सहारा विकास बैंक र लक्ष्मी लघुवित्तको हकप्रद खुल्यो,प्राइमको अन्तिम म्याद असोज १६

Sep 30, 2016 merolagani

सहारा विकास बैंक (SHBL) ले डेढ सय प्रतिशत हकप्रद तथा लक्ष्मी लघुवित्त (LLBS) को शतप्रतिशत हकप्रद असोज १४ गतेबाट खुलेको छ । त्यस्तै प्राइम बैंक (PCBL) ले जारी गरेको ३३.३३ प्रतिशत हकप्रद बिक्री असोज १६ गते आइतबार बन्द हुदैछ । सहाराको ग्लोबल आइएमई,लक्ष्मी लघुवित्तको एनएमबि र प्राइमको बिक्री प्रबन्धकमा सिभिल क्यापिटल रहेका छन् ।



सहारा विकास बैंकको डेढ सय प्रतिशत हकप्रद

सहारा विकास बैंकले डेढ सय प्रतिशत अर्थात एक सय कित्ता बराबर १५० कित्ता हकप्रद शेयर जारी गरेको छ । भदौ २२ गतेसम्म कायम बैंकका शेयरधनीले मात्र हकप्रदमा आवेदन दिन पाउनेछन् ।

कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल रहेको छ । लगानीकर्ताले ग्लोबल आइएमई र सहारा विकास बैंकका सबै शाखाकार्यालय मार्फत आवेदन दिन पाउनेछन् । कम्पनीको हकप्रदमा असोज १४ गतेदेखि कार्तिक १८ गतेसम्म आवेद दिन सकिने कम्पनीले जनाएको छ ।

बैकले ३ करोड ५४ लाख रुपैयाँ बराबरको ३ लाख ५४ हजार कित्ता शेयर जारी गरेको हो । हाल बैंकको २ करोड ३६ लाख रुपैयाँ चुक्तापुँजी रहेको छ । हकप्रद निष्काशन पश्चात चुक्तापुँजी ५ करोड ९० लाख रुपैयाँ पुग्नेछ ।

तीनजील्ले विकास बैंकले ०७४ असारसम्म ५० करोड रुपैयाँ चुक्तापुँजी पुर्याउनुपर्ने हुन्छ । जसका लागि बैंकले २५ करोड ७८ लाख चुक्तापूँजी भएको सहयोगी विकास बैंकसँग मर्जरमा जाने सम्झौता गरिसकेको छ ।

लक्ष्मी लघुवित्तके शतप्रतिश हकप्रद खुल्यो

त्यस्तै लक्ष्मी लघुवित्तको पनि आजैबाट १ बराबर १ कित्ताका दरले हकप्रद शेयर बिक्री खुलेको छ । भदौ २६ गतेसम्म कायम शेयरधनीले मात्र हकप्रदमा आवेदन दिन पाउनेछन् । कम्पनीको हकप्रदमा असोज १४ गतेदेखि कार्तिक १८ गतेसम्म आवेद दिन सकिने कम्पनीले जनाएको छ ।

कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धकमा एनएमबि क्यापिटल रहेको छ । लगानीकर्ताले एनएमबि क्यापिटल, एनएमबि बैंकका शाखाकार्यालय तथा लक्ष्मी क्यापिटल मार्फत आवेदन दिन पाउनेछन् ।

अहिले ११ करोड चुक्ता पूँजी रहेको लघुवित्तको हकप्रद निष्काशन पश्चात चुक्ता पूँजी २२ करोड रुपैंया पुग्नेछ । गत आर्थिक वर्षमा ६ करोड २४ लाख ४६ हजार रुपैंया खुद नाफा कमाएको लघुवित्तको प्रतिशेयर आम्दानी ५६ रुपैंया ७७ पैसा रहेको छ ।

 

प्राईम बैंकको हकप्रद भर्ने अन्तिम दिन असोज १६ गते

प्राईम बैंकले जारी गरेको तीन बराबर एक अर्थात ३ः१ को अनुपातमा हकप्रद सेयर आगामी आइतबार बन्द हुदैछ  बैंकले एक अर्ब २३ करोड ५० लाख रुपैयाँ बराबरको १ करोड २३ लाख ५० हजार ८ सय ७४ कित्ता हकप्रद शेयर जारी गरेको हो ।

हाल बैंकको चुक्ता पूँजी ३ अर्ब ७० करोड रुपैयाँ रहेको छ । हकप्रद पश्चात बैंकको चुक्तापूँजी चार अर्ब ९४ करोड पुग्नेछ । बैंकको जगेडाकोषमा १ अर्ब ७५ करोड रुपैयाँ रहेको छ ।

श्रावण १८ गते सम्म कायम बैंकका शेयरधनीले हकप्रदका असोज १६ गतेसम्म आवेदन गर्न सक्नेछन् ।
बैंकको शेयर निष्काशन तथा बिक्री प्रबन्धकमा सिभिल क्यापिटल रहेको छ । लगानीकर्ताले सिभिल क्यापिटल र बैंकका सबै शाखाहरु मर्फत आवेदन दिन पाउनेछन् ।

बैकले गतआर्थिक बर्षको वित्तीय विवरण सार्वजनिक गरेको छन् । गत आर्थिक वर्षमा १ अर्ब १२ करोड ८२ लाख रुपैयाँ खुद नाफा आर्जन गरेर अर्ब कमाउने बैंकको सूचीमा समावेश भएको छ ।

अघिल्लो आर्थिक बर्षको मुनाफा बाट १८ प्रतिशत बोनश दिएको बैंक हकप्रद पश्चात गत आवको नाफाबाट २० प्रतिशत बोनस शेयर बाड्ने योजनामा छ । भने उसले ८ अर्ब चुक्ता पूँजी पुर्याउने योजना अनुासार बिराटलक्ष्मी र काभ्रेको कन्ट्री डेभ्लपमेन्ट बैंकलाई किन्ने सम्झौता गरिसकेको छ ।

....................................................................................................................................................................

डिम्याट खाता खोल्नु भएको छैन ? घरमै बसी बसी अनलाइनबाट डिम्याट खाता खोल्न चाहनुहुन्छ भने यहाँ क्लिक गर्नुहोस् ।

....................................................................................................................................................................

मेरो लगानी अब सबै स्मार्टफोनमा ! एण्ड्रोइड मोवाइल एप्सका लागि यहाँ क्लिक गर्नुहोस् । एप्पलको आइफोन तथा आइप्याडका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईँ मेरो लगानीका प्रत्येक अपडेट फेसबुकट्वीटर र गुगल प्लस मार्फत पनि पाउन सक्नुहुन्छ ।

...................................................................................................................................................................

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।