हिमालयन बैंकले एघार करोड बढाएर कमायो खुद नाफा ४३ करोड

Nov 15, 2016 merolagani

हिमालयन बैंक (HBL) ले चालु आर्थिक बर्षको पहिलो त्रैमास अर्थात असोजमसान्तसम्ममा ४३ करोड ८४ लाख रुपैयाँ खुद नाफा कमाएको छ । यो गतबर्षको यसै अवधिको तुलनामा एघार करोड बढी हो । बैंकले अघिल्लो बर्षको पहिलो त्रैमासमा ३२ करोड २७ लाख रुपैयाँ नाफा कमाएको थियो ।

बैंकको सन्चालन मुनाफा र व्याज आम्दानीमा भएको बृद्धि तथा विदेशी मुद्राको कारोबार लगायत नियमित कारोबारबाटै नाफा बढाएको देखिन्छ । ४ अर्व ९६ करोड चुक्तापुँजी रहेको बैंकले चार अर्ब ८१ करोड जगेडाकोषमा राखेको छ ।

बैंकले हालसम्म ९३ अर्व २२ करोड निक्षेप संकलन गरेर ७२ अर्व १८ करोड कर्जा प्रबाह गरेको छ । गतबर्षको यसैअवधिको तुलनामा बैंकको निक्षेप तथा कर्जामा समेत उल्लेखीय रुपमा बढेको छ । बैंकले निक्षेप १५ अर्ब तथा कर्जा पनि १५ अर्ब रुपैयाँकै हाराहारीमा बढाएको छ ।

बैंकले यसअवधिमा खराबकर्जा समेत ३.३५ प्रतिशतबाट झारेर १.१७ प्रतिशत कायम गरेको छ । बैंकको प्रतिसेयर आम्दानी ३८ रुपैयाँ ९८ पैसा भने प्रतिसेयर नेटवर्थ २१७ रुपैयाँ ३३ पैसा रहेको छ ।

सार्थै बैंकले पूँजी बढाउने क्रममा सात बराबर एकको अनुपातमा ६४ करोड रुपैयाँ बराबरको हकप्रद सेयर समेत बिक्री खुला गरेको छ । बैंकको हकप्रदमा मंसिर ३० गतेसम्म आवेदन दिन सकिनेछ । गत आर्थिक बर्षको मुनाफाबाट वितरण गरिने बोनस पनि घोषणा गर्न बाँकी छ ।

...................................................................................................................................................................

मेरो लगानी अब सबै स्मार्टफोनमा ! एण्ड्रोइड मोवाइल एप्सका लागि यहाँ क्लिक गर्नुहोस् । एप्पलको आइफोन तथा आइप्याडका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईँ मेरो लगानीका प्रत्येक अपडेट फेसबुकट्वीटर र गुगल प्लस मार्फत पनि पाउन सक्नुहुन्छ ।

...................................................................................................................................................................

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।