कसमस डेभलपमेण्ट बैंकको हकप्रदमा नबिकेको शेयर लिलाम आजदेखि

Oct 20, 2016 Merolagani

कसमस डेभलपमेण्ट बैंक (CSDBL) ले १७ हजार कित्ता शेयर शेयर लिलाम सुरु गरेको छ । गत साउन ११ गतेदेखि बैंकले निष्काशन गरेको ५० प्रतिशत हकप्रद शेयरमा नबिकेको ४ हजार ८ सय १९ कित्ता संस्थापक तथा १२ हजार २ सय ७ कित्ता साधारण शेयर लिलाम गरेको हो ।

बैंकको शेयर निष्काशन तथा बिक्री प्रबन्धक सिभल क्यापिटलमा लिलामबाट शेयर खरिद गर्न चाहनेले आवेदन दिन सक्नेछन् । प्रतिकित्ता शेयरको न्युनतम १ सय रुपैंयाका दरले कम्तीमा १ सय कित्ताका लागि आवेदन दिन सक्नेछन् । लिलामको शेयर खरिद गर्नका लागि लगानीकर्ताले कात्तिक १८ गतेसम्ममा बुझाईसक्नु पर्नेछ । लिलामका लागि आएका बोलपत्रहरु कात्तिक १९ गते खोलिने बैंकले जनाएको छ ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।