नविल बैंकको नाफामा उल्लेखनीय बढोत्तरी, प्रतिशेयर आम्दानी भने झर्यो

Oct 28, 2016 merolagani

नविल बैंक (NABIL) ले चालु आर्थिक बर्षको पहिलो त्रैमासमा ७९ करोड ८३ लाख रुपैयाँ खुद नाफा कमाएको छ । गत आर्थिक बर्षमा ६५ करोड ३५ लाख नाफा कमाएको बैंकको मुनाफा गतबर्षको तुलनामा झण्डै २५ करोडले बढेको छ । तर यसअवधिमा बैंकको प्रतिसेयर आम्दानी भने २० रुपैयाँले झरेको छ ।



यसअवधिमा खराबकर्जा समेत घटाएको बैंकले प्रोभिजनमा जम्मा ३८ लाख रुपैयाँ राखेको छ भने प्रतिशेयर आम्दानी ५० रुपैयाँ ६७ पैसा देखाएको छ । गत आर्थिक बर्षको यसै अवधिमा बैंकको प्रतिसेयर आम्दनाी ७० रुपैयाँ १२ पैसा थियो। बैंकले यसअवधिमा खराबकर्जा १.५४ प्रतिबाट घटाएर १.०९ प्रतिशतमा झारेको छ । 

बैंकले यसअधिमा चुक्तापूँजी ४ अर्ब ७५ करोड रुपैयाँबाट बढाएर ६ अर्ब १८ करोड पुर्याएको छ र गतबर्षको मुनाफाबाट बैंकले ३० प्रतिशत बोनससेयर वितरणगरी पुँजी बढाएको हो । बैंकको जगेडा कोषमा ६ अर्ब २० करोेड रुपैंयाँ रहेको छ । बैंकले यसअवधिमा एक खर्ब २० अर्ब निक्षेप संकलन गरेर ८३ अर्ब ५४ करोड कर्जा तथा सापटी प्रवाह गरेको छ । अघिल्लो बर्षको तुलनामा बैंकको निक्षेप तथा कर्जा दुवै बढेको छ ।

बैंकको प्रति शेयर आम्दानी ५० रुपैंयाँ ६७ पैसा रहेको छ भने प्रति शेयर नेटवर्थ २ सय रुपैयाँ रहेको छ ।

...................................................................................................................................................................

डिम्याट खाता खोल्नु भएको छैन ? घरमै बसी बसी अनलाइनबाट डिम्याट खाता खोल्न चाहनुहुन्छ भने यहाँ क्लिक गर्नुहोस् ।

....................................................................................................................................................................

मेरो लगानी अब सबै स्मार्टफोनमा ! एण्ड्रोइड मोवाइल एप्सका लागि यहाँ क्लिक गर्नुहोस् । एप्पलको आइफोन तथा आइप्याडका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईँ मेरो लगानीका प्रत्येक अपडेट फेसबुकट्वीटर र गुगल प्लस मार्फत पनि पाउन सक्नुहुन्छ ।

 

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।