अल्पाइन डेभलपमेण्ट बैंकले बोलकबोलबाट बेच्दैछ ७४ हजार कित्ता शेयर

Nov 11, 2016 Merolagani

अल्पाइन डेभलपमेन्ट बैंकले हकप्रद निष्काशनका बेला नबिकेको ७४ हजार ८४ कित्ता शेयर आगामी मंसिर १२ गतेदेखि लिलाम गर्ने भएको छ । बैंकले गत साउनमा निष्काशन गरेको प्रति ३ कित्ता बराबर २ दशमलव ८ कित्ता शेयरमा आवेदन नपरेका तथा खण्डित शेयरहरु लिलाम गरी बिक्री गर्न लागेको हो ।

बैंकले ४१ हजार ७ सय ६९ कित्ता साधारण तथा ३२ हजार ३ सय १५ कित्ता संस्थापक शेयर लिलामीबाट बिक्री गर्ने भएको हो । यसका लागि बैंकले मंसिर १२ देखि १९ गतेसम्ममा बोलकबोलका लागि आवेदन माग गरेको छ ।

कको शेयर निष्काशन तथा बिक्री प्रबन्धक एनएमबी क्यापिटल रहेको छ । लिलाममा राखिने शेयरका लागि आवेदन दिन चाहनेले नक्सालस्थित क्यापिटलको कार्यालयबाट आवेदन फारम लिएर त्यहि आवेदन बुझाउनु पर्नेछ । त्यसै गरी बैंकको कार्यालय हेटौंडाबाट पनि शेयर लिलाम प्रकृयामा सहभागि हुन सकिने बताइएको छ ।

न्यूनतम १ सय रुपैंयाका दरले कम्तीमा १ सय कित्ताका लागि आवेदन दिनु पर्नेछ । लिलाम गरिएको शेयरमा मंसिर १९ गते दिउँसो ३ बजेसम्ममा आवेदन दिईसक्नु पर्ने बताइएको छ । बोलपत्र मंसिर २० गते दिउँसो साँढे तीन बजे एनएमबी क्यापिटल लिमिटेड, नागपोखरीमा खोलिनेछ ।

बैंकमा बुधबारदेखि मात्र नयाँ प्रमुख कार्यकारी नियुक्त भएका छन् । बैंक सञ्चालक समितिले लालबहादुर थिङलाई प्रमुख कार्यकारीको जिम्मेवारी दिने निर्णय गरेको हो ।

 

 

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।