सिद्धार्थ बैंकको २५ प्रतिशत हकप्रद सुरक्षित गर्ने आज अन्तिम दिन, प्राइम बैंक र वोमी माइक्रोको हकप्रदमा आवेदन गर्ने अन्तिम म्याद पनि आजै

Oct 02, 2016 merolagani

सिद्धार्थ बैंक (SBL)ले जारी गर्न लागेको २५ प्रतिशत हकप्रद सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । हकप्रद प्रयोजनका लागि बैंकको असोज १७ गते शेयरधनी दर्ता पुस्तिका बन्द हुदैछ । यस्तै प्राइम बैंक (PCBL)ले जारी गरेको ३३ प्रतिशत तथा वोमी माइक्रो (WOMI)ले जारी गरेको ५० हकप्रदका लागि आबेदन गर्ने म्याद पनि आजै सकिदैछ । 



सिद्धार्थ बैंकले १ सय रुपैंया अकिंत दरमा ७५ करोड ५५ लाख रुपैंया बराबरको ७५ लाख ५५ हजार १ सय ९३ कित्ता हकप्रद शेयर निष्काशन गर्न लागेको हो । यसका लागि बैंकले असोज १७ गते सोमबारका दिन शेयरधनी पुस्तिका बन्द गर्ने निर्णय गरेको छ । असोज १६ गतेसम्म कायम बैंकका शेयरधनीले मात्रै बैंकको हकप्रद शेयरमा आवेदन दिन पाउनेछन् ।

विजनेश युनिभर्सल डेभलपमेण्ट बैंकलाई गाभेको बैंकको ३ अर्ब ३ करोड रुपैंया चुक्तापूँजी रहेको छ । हकप्रद निष्काशन पश्चात बैंकको पूँजी ३ अर्ब ८० करोड हाराहारी पुग्नेछ ।

बैंकको शेयर निष्काशन तथा बिक्री प्रबन्धक लक्ष्मी क्यापिटल रहेको छ ।

प्राईम बैंकले तीन बराबर एक अर्थात ३ः१ को अनुपातमा जारी गरेको हकप्रद सेयरको आजबाट बिक्री बन्द हुदैछ । गत श्रावण १८ गते सम्म कायम बैंकका शेयरधनीले हकप्रदका लागि आवेदन गर्न सक्नेछन् ।

बैंकले एक अर्ब २३ करोड ५० लाख रुपैयाँ बराबरको १ करोड २३ लाख ५० हजार ८ सय ७४ कित्ता हकप्रद शेयर जारी गरेको हो । हाल बैंकको चुक्ता पूँजी ३ अर्ब ७० करोड रुपैयाँ रहेको छ । हकप्रद पश्चात बैंकको चुक्तापूँजी चार अर्ब ९४ करोड पुग्नेछ । बैंकको जगेडाकोषमा १ अर्ब ७५ करोड रुपैयाँ रहेको छ ।

बैंकको शेयर निष्काशन तथा बिक्री प्रबन्धकमा सिभिल क्यापिटल रहेको छ । लगानीकर्ताले सिभिल क्यापिटल र बैंकका सबै शाखाहरु मार्फत आवेदन दिन पाउनेछन् ।

 वोमी माइक्रोफाइनान्सले जारी गरेको ५० प्रतिशत अर्थात दुई बराबर एक हकप्रदमा आवेदन गर्ने पनि आज नै अन्तिम दिन हो । गत साउन २० गतेसम्म कायम कम्पनीका शेयर धनीहरुले मात्र हकप्रदका लागि आवेदन दिन सक्नेछन् ।

वोमीले एक लाख ८० हजार कित्ता हकप्रद निष्कासन गरेको हो । हकप्रद शेयर निष्काशन पश्चात संस्थाको चुक्ता पूँजी ५ करोड ४० लाख रुपैयाँ पुग्नेछ । हाल कम्पनीको चुक्तापूँजी ३ करोड ६० लाख रुपैयाँ रहेको छ ।
वोमि माइक्रोफाइनान्सको शेयर निष्काशन तथा बिक्री प्रबन्धकमा सिद्धार्थ क्यापिटल रेहको छ । फाइनान्सका शाखा कार्यलय तथा सिद्धार्थ क्यापिटल मार्फत हकप्रदको आवेदन दिने व्यवस्था गरिएको छ ।

वोमी माईक्रोफाईनान्सले गत आर्थिक बर्षमा १ करोड ७७ लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।

....................................................................................................................................................................

डिम्याट खाता खोल्नु भएको छैन ? घरमै बसी बसी अनलाइनबाट डिम्याट खाता खोल्न चाहनुहुन्छ भने यहाँ क्लिक गर्नुहोस् ।

....................................................................................................................................................................

मेरो लगानी अब सबै स्मार्टफोनमा ! एण्ड्रोइड मोवाइल एप्सका लागि यहाँ क्लिक गर्नुहोस् । एप्पलको आइफोन तथा आइप्याडका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईँ मेरो लगानीका प्रत्येक अपडेट फेसबुकट्वीटर र गुगल प्लस मार्फत पनि पाउन सक्नुहुन्छ ।

...................................................................................................................................................................

 

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।