एनबी बैंकको ३२ प्रतिशत बोनस सुरक्षित गर्ने आज अन्तिम दिन,नबिल र एनआईसी एशियाको लाभांस आजै पारित हुने

Oct 04, 2016 merolagani

नेपाल बंगलादेश बैंक (NBB)ले घोषणा गरेको लाभांस सुरक्षित गर्ने आज अन्तिम दिन हो । ३२ प्रतिशत बोनस र ८० प्रतिशत हकप्रदको प्रस्ताव पारित गर्न बैंकले आगामी कार्तिक ८ गते साधारणसभा बोलाएको छ । साधारणसभा प्रयोजनका लागि भोलि असोज १९ गते बैंकको शेयर धनी दर्ता पुस्तिका बन्द हुदैछ । त्यस्तै नबिल बैंक(NABIL) र एनआइसी एशिया (NICA)ले घोषणा गरको लाभांस आज हुने साधारसभाबाट पारित हुदैछ ।

 

नेपाल बंगलादेश बैंकको असोज १८ गतेसम्म सेयर किन्नेले मात्र बोनस सेयर पाउने छन् । साधारणसभाले ८० प्रतिशत हकप्रद सेयर जारी गर्ने प्रस्ताव पारित गर्यो भने पनि अहिले सेयर किन्नेले अहिले नै हकप्रद पाउदैनन् । नेपाल धितोपत्र बोर्डले हकप्रद जारी गर्ने प्रस्ताव स्वीकृत गरेपछि मात्र अर्को सूचनाद्धारा सेयरधनी दर्ता किताब बन्द भएपछि मात्र त्यस बेला कायम हुन आउने सेयरधनीले मात्र हकप्रद दावी गर्न पाउने छन् ।

नेपाल बंगलादेश बैंकको चुक्ता पूँजी हाल ३ अर्ब ३ करोड रहेकोमा ३२ प्रतिशत बोनस बितरण पछि चार अर्ब पुग्ने छ । त्यसको ८० प्रतिशत अर्थात १० बराबर ८ का दरले हकप्रद जारी भए पछि ७ अर्ब २० करोड हाराहारीमा हुनेछ । बैंकले गत आर्थिक बर्षमा एक अर्ब २० करोड खुद नाफा गरी प्रति सेयर आम्दानी ३९ रुपैयाँ कायम गरेको थियो ।

यता नबिल र एनआईसी एशिया बैंकले गत आर्थिक बर्षको कमाईबाट घोषणा गरेका लाभांस आज हुने साधारणसभाले पारित गर्देछ । नबिल बैंकले ३० प्रतिशत बोनस तथा १५ प्रतिशत नगद लाभांस बितरण गर्दैछ भने एनआईसी एशियाले २६ प्रतिशत बोनस तथा १ दशमलव ३७ प्रतिशत नगद लाभांस बितरण गर्दैछ ।

असोज ४ गते सम्म कायम दुवै बैंकका शेयरधनीले लाभांस पाउनेछन् । गत असोज ५ मा दुवै बैंकले शेयरधनी दर्ता पूस्तिका बन्द गरेका थिए । नबिल बैंकले पूँजी वृद्धि योजनामा अर्को वर्ष पनि ३० प्रतिशत बोनस दिने प्रस्ताव गरिसकेको छ भने एनआईसी एशिया बैंकले बोनस बितरण पश्चात फेरी १५ प्रतिशत हकप्रद शेयर निष्काशन गर्ने निर्णय गरिसकेको छ ।

....................................................................................................................................................................

डिम्याट खाता खोल्नु भएको छैन ? घरमै बसी बसी अनलाइनबाट डिम्याट खाता खोल्न चाहनुहुन्छ भने यहाँ क्लिक गर्नुहोस् ।

....................................................................................................................................................................

मेरो लगानी अब सबै स्मार्टफोनमा ! एण्ड्रोइड मोवाइल एप्सका लागि यहाँ क्लिक गर्नुहोस् । एप्पलको आइफोन तथा आइप्याडका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईँ मेरो लगानीका प्रत्येक अपडेट फेसबुकट्वीटर र गुगल प्लस मार्फत पनि पाउन सक्नुहुन्छ ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।