किन बढायो लक्ष्मी लघुवित्तले हकप्रद सेयर भर्ने म्याद ?

Nov 04, 2016 merolagani

लक्ष्मी लघुबित्त वित्तीय संस्था (LLBS) ले हकप्रद सेयर बिक्री गर्ने अवधि थप गरेको छ । कम्पनीले हकप्रद भर्ने म्याद ५ दिन थपेर कात्तिक २३ गतेसम्म पुर्याएको छ । यसअघि कात्तिक १८ गतेसम्म हकप्रद भर्ने म्याद राखेर सूचना निकालेको कम्पनीले शुक्रबार सूचनाजारी गरी कात्तिक २३ गतेसम्म हकप्रद भर्न पाइने जनाएको छ ।

 



हकप्रद सेयर निष्कासन खुला गरिएपछि दसैं, तिहार र छठलगायतका महत्वपूर्ण चाडपर्व परेको यसअवधिमा कतिपय लगानीकर्ता भर्न छुटेको हुन सक्ने भन्दै कम्पनीले समय थप गर्नुपरेको बताएको छ ।

कम्पनीले गत असोज १४ गतेदेखि एक सय रूपैयाँ अंकित मूल्यको ११ लाख कित्ता हकप्रद सेयर बिक्री खुला गरेको थियो । भदौ २६ गतेसम्म कायम कम्पनीका शेयरधनीले मात्र आवेदन हकप्रद सेयरका लागि दिन पाउनेछन् ।

कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धकमा एनएमबि क्यापिटल रहेको छ । लगानीकर्ताले एनएमबि क्यापिटल, एनएमबि बैंकका शाखाकार्यालय तथा लक्ष्मी क्यापिटल मार्फत आवेदन दिन पाउनेछन् ।

अहिले ११ करोड चुक्ता पूँजी रहेको लघुवित्तको हकप्रद निष्काशन पश्चात चुक्ता पूँजी २२ करोड रुपैंया पुग्नेछ । आजै चालु आर्थिक बर्षको पहिलो त्रैमासको वित्तिय विवरण सार्वजनिक गरेको कम्पनीले पहिलो त्रैमासमै २ करोड ४८ लाख खुद मुनाफा देखाएको छ भने प्रतिसेयर आम्दानी ९० रुपैयाँ कायम गरेको छ ।

 

डिम्याट खाता खोल्नु भएको छैन ? घरमै बसी बसी अनलाइनबाट डिम्याट खाता खोल्न चाहनुहुन्छ भने यहाँ क्लिक गर्नुहोस् ।

....................................................................................................................................................................

मेरो लगानी अब सबै स्मार्टफोनमा ! एण्ड्रोइड मोवाइल एप्सका लागि यहाँ क्लिक गर्नुहोस् । एप्पलको आइफोन तथा आइप्याडका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईँ मेरो लगानीका प्रत्येक अपडेट फेसबुकट्वीटर र गुगल प्लस मार्फत पनि पाउन सक्नुहुन्छ ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।