एभरेष्ट बैंकले यसपटक गर्यो आकर्षक प्रगति, गत बर्षको बोनस सेयर कति आउँला ?

Nov 14, 2016 Merolagani

भारतीय पन्जाब नेशनल बैंकसँगको संयुक्त साझेदारीमा संचालित एभरेष्ट बैंक(EBL)ले यस आर्थिक बर्षको पहिलो त्रैमासको आकर्षक प्रगति बिबरण पस्केको छ । बैंकले खुद नाफामा ४१ प्रतिशतको बढोत्तरी गरी प्रति सेयर आम्दानी समेत बढाउनुलाई ठूलो उपलब्धिको रुपमा हेर्नुपर्छ ।

एभरेष्ट बैंकले आफ्ना सबै बित्तीय सूचकहरुमा सुधार गर्दै आकर्षक बित्तीय बिबरण प्रकाशित गरेको हो ।

नोटः रकमलाई करोडमा देखाईएको छ ।

एभरेष्ट बैंकले गत बर्षको खुद नाफाबाट कति बोनस सेयर दिन्छ भन्ने प्रतीक्षा सेयर बजारमा भईरहदा उसको बित्तीय बिबरण बाहिर आएको हो । बिगतका बर्षहरुमा बोनस सेयर भन्दा नगद लाभांशमै जोड गर्दै आएको एभरेष्टले यसपटक राष्ट्र बैंकले तोकेको चुक्ता पूँजी आठ अर्ब पुर्याउन पनि धेरै नै बोनस सेयर दिनुपर्ने बाध्यता छ । उसको जगेडा कोषमा तीन अर्ब भन्दा बढी बोनस सेयर बाड्न मिल्ने रकम भए पनि यसपटक के गर्छ भन्न सकिन्न ।

अन्य संस्थाहरुलाई किनेर पूँजी पुर्याउन नमिलेको अबस्थामा उसले दिने बोनस सेयर र हकप्रद नै हो । यस्तो अबस्थामा लगानीकर्ताले सोची बिचारी लगानी गर्नु नै बुछिमानी देखिन्छ ।

comments powered by Disqus

पूँजीबजारका लगानीकर्ताको आन्दोलन स्थगित

Apr 28, 2024 07:06 AM

आजदेखि शुरु हुने भनिएको पूँजीबजारका लगानीकर्ताहरुको आन्दोलन स्थगित भएको छ। पूँजीबजार सुधार तथा विकासका माग राखि गर्न लागिएको आन्दोलन स्थगित भएको जानकारी पूँजीबजार सुधार संघर्ष समितिका संयोजक उपेन्द्र पाठकले जानकारी दिएका छन्।