सेयर बिक्रीमा अत्यधिक चाप परेपछि नेप्से तीब्र रुपमा ओरालो

Nov 17, 2016 merolagani

एभरेष्ट बैंक र नेशनल लाईफले घोषणा गरेको आकर्षक बोनस तथा हकप्रदको मौकामा ठूला लगानीकर्ताहरु सेयर बेच्न ओईरिएपछि नेप्से तीब्र रुपमा ओरालो लागेको छ । नेप्सेमा कारोबार सुरु भएको दुई घण्टा नपुग्दै एभरेष्ट बैंकको ३५ करोड बराबरको ९४ हजार कित्ता सेयर बिक्री भएको छ भने नेशनल लाईफको झण्डै पाँच करोड रुपैयाँ बराबरको १४ हजार कित्ता सेयर किनबेच भएको छ ।

कारोबार रकमका हिसाबाले तेस्रो दिन पनि यी दुई कम्पनी नै अग्रस्थानमा  छन् ।

राम्रो बोनस तथा हकप्रद घोषणा गरेको मौकामा ठूला लगानीकर्ताहरु सेयर बेच्न ओईरिएपछि अरु कम्पनीको सेयर मूल्य पनि ओरालो लागेर नेप्से २२ अंकको क्षति ब्यहोरेर १६७७ मा झरेको छ ।

एभरेष्ट बैंकले ७० प्रतिशत बोनस र त्यसपछि ३३.३३ हकप्रद तथा नेशनल लाईफले ३० प्रतिशत बोनस र शतप्रतिशत हकप्रद घोषणा गरेको मौकामा सेयर मूल्य समेत बढेपछि ती कम्पनीहरुको सेयरधनीहरु सेयर बेच्न ओईरिदा माग र आपुर्तिमा सन्तुलन गुम्न जाँदा नेप्सेमा धक्का लागेको हो । 

खराब बित्तीय बिबरण प्रकाशित गरेको सिभिल बैंकले सबैभन्दा धेरै प्रतिशत मार खाएको छ ।
यो बिबरण अपरान्ह १२ः४५ बजेको हो ।

....................................................................................................................................................................

मेरो लगानी अब सबै स्मार्टफोनमा ! एण्ड्रोइड मोवाइल एप्सका लागि यहाँ क्लिक गर्नुहोस् । एप्पलको आइफोन तथा आइप्याडका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईँ मेरो लगानीका प्रत्येक अपडेट फेसबुकट्वीटर र गुगल प्लस मार्फत पनि पाउन सक्नुहुन्छ ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।