अरनिको डेभलपमेण्ट र सृजना फाइनान्सको लाभांस स्वीकृत,बुटवल पावरको सात प्रतिशत बोनस

Nov 07, 2016 merolagani

अरनिको डेभलपमेण्ट बैंक (ARDBL)ले प्रस्ताव गरेको लाभांस वितरण गर्न नेपाल राष्ट्र बैंकले अनुमति दिएको छ । बैंकले १७ प्रतिशत बोनस र शुन्य दशमलव ८९ प्रतिशत नगद लाभांस वितरणको प्रस्ताव गरेको थियो । अरनिकोलाई  सेन्चुरीले बैंकले खरिद गर्ने सम्र्झौता गरिसकेको छ । यस्तै सृजना फाइनान्स (SFFIL) ले प्रस्ताव गरेको ५० प्रतिशत बोनस सेयर तथा २.६३ प्रतिशत नगद लाभांस वितरण गर्न पनि राष्ट्र बैंकले अनुमति दिएको छ ।



बैंकले प्रस्ताव गरेको लाभांस आगामी साधारण सभाले पारित गरे पछि लगानीकर्ताले पाउने छन् । बैंकले गत आर्थिक वर्षमा ५ करोड ८४ लाख रुपैँया खुद नाफा कमाएको थियो ।

अरनिकोले ३६ प्रतिशत हकप्रद बिक्री गरेर चुक्ता पूँजी ३५ करोड १० लाख रुपैंया नघाएको छ ।

यस्तै सृजना फाइनान्सले प्रस्ताव गरेको ५० प्रतिशत बोनस सेयर तथा २.६३ प्रतिशत नगद लाभांस वितरण गर्न पनि राष्ट्र बैंकले अनुमति दिएको छ । कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि लगानीकर्ताले उक्त लाभांस पाउनेछन् ।

बुटवल पावरको सात प्रतिशत बोनस

यसैगरी वुटवल पावर कम्पनीले पनि लाभांस घोषणा गरेको छ। कम्पनीले २७ प्रतिशत लाभांस घोषणा गरेको हो। कम्पनीले २० प्रतिशत नगद र सात प्रतिशत वोनस सेयर दिने प्रस्ताव गरेको हो। कम्पनीको पुस ८ गते साधारण सभा हुँदैछ। साधारणसभाले अनुमोदन गरेपछि कम्पनीले प्रस्ताव गरेको लाभांस सेयरधनीलाई वितरण गरिनेछ ।

...................................................................................................................................................................

मेरो लगानी अब सबै स्मार्टफोनमा ! एण्ड्रोइड मोवाइल एप्सका लागि यहाँ क्लिक गर्नुहोस् । एप्पलको आइफोन तथा आइप्याडका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईँ मेरो लगानीका प्रत्येक अपडेट फेसबुकट्वीटर र गुगल प्लस मार्फत पनि पाउन सक्नुहुन्छ ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।