सेयर बजारमा लगानीकर्ताले एकैदिन कसरी गुमाए १७ अर्ब रकम ?

Oct 25, 2016 merolagani

सेयर बजारमा लगानीकर्ताले एकै दिन १७ अर्ब रुपैयाँ गुमाएका छन् । अघिल्लो दिन बजार पूँजीकरण १९ खर्ब ६० अर्बमा रहेकोमा मंगलबार त्यो १७ अर्बले घटेर १९ खर्ब ४३ अर्बमा सिमित भयो । 

 

१८ अंकले नेप्सेमा गिरावट आउँदा कारोबार रकम पनि खुम्चिएपछि लगानीकर्ता अब के गर्ने भनेर सोच्न थालेका छन् ।  हरेक जसो कम्पनीको सेयरको भाऊ दिनदिनै घट्दा नाफा भएका सेयर पनि बेचेर सुरक्षित बस्ने कि सेयर नबेची नाफा घटेको हेर्ने भन्ने द्धिविधामा लगानीकर्ताहरु देखिन्छन्, बजार माथि गएको बेला सेयर किन्नेहरुले खाएको घाटाको कथा त भिन्दै हुने नै भयो । 

यो साता सेयरबजारमा लगातार तेस्रो दिनसम्म दोहोरो अंकको गिरावट आएको छ ।आइतबार १२ अंक, सोमबार १३.५० अंघले घटेको नेप्से मंगलबार झण्डै १८ अंकले घटेको छ । तीनदिनको बीचमै नेप्सेमा ४३ अंक बढीको गिरावट देखिएको छ । नेप्सेमा आएको निरन्तर गिरावटले कारोबार रकममा समेत संकुचन देखिएको छ । घटेको बजारमा दुई कम्पनीका लगानीकर्ताले भने दश प्रतिशतका दरले कमाएका छन् ।

मंगलबार कारोबारमा आएका सबै समूहमा आएको गिरावटले बजार उच्च अंकले ओरालो लागेको हो । बजार खुलेदेखि नै ओरालो लागेको नेप्से निरन्तर झरदै बन्द हुने समयसम्म आईपुग्दा १७.८९ अंकले झरेर १७५१ अंकमा रोकिएको छ ।

यसदिन सबैभन्दा धेरै विमा समूहमा १३३ अंक, होटल ३५,वाणिज्य बैंक, विकास बैंक १७, वित्त साढे दुई तथा जलविद्युत ०.५१ अंकले झरेका छन् । बजारलाई प्रभावित पार्ने वाणिज्य बैंक समुहमा नै १९ अंकको गिरावट आएपछि बजार उच्च अंकले झरेको हो ।

१२७ कम्पनीको कारोबार भएको बजारमा ७१ करोड ३२ लाख रुपैयाँ बराबरको सेयर किनबेच भयो । यो अघिल्लो कारोबारको तुलनामा २१ करोड रुपैयाँले कम हो ।

यसदिन स्ट्यान्डर्ड चार्टर्ड बैंकको सबैभन्दा धेरै ६ करोड ५४ लाख बराबरको कारोबार भयो । एफपिओको प्रस्ताव ल्याएपछि घट्न थालेको चार्टर्ड बैंकको सेयरमूल्य मंगलबार पनि ४७ रुपैयाँले घटेको छ । यसपछि एभरेष्ट बैंक ५ करोड रुपैयाँ बराबरको कारोबार भयो । एभरेष्टको पनि सेयरमूल्य प्रतिकित्ता ५१ रुपैयाँले झरेको छ । यसदिन माछापुच्छ्े बैंकको पनि चार करोड बढीको सेयर किनबेच भयो ।

 

घटेको बजारमा सिभिल बैंक र सिनर्जी फाइनान्सको सेयरमुल्य दश प्रतिशदका दरले बढेको छ । सिभिल बाणिज्य बैंकमा सबैभन्दा कमजोर भए पनि कारोबार खुलेको पहिलो दिन भएकाले बिक्रीकर्ताको अभाव हुँदा सेयरको भाऊ बढेको हो भने फाइनान्सहरुमा धेरै निस्क्रिय कर्जा भएको सिनर्जीको अबस्थामा सुधार होला कि भन्ने आशले सेयर खरिदमा चाप परेको मान्न सकिन्छ ।   यति डेभलपमेन्ट बैंक, जनउत्थान लघुवित्त, फस्टर्् माइक्रो, प्राइम बैंक, सगरमाथा फाइनान्स लगायत कम्पनीका लगानीकर्ताले कमाएका छन् ।

मंगलबारको बजारमा एनएमबि बैंकका लगानीकर्ताले सबैभन्दा धेरै गुमाएका छन् । लगानीकर्ताको आसा विपरित १९ प्रतिशत मात्रै बोनस सेयर प्रस्ताव गरेपछि बैंकको सेयरमूल्यमा गिरावट देखिएको हो । यो बैंकको सेयरमूल्य ६ प्रतिशत भन्दा धेरैले घटेर प्रतिकित्ता ७२७ रुपैयाँमा झरेको छ । नेरुडे लघुवित्त,महिला सहयात्रा माइक्रो र कामना विकास बैंकको पनि पाँच प्रतिशतभन्दा धेरैले सेयरमूल्य घटेको छ । रिडी हाइड्रो, एसबिआई बैंक लगायतका कम्पनीका लगानीकर्ता धेरै गुमानेमा परेका छन् ।

....................................................................................................................................................................

डिम्याट खाता खोल्नु भएको छैन ? घरमै बसी बसी अनलाइनबाट डिम्याट खाता खोल्न चाहनुहुन्छ भने यहाँ क्लिक गर्नुहोस् ।

....................................................................................................................................................................

मेरो लगानी अब सबै स्मार्टफोनमा ! एण्ड्रोइड मोवाइल एप्सका लागि यहाँ क्लिक गर्नुहोस् । एप्पलको आइफोन तथा आइप्याडका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईँ मेरो लगानीका प्रत्येक अपडेट फेसबुकट्वीटर र गुगल प्लस मार्फत पनि पाउन सक्नुहुन्छ ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।