लुम्बिनी जनरलको १८ प्रतिशत बोनसपछि शतप्रतिशत हकप्रद प्रस्ताव, तर नउचाल्लिनुस

Oct 28, 2016 Merolagani

लुम्बिनी जनरर्ल ईस्योरेन्सले गत बर्षको खुद नाफाबाट १८.१८२ प्रतिशत बोनस सेयर जारी गरेपछि शत प्रतिशत हकप्रद जारी गर्ने प्रस्ताव गरेको छ । कम्पनीको संचालक समितिले बोनसपछि हकप्रद जारी गरेर चुक्ता पूँजी ३३ करोडबाट ७८ करोड नघाउने निर्णय गरेको छ ।

ईन्स्योरेन्सले गत आर्थिक वर्षमा १५ करोड ५९ लाख रुपैंया खुद नाफा गरेर प्रतिशेयर आम्दानी ४७ रुपैंया २६ पैसा कायम गरेको थियो । ईन्स्योरेन्सको चुक्ता पूँजी ३३ करोड रुपैंया तथा जगेडा कोषमा १४ करोड २९ लाख रुपैंया सञ्चित छ । प्रस्तावित बोनस बितरण पश्चात कम्पनीको चुक्ता पूँजी ३९ करोड रुपैंया पुग्नेछ ।

उक्त चुक्ता पूँजीको शतप्रतिशत हकप्रद निष्काशन गर्ने प्रस्ताव सञ्चालक समितिले गरेको हो । हकप्रद निष्काशन पश्चात ईन्स्योरेन्सको चुक्ता पूँजी ७८ करोड रुपैंया पुग्नेछ । तर साधारण सभा तथा बीमा समितिको स्वीकृति, बोनस बितरण, सुचिकरण लगायत प्रकृया पुरा गरी धितोपत्र बोर्डबाट हकप्रद निष्काशनको स्वीकृति पाउन भने कम्तीमा ५ महिना समय लाग्न सक्छ ।

इक्रा रेटिंग प्राप्त गर्ने लगायतका प्रक्रियाहरुले पनि यसलाई ढिलाई गर्न सक्छन् । जसका कारण हकप्रद आउने भयो भन्दैमा उचालिएर शेयर किनिहाल्नु घातक हुन सक्छ । धेरै समय पछि मात्र हकप्रद बिक्रीमा आउने हुँदा त्यस बखतमा बजार कुन विन्दुमा हुन्छ भन्ने आँकलन गर्न गाह्रो छ ।

...............................................................................................................................................................

डिम्याट खाता खोल्नु भएको छैन ? घरमै बसी बसी अनलाइनबाट डिम्याट खाता खोल्न चाहनुहुन्छ भने यहाँ क्लिक गर्नुहोस् ।

....................................................................................................................................................................

मेरो लगानी अब सबै स्मार्टफोनमा ! एण्ड्रोइड मोवाइल एप्सका लागि यहाँ क्लिक गर्नुहोस् । एप्पलको आइफोन तथा आइप्याडका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईँ मेरो लगानीका प्रत्येक अपडेट फेसबुकट्वीटर र गुगल प्लस मार्फत पनि पाउन सक्नुहुन्छ ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।