धितो लिलाम गरेर स्वस्थ बन्ने प्रभु बैंकको नयाँ रणनीति, सिटिजन्सलाई पनि लिलामीकै लफडा

Nov 21, 2016 Merolagani

तत्कालीन ग्राण्ड र किष्ट बैंकको खराब कर्जा असुली गर्न प्रभु बैंकले नयाँ रणनीति अख्तियार गरेको छ । ग्राण्ड र किष्ट बैंकबाट प्रबाह भएका कर्जाहरु असुलीमा प्रगति नभएपछि निस्क्रिय कर्जाको भारी बोकिरहेको प्रभुले बैकल्पिक ब्यवस्था गरी कर्जा असुली गर्ने प्रक्रिया अगाडि बढाएको बैंक ब्यवस्थापनको उच्च स्रोतले जनाएको छ ।

खराब ऋणीहरुको कर्जा वापतको धितो लिलामीमा चढाउँदा मुद्धा मामिला र धम्कीको सामना गर्नु परेपछि प्रभु बैंकले गैर बैंकिड. सम्पति तर्फको विकल्प अख्तियार गरेको बुझिएको छ ।

प्रभु बैंकको निस्क्रिय कर्जा ७।५४ प्रतिशत कायम रहँदा गत आर्थिक बर्षको पहिलो त्रैमासको तुलनामा यस बर्षको सोही अवधिमा दुई करोड रुपैयाँले मात्र खुद नाफा बढाउन सकी जम्मा २८ करोड कमाएको छ ।

उता, बिग्रे भत्केका फाईनान्स कम्पनीहरुलाई किनेको सिटिजन्स बैंकले ती फाईनान्सहरुबाट प्रबाह भएका खराब कर्जा असुली नभएपछि काठमाडौसहित केही जिल्लामा रहेका सयौ रोपनी घरजग्गा फेरि लिलाममा निकालेको छ । खराब ऋणीहरुको धितो कमशल रहेको र लिलाममा सकार्न खोज्नेहरुलाई धम्की तथा हकभोगमा बाधा पार्ने लगायतका चेतावनी आउने भएकाले यस्ता सम्पतिहरु लिलाममा सकार्न सर्वसाधारणहरु हच्किने गरेका छन् । सिटिजन्सले त्यस्ता ऋणीहरुबाट कर्जा नउठेपछि आफैले ती सम्पतिहरु गैर बैंकिड. सम्पतिको रुपमा सकारी अहिले लिलाममा राखेको हो ।

नेपाल हाउजिड. एण्ड मर्चेन्ट, पिपल्स फाईनान्स र प्रिमियर फाईनान्सका धितोहरु गैर बैंकिड. सम्पति बनाई सिटिजन्सले लिलाममा निकालेको हो ।

समस्याहरु यस्ता छन्

धितो वा गैर बेंकिड. सम्पतिको रुपमा खाली जग्गाहरु सजिलै लिलाम सकारिने गरेको भए पनि घरधनी वा निजका नातेदारहरु बसिरहेको घर खाली गराएर हकभोग गर्न मुस्किल पर्ने गरेको छ । पैसा तिरेर धितो सकार गरी आफ्नो नाममा ल्याए पछि पनि हकभोग गर्न अनेकौ झमेला र धेरै खर्च गर्नुपर्ने अबस्था लिलाम सकार्नेलाई पर्नसक्छ । यसरी लिलाम सकारेर प्राप्त हुने सम्पति हकभोगमा प्रहरी प्रशासन, छिमेकी लगायतबाट पर्याप्त सहयोग नपाउँदा बर्षौसम्म पीडित बन्नुपर्ने अबस्था रहेको छ ।
घरमा बसिरहेका बालबालिका र ज्येष्ठ नागरिकलाई जबरजस्ति निकालेर घर खाली गराउँदा मानवीय समस्या उब्जिने र यस क्रममा भबितब्यका घटनाहरु भए त्यसको पनि जिम्मेवारी लिनुपर्ने भएकाले हकभोग जटिल बन्ने गरेको छ ।

अर्को तर्फ लिलाम गर्ने बैंक तथा बित्तीय संस्थालाई त्यस्तो सम्पति बिक्री गर्न बाधा सिर्जना गर्ने नियतले अदालतमा नातेदारबाट मुद्धा हाल्न लगाएर दुःख दिने नियत पनि कतिपय ऋणीमा देखिने गरेको छ । सबै प्रक्रिया पुरा गरेर नामसारी गर्न ठिक्क पार्दा अदालतबाट स्टे अर्डर आउने गरेपछि प्रक्रिया त्यसै अबरुद्ध भईदिन्छ । अदालतमा मुद्धा हारजित हुनै बर्षौ लाग्दा कतिपय बैंकहरु न त धितो लिलाम गर्न सक्छन् न त बैकल्पिक ब्यवस्था गर्न नै ।

धम्कीको सामना गर्नुपर्ने 

लिलाममा सहभागी हुन चाहनेहरुलाई धितो निरीक्षणमा जाँदा नै धम्कीहरु आउने गरेकाले लिलाममा सहभागी हुनेहरु अति त्रसित हुने गरेका छन् । लिलाम सकारेर घरजग्गा हकभोगका लागि जानेहरुले अपहरण, बलात्कार र ज्यान मार्नेसम्मका धम्कीहरु आउने गरेको गुनासो गरेका छन् ।

ऋणीले आफ्नो औकात भन्दा बढी कर्जा उपभोग गर्ने, कर्जाको सावाँ ब्याज बेलैमा तिर्न आनाकानी गर्ने, बैंकले पनि चर्को ब्याज लिने , जरिवाना छुट र सहुलियत नदिने, सकेसम्म धितो लिलाम गरेर असुल्न खोज्ने लगायतका प्रबृत्तिले धितो लिलामी बढेको छ । चालु आर्थिक बर्षमा स्वस्थ बैंक बनेर पूँजी बृद्धिका लागि धेरै बोनस सेयर बाड्नुपर्ने बाध्यताले पनि बैंक तथा बित्तीय संस्थाहरुले धितो लिलाम तथा गैर बैंकिड. सम्पति बिक्री तीब्र बनाएका छन् ।

धितोलाई बैंक आफैले सकार गरी गैर बैंकिड. सम्पतितर्फ लैजादा मालपोतमा लाग्ने करहरु बैंक आफैले तिर्नु पर्दा खर्च बढ्न जान्छ भने पछि त्यसलाई लिलाम गर्दा पनि सकार्नेले खर्च ब्यहोर्दा दोहोरो खर्च हुने गर्दछ ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।