एनबी ईन्स्योरेन्सले एकै दिन बिस्तार गर्यो तीन शाखा

Oct 28, 2016 Merolagani

एनबी इन्स्योरेन्स (NBIL) ले एकै पटक राजधानीमा तीन वटा शाखा बिस्तार गरेको छ । ईन्स्योरेन्सले काठमाण्डौं र भक्तपुरमा एकै दिन तीन शाखा सञ्चालनमा ल्याएको हो । तीन शाखा बिस्तारसँगै ईन्स्योरेन्सको शाखा सञ्जाल १७ पुगेको छ ।

बीमा व्यवशायको बजार शतप्रतिशत उदयीमान भएको भन्दै कम्पनीले आक्रामक रुपमा शहरी तथा दुर्गम क्षेत्रमा बीमा सेवा दिने लक्ष्यले शाखा बिस्तारलाई तिब्र बनाएको हो । यस क्रममा काठमाण्डौंको कलंकी र कोटेश्वर तथा भक्तपुरको सल्लाघारीमा ईन्स्योरेन्सले शाखाहरु बिस्तार गरेको हो । कोटेश्वर शाखामा भने सबै कर्मचारीहरु महिला मात्र रहेका छन् ।

बिस्तारित सबै शाखाहरुको उद्घाटन बीमा समितिका अध्यक्ष प्रा.डा. फत्तबहादुर के.सी.ले गरेका हुन् । शाखा उद्घाटन गर्दै बोर्ड अध्यक्ष केसीले छोटो समयमा एनबी ईन्स्योरेन्सले आफ्नो साख स्थापित गर्न सफल भएको भन्दै बीमा क्षेत्रको विकास र विस्तारका लागि अनुभवी मानव संसाधन उत्पादन गर्न सुझाव दिए । यसबाट बीमा क्षेत्रलाई टेवा पुग्नुका साथै सेवाग्राहीले छिटो र छरितो सेवा पाउने उनको भनाई थियो । सरकारले अघि सारेको कृर्षि तथा लघु बीमामा पनि आफ्नो सेवा विस्तार गर्न बोर्ड अध्यक्ष केसीले इन्स्योरेन्स व्यवस्थापनको ध्यानाकर्षण गराएका छन् ।

कम्पनी संचालक समितिका अध्यक्ष अम्बिका प्रसाद पौडेलले बीमा क्षेत्रमा आफ्नो पहिचान स्थापित गर्दै देशभरी शाखा सञ्जाल विस्तार गर्ने बताए । दुर्गम क्षेत्रमा बीमाको पहुँच नपुगेका कारण कतिपय नागरिक सधैं पछाडी पर्नु परिरहेको भन्दै उनले त्यस्तो अवस्थामा सुधार ल्याउनका लागि ईन्स्योरेन्सले प्रभावकारी सेवा बिस्तार गर्ने बताए ।

शुक्रबारदेखि ईन्स्योरेन्सका १७ वटा शाखा, ५ वटा सम्पर्क कार्यालय तथा ११ वटा सेवा काउण्टरहरु सञ्चालनमा आएका छन् । कम्पनीले सबै शाखाबाट सेवाग्राहीले गुनासो नगर्ने किसिमको सेवा दिने प्रतिबद्धता पनि जनाएको छ ।
१५ करोड रुपैंया चुक्ता पूँजीको ८० प्रतिशत हकप्रद निष्काशन गरेर चुक्ता पूँजी २७ करोड रुपैंया पुगेको इन्स्योरेन्सले हकप्रदमा नबिकेको शेयर लिलाम गरेर मात्र साढे ४ करोड रुपैंया प्रिमियम संकलन गरेको थियो ।

आइएमई ग्रुपले समस्याग्रस्त अवस्थामा रहेका बेला इन्स्योरेन्समा रहेको नेपाल बैंगलादेश बैंक तथा नेपाल क्रेडिट एण्ट कमर्श बैंकको ४५ प्रतिशत भन्दा बढी संस्थापक शेयर खरिद गरेको थियो । उक्त शेयर स्वामित्व परिवर्तन भए पछि नयाँ व्यवस्थापनका तर्फबाट अम्बिकाप्रसाद पौडेल, योगेश्वर ढकाल र प्रतापजंग पाण्डे इन्स्योरेन्सका सञ्चालक बनेका छन् ।

 

.............................................................................................................................................................

डिम्याट खाता खोल्नु भएको छैन ? घरमै बसी बसी अनलाइनबाट डिम्याट खाता खोल्न चाहनुहुन्छ भने यहाँ क्लिक गर्नुहोस् ।

....................................................................................................................................................................

मेरो लगानी अब सबै स्मार्टफोनमा ! एण्ड्रोइड मोवाइल एप्सका लागि यहाँ क्लिक गर्नुहोस् । एप्पलको आइफोन तथा आइप्याडका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईँ मेरो लगानीका प्रत्येक अपडेट फेसबुकट्वीटर र गुगल प्लस मार्फत पनि पाउन सक्नुहुन्छ ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।