इन्भेष्टमेण्ट बैंकको नगद लाभांस बैंक खातामा पाउन भोलिसम्म बैंक खाता उपलब्ध गराउनु पर्ने

Oct 20, 2016 Merolagani

नेपाल इन्भेष्टमेण्ट बैंक (NIB) ले गत आर्थिक वर्षको कमाईबाट बितरण गरेको नगद लाभांस लगानीकर्तालाई दिनका लागि बैंक खाता माग गरेको छ । लाभांस प्रस्ताव गरेलगत्तै बैंकले लगानीकर्तासँग बैंक खाता माग गरेकोमा कात्तिक ५ गतेसम्ममा बैंक खाताको विबरण उपलब्ध गराउन भनेको हो ।

बैंकले गत असोज तेस्रो साता सम्पन्न वार्षिक साधारण सभाले पारित गरेको २० प्रतिशत बोनसका साथै २१ प्रतिशत नगद लाभांस बितरण गर्नका लागि बैंकले लगानीकर्तासँग खाताको विबरण मागेको हो ।

बैंकले इन्भेष्टमेण्ट बैंकमा नै बैंक खाता भएका लगानीकर्तालाई भने बैंकको वेबसाइटबाट अनलाइन प्रणाली मार्फत खाताको विबरण उपलब्ध गराउन सक्ने व्यवस्था गरेको छ । क्लियरिंग हाउसको सदसय रहेका अरु बैंक तथा वित्तीय संस्थाहरुमा खाता रहेका शेयरधनीहरुले भने लाजिम्पाटमा रहेको बैंकको शेयर निष्काशन तथा बिक्री प्रबन्धक एनआईबिएल क्यापिटलमा गएर फारम भरेर बैंक खाताको बिरण उपलब्ध गराउनु पर्ने हुन्छ ।

कात्तिक ५ गतेसम्म बैंक खाता उपलब्ध नगराउने तथा त्रुटिपुर्ण विबरण उपलब्ध गराउने लगानीकर्ताले भने विगतमा जस्तै लाइन लागेर नगद लाभांसको पूर्जा संकलन गर्नुपर्ने हुन्छ ।

...................................................................................................................................................................

डिम्याट खाता खोल्नु भएको छैन ? घरमै बसी बसी अनलाइनबाट डिम्याट खाता खोल्न चाहनुहुन्छ भने यहाँ क्लिक गर्नुहोस् ।

....................................................................................................................................................................

मेरो लगानी अब सबै स्मार्टफोनमा ! एण्ड्रोइड मोवाइल एप्सका लागि यहाँ क्लिक गर्नुहोस् । एप्पलको आइफोन तथा आइप्याडका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईँ मेरो लगानीका प्रत्येक अपडेट फेसबुकट्वीटर र गुगल प्लस मार्फत पनि पाउन सक्नुहुन्छ ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।