लक्ष्मी लघुवित्त र कन्ट्री डेभलपमेन्ट बैंकको यस्तो छ प्रगति

Nov 04, 2016 merolagani

लक्ष्मी लघुवित्त वित्तीय संस्था लिमिटेड (LLBS) ले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा २ करोड ४८ लाख रुपैयाँ कमाएको छ । यो गत वर्षको सोहि अवधिको तुलनाभन्दा करिब १४१ प्रतिशतले बढी हो । कम्पनीले गत वर्षको सोहि अवधिमा १ करोड ३ लाख रुपैयाँ कमाएको थियो ।

११ करोड रुपैयाँ चुक्ता पूँजी भएको लिक्ष्मी लघुवित्तले जगेडा कोषमा ९ करोड ५७ लाख रुपैयाँ राखेको छ । कम्पनीको खुद व्याज आम्दानी,संचालन मुनाफा बढेपछि नाफा बढेको हो

कम्पनीको जोखिम युक्त सम्पति १२ दशमलव ५१ प्रतिशत रहेको छ भने निष्क्रिय कर्जा शून्य दशमलव ३० प्रतिशत रहेको छ । कम्पनीको प्रतिशेयर आम्दानी ९० दशमलव ४५ रुपैयाँ,मूल्य आम्दानीको अनुपात १९ दशलमव १० गुणा, प्रतिशेयर नेटवर्थ १ सय ८७ दशमलव ०५ रुपैयाँ रहेको छ ।

कन्ट्री डेभलपमेन्ट(CNDBL) को प्रतिशेयर आम्दानी शून्य दशमलव ११ रुपैयाँ

कन्ट्री डेभलपमेन्ट बैंकले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा ४ लाख ७ हजार रुपैयाँ कमाएको छ । जुन गत बर्षको सोहि अवधिको तुलनामा करिब ९७ प्रतिशतले बढी हो । बैंकले गत वर्षको सोहि अवधिमा २ लाख ७ हजार रुपैयाँ कमाएको थियो ।

३५ करोड ६९ लाख रुपैयाँ चुक्ता पूँजी भएको बैंकले ले जगेडा कोषमा ७ करोड २१ लाख रुपैयाँ राखेको छ । बैंकको खुद व्याज आम्दानी,संचालन मुनाफा बढेपछि नाफा बढेको हो ।

बैंकको जोखिम युक्त सम्पति २५ दशमलव ७१ प्रतिशत रहेको छ भने निष्क्रिय कर्जा ४ दशमलव ४२ प्रतिशत रहेको छ । बैंकको प्रतिशेयर आम्दानी शून्य दशमलव ११ रुपैयाँ, प्रतिशेयर नेटवर्थ १ सय २० दशमलव १९ रुपैयाँ र तरलता अनुपात ३० दशमल ७७ प्रतिशत रहेको छ ।

डिम्याट खाता खोल्नु भएको छैन ? घरमै बसी बसी अनलाइनबाट डिम्याट खाता खोल्न चाहनुहुन्छ भने यहाँ क्लिक गर्नुहोस् ।

....................................................................................................................................................................

मेरो लगानी अब सबै स्मार्टफोनमा ! एण्ड्रोइड मोवाइल एप्सका लागि यहाँ क्लिक गर्नुहोस् । एप्पलको आइफोन तथा आइप्याडका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईँ मेरो लगानीका प्रत्येक अपडेट फेसबुकट्वीटर र गुगल प्लस मार्फत पनि पाउन सक्नुहुन्छ ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।