दसैँपछि मात्र मेवाखोला हाइड्रोपावरको बत्ती

Oct 06, 2016 RSS

खोटाङ जिल्लामा सञ्चालन हुन लागेको मेवाखोला हाइड्रोपावरको काम वर्षा र पहिरोको क्षतिका कारण केही समय पछि धकेलिएको छ । असोज दोस्रो साताभित्र बत्ती बाल्ने घोषणा गरेर काम अगाडि बढाइएको भए पनि वर्षा र पहिरोका कारण दसैँपछिका लागि धकेलिएको हो ।

आयोजनाको प्रवद्र्धक साप्सु–कालिका हाइड्रोपावर कम्पनी प्रालिका प्रबन्ध निर्देशक अर्जुन राईले लगातारको वर्षापछि झरेको पहिरोले हाइड्रोपावरको ५५ मिटर क्यानल भत्काएको, मेसिन ‘टेस्टिङ’ र ‘कमिसनिङ’का लागि झिकाइएका चिनियाँ विज्ञको टोलीलाई निर्माणस्थलसम्ममा पु¥याउन नसक्दा काठमाडौँबाटै फिर्ता पठाउनुपरेको लगायतका कारण बत्ती बाल्ने योजना केही समयपछि धकेलिएको जानकारी दिए ।

समुदाय र बैंकको करिब रु २१ करोड ५० लाखको लगानीमा पूरा हुने हाइड्रोपावरबाट उत्पादित बत्तीलाई नेपाल विद्युत् प्राधिकरणको बुइपास्थित सवस्टेसनमार्फत केन्द्रीय प्रसारण लाइनमा जोड्ने काम मात्र बाँकी रहेको प्रबन्ध निर्देशक राईले जानकारी दिए ।

निःशुल्क जग्गा दिने पाँचजनालाई सम्मान

जिल्ला प्रहरी कार्यालय खोटाङले प्रहरी चौकीलाई निःशुल्क जग्गा प्रदान गर्ने पाँच जग्गादातालाई सम्मान गरेको छ । ६१औँ प्रहरी दिवसको अवसर पारेर बिहीबार कार्यालयले प्रहरी चौकी भण्डारेघाट बतासे र प्रहरी चौकी दोर्पाचिउरीडाँडालाई निःशुल्क जग्गा प्रदान गर्ने जग्गादातालाई सम्मान गरेको हो ।

प्रहरी चौकी भण्डारेघाटलाई निःशुल्क जग्गा दिने स्थानीय श्यामलाल श्रेष्ठ, दानबहादुर भुजेल र रत्नबहादुर भुजेल तथा प्रहरी चौकी दोर्पाचिउरीडाँडालाई निःशुल्क जग्गा प्रदान गर्ने इन्द्रमायाँ कठेत र दुर्गानारायण श्रेष्ठलाई सम्मान गरिएको हो । रासस

...................................................................................................................................................................

डिम्याट खाता खोल्नु भएको छैन ? घरमै बसी बसी अनलाइनबाट डिम्याट खाता खोल्न चाहनुहुन्छ भने यहाँ क्लिक गर्नुहोस् ।

....................................................................................................................................................................

मेरो लगानी अब सबै स्मार्टफोनमा ! एण्ड्रोइड मोवाइल एप्सका लागि यहाँ क्लिक गर्नुहोस् । एप्पलको आइफोन तथा आइप्याडका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईँ मेरो लगानीका प्रत्येक अपडेट फेसबुकट्वीटर र गुगल प्लस मार्फत पनि पाउन सक्नुहुन्छ ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।