कृषि बिकास बैंकको पहिलो त्रैमासको प्रगतिले के संकेत गर्छ ?

Nov 15, 2016 Merolagani

सरकारी स्वामित्व धेरै भएको कृषि बिकास बैंक(ADBL)ले पनि चालु आर्थिक बर्षको पहिलो त्रैमासमा आकर्षक प्रगति बिबरण पस्कदै केही दुरगामी परिवर्तनको संकेत गरेको छ । मंसिर ७ गतेसम्म ५० प्रतिशत हकप्रद सेयर बिक्री गरिरहेको बैंकले गत आर्थिक बर्षको पहिलो त्रैमासको तुलनामा ५० प्रतिशतले खुद नाफा बढाउन सकेको छ ।

हेर्नुहोस् यो तुलनात्मक अध्ययनः


नोटः रकमलाई करोडमा देखाईएको छ ।

कृषि बिकास बैंकले गत बर्ष दुई अर्ब ५७ करोड खुद नाफा गरी प्रति सेयर आम्दानी ५६ रुपैयाँ कायम गरेकोमा त्यसबाट लाभांश घोषणा गर्न बाँकी नै रहेको अबस्था छ ।

जानकारहरुका अनुसार पहिलो र दोस्रो त्रैमासमा कृषि बिकास बैंकले जस्तो प्रगति गरे पनि तेस्रो र चोथो त्रैमास भने अभुतपूर्व नै हुने गर्दछ । पहिलो र दोस्रो त्रैमासमा कर्जा परिचालनमा जोड गर्ने र तेस्रो र चौथो त्रैमासमा असुलीमा ध्यान दिने परम्परा रहेको छ । गत बर्षको तुलनामा निस्क्रिय कर्जालाई २५ प्रतिशतले घटाई कर्जा परिचालन २२ प्रतिशतले बढाईएकोले आगामी त्रैमासहरु अझै उत्साहजनक हुनसक्ने आशा गर्न सकिन्छ ।

कर्जा जोखिम वापतको रकम ८७ प्रतिशतले बढेर ५८ करोड राख्नु परेकोमा आगामी त्रैमासहरुमा त्यो फिर्ता भएर खुद नाफामा देखिनसक्छ किनभने बेंकले पछिल्ला बर्षहरुमा असुलीलाई कडाई गरेको छ । 

कर्मचारी खर्चमा भने कृषि बिकास बैंकले अर्को सरकारी बैंक नेपाल बैंकलाई पनि उछनेको छ । कृषि बिकास बैंकको कर्मचारी खर्चमा दीर्घकालीन खर्चहरु पनि जोडिएको बुझिएको छ, जुन नेपाल बैंकको छैन । 

पूँजी कोष १६.७१, प्रति सेयर नेटवर्थ ३२१, मूल्य आम्दानी अनुपात १८ गुणा रहेको अबस्थाले दीर्घकालीन लगानी गर्न मूल्य तल झर्दा यसको सेयर किन्नु फाईदाजनक हुनसक्छ । अनुभवी र प्रतिबद्ध प्रमुख कार्यकारी लीलाप्रकाश सिटौला नेतृत्वको ब्यवस्थापनले सरकारी हस्तक्षेपबाट मुक्त भएर २५० वटा देशब्यापी शाखा संजालको क्रियाशिलता बढाउनसके यस बैंकलाई कसैले भेट्टाउन सक्दैन तर सरकारी बैंक भएकाले सर्वसाधारण लगानीकर्ताले उसको प्रगतिमा सहजै बिस्वास गर्ने गरेका छैनन् ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।