एनएमबी बैंकले वर्तमान प्रमुख कार्यकारीको कार्यकाल ३ महिना थप्यो, चैतदेखि को हुँदैछ नयाँ प्रमुख कार्यकारी ?

Oct 28, 2016 Merolagani

एनएमबी बैंक (NMB) ले हालका प्रमुख कार्यकारी अधिकृत उपेन्द्र पौड्यालको कार्यकाल ३ महिना थप गरेको छ । सञ्चालक समितिको बैठकले पौड्यालको कार्यकाल फागुन ३० गतेसम्मका लागि थप गर्दै चैत १ गतेदेखि नयाँ प्रमुख कार्यकारी अधिकृत नियुक्त गर्ने निर्णय गरेको हो ।

नेपाल बैंकर्श संघका अध्यक्ष समेत रहेका एनएमबी बैंकका प्रमुख कार्यकारी अधिकृतको कार्यकाल मंसिर ८ गते सकिदै थियो । कार्यकाल सकिनु अघि नै बैंक सञ्चालक समितिको बैठकले पौड्यालको कार्यकाल फागुन ३० गतेसम्म बढाउने निर्णय गरेको हो । बैंकर्श संघको कार्यकाल बाँकी रहुञ्जेलका लागि पौड्यालको कार्यकाल थप गरिएको हो ।

 

फागुन ३० गते पौड्यालको कार्यकाल सकिए पछि एनएमबी बैंकले नयाँ प्रमुख कार्यकारी अधिकृत पाउने छ । बैंकको सञ्चालक समितिले प्रमुख कार्यकारी अधिकृतको भुमिकामा बैंकमा हाल डेपुटी सिईओको जिम्मेवारी सम्हालेका सुनिल केसीलाई प्रमुख कार्यकारीको जिम्मेवारी दिने निर्णय पनि गरेको छ । केसीले चैत १ गतेबाट एनएमबी बैंकको प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी सम्हाल्ने छन् ।

 

 

..................................................................................................................................................................

डिम्याट खाता खोल्नु भएको छैन ? घरमै बसी बसी अनलाइनबाट डिम्याट खाता खोल्न चाहनुहुन्छ भने यहाँ क्लिक गर्नुहोस् ।

....................................................................................................................................................................

मेरो लगानी अब सबै स्मार्टफोनमा ! एण्ड्रोइड मोवाइल एप्सका लागि यहाँ क्लिक गर्नुहोस् । एप्पलको आइफोन तथा आइप्याडका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईँ मेरो लगानीका प्रत्येक अपडेट फेसबुकट्वीटर र गुगल प्लस मार्फत पनि पाउन सक्नुहुन्छ ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।