गुहेश्वरी मर्चेन्ट फाईनान्सलेको कति आउने भयो बोनस सेयर ?

Oct 14, 2016 merolagani

गुहेश्वरी मर्चेन्ट फाईनान्स(GMFIL)ले यस अघि जारी गरिएको हकप्रद सेयरलाई समेत समायोजन गरी गत बर्षको खुद नाफाबाट बोनस सेयर घोषणा गरेको छ ।

फाईनान्सले २९ लाख ३७ हजार ३९४ कित्ताको ५० प्रतिशतका दरले हकप्रद जारी गरी चुक्ता पूँजी ४४ करोड रुपैयाँ पुर्याएको थियो । यसरी कायम हुन आएको चुक्तापुँजी समेतका लागि ५ करोड २८ लाख ७० हजार ९२ रुपैयाँ बराबरको बोनस प्रस्ताव गरिएको छ । हिसाव गर्दा उसले प्रस्ताव गरेको बोनस सेयर १२ प्रतिशत हुन आउँछ । फाईनान्सले बोनस सेयर कर प्रयोजनका लागि अलग्गै २७ लाख ८२ हजार सात सय ९४ रुपैयाँ प्रस्ताव गरेको छ ।

फाईनान्सले गत आर्थिक बर्षमा ७ करोड खुद नाफा गरी २४ रुपैयाँ प्रति सेयर आम्दानी कायम गरेको थियो ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।