पर्यटन क्षेत्र सुध्रिएपछि ह्वात्तै बढ्यो ओरिन्टलको नाफा

Nov 07, 2016 merolagani

ओरिन्टल होटल लिमिटेड (OHL) ले चालु आर्थिक बर्षको पहिलो त्रैमास अर्थात असोजमसान्तसम्ममा २ करोड ६७ लाख रुपैयाँ खुद नाफा कमाएको छ । गतबर्षको यसै अवधिमा भूकम्प र नाकाबन्दीले थलिएको कम्पनी ३९ लाख रुपैयाँ नोक्सानमा रहेको थियो ।

पर्यटन क्षेत्रमा आएको क्रमिक सुधार तथा लामो समयदेखि बन्द रहेको क्यासिनो समेत संचालनमा आएपछि नाफामा उल्लेखीय सुधार आएको कम्पनीको भनाई छ । यसअवधिमा कम्पनीले २१ करोड ४७ लाख रुपैयाँ आम्दानी गरेर १४ करोड ७८ लाख रुपैयाँ खर्च गरेको छ ।

७९ करोड रुपैयाँ चुक्ता पुँजी भएको कम्पनीले जगेडाकोषमा ५ करोड ४३ लाख रुपैयाँ राखेको छ । कम्पनीको प्रतिशेयर आम्दानी ३.३८ रुपैयाँ, मुल्य आम्दानीको अनुपात १ सय ६५ दशमलव ३९ गुणा, प्रतिशेयर नेटवर्थ १ सय ६ दशमलव ८६ रहेकोे छ ।

..............................................................................................................................................................

डिम्याट खाता खोल्नु भएको छैन ? घरमै बसी बसी अनलाइनबाट डिम्याट खाता खोल्न चाहनुहुन्छ भने यहाँ क्लिक गर्नुहोस् ।

....................................................................................................................................................................

मेरो लगानी अब सबै स्मार्टफोनमा ! एण्ड्रोइड मोवाइल एप्सका लागि यहाँ क्लिक गर्नुहोस् । एप्पलको आइफोन तथा आइप्याडका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईँ मेरो लगानीका प्रत्येक अपडेट फेसबुकट्वीटर र गुगल प्लस मार्फत पनि पाउन सक्नुहुन्छ ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।