिने भएको छ । राष्ट्र बैंकले मंगलबार क, ख, ग र घ वर्गका बैंक तथा वित्तीय संस्थाहरुलाई निर्देशन जारी गर्दै काठमाडौं उपत्यका, महानगरपालिका, उपमहानगर वा नगरपालिका केन्द्र वाहेकका स्थानमा शाखा खोल्न स्वीकृति लिनु नपर्ने व्यवस्था गरेको हो ।



राष्ट्र बैंकको यो व्यवस्था अनुसार अब बैंक तथा वित्तीय संस्थाले गाविसमा शाखा खोल्दा राष्ट्र बैंकको पूर्व स्वीकृति  नलिए पनि हुने भएको छ । तर शाखा खोल्ने निर्णय गरेको सात दिनभित्र भने राष्ट्र बैंकलाई जानकारी दिनुपर्नेछ ।

त्यस्तै राष्ट्र बैकले भुकम्पबाट अति प्रभावति काठमाडौं उपत्यका वाहेकका जिल्लाहरुमा रहेका बैंक तथा वित्तीय संस्थाका शाखाहरु यथास्थानमा रहन असुविधा भए त्यही जिल्लाको अन्य स्थानमा स्थानान्तरण गर्न पनि स्वीकृति लिनु नपर्ने बताएको छ । तर केन्द्रिय कार्यालय वा कुनै कार्यालय गाभ्ने, स्थानान्तरण गर्ने वा ठेगाना परिवर्तन गर्दा भने राष्ट्र बैकको अनिवार्य स्वीकृति लिनुपर्ने व्यवस्था गरेको छ ।

 

..................................................................................................................................................................

डिम्याट खाता खोल्नु भएको छैन ? घरमै बसी बसी अनलाइनबाट डिम्याट खाता खोल्न चाहनुहुन्छ भने यहाँ क्लिक गर्नुहोस् ।

....................................................................................................................................................................

मेरो लगानी अब सबै स्मार्टफोनमा ! एण्ड्रोइड मोवाइल एप्सका लागि यहाँ क्लिक गर्नुहोस् । एप्पलको आइफोन तथा आइप्याडका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईँ मेरो लगानीका प्रत्येक अपडेट फेसबुकट्वीटर र गुगल प्लस मार्फत पनि पाउन सक्नुहुन्छ ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।