एसबिआई बैंकले प्रस्ताव गर्यो एफपिओको मूल्य,प्रिमियम थपेर ९८४ रुपैयाँ

Nov 24, 2016 merolagani

नेपाल एसबिआई बैंक (SBI) ले प्रतिकित्ता ९८४ रुपैयाँमा एफपिओ जारी गर्न प्रस्ताव गरेको छ  । ६७ हजार ७६७ कित्ता एफपिओ जारी गर्ने निर्णय गरेको कम्पनीले प्रतिकित्ता एक सय रुपैयाँ अंकित मूल्यमा  ८८४ रुपैयाँ प्रिमियम थपेर एफपिओ निष्कासन गर्न प्रस्ताव गरेको  हो । नेपाल धितोपत्र बोर्डले एसबीआईको प्रस्तावमा ब्यापक अध्ययन गरी निर्णय दिंदा यसमा फेरबदल हुनसक्ने संभावना रहेको छ । 

गत असोज १७ गते बसेको बैंक संचालक समितिको बैठकले ६७ हजार ७६७ कित्ता एफपिओ निष्कासन गर्ने निर्णय गरेको थियो । बैंकले संस्थापक शेयरधनी र साधारण सेयरधनीको स्वामित्व ७० / ३० कायम गर्न ६७ हजार ७ सय ६७ कित्ता एफपिओ जारी गर्न नेपाल धितोपत्र बोर्डमा गत कार्तिक ९ गते निबेदन दिएको छ ।

बैंकले यसअघिनै गत आर्थिक बर्षको कमाईबाट २८ प्रतिशत बोनस र कर प्रयोजनका लागि १.५३ प्रतिशत नगद लाभांस दिने प्रस्ताव समेत गरिसकेको छ । बैंकले प्रस्ताव गरेको लाभांस राष्ट्र बैंकको स्वीकृतिपश्चात बैंकको आगामी साधारणसभाले पारित गरेपछि लगानीकर्तालाई वितरण गरिनेछ ।

हाल बैकको ३ अर्ब ८८ करोड ३७ लाख रुपैयाँ चुक्तापूँजी रहेको छ । २८ प्रतिशत बोनस वितरण पश्चात बैंकको पूँजी ४ अर्ब ९७ करोड ११ लाख रुपैयाँको हाराहारीमा पुग्नेछ । त्यसपछि ६७ हजार कित्ता एफपिओ जारी गरेपछि बैंकको चुक्तापूँजी ६७ लाख रुपैयाँले बढ्ने छ भने बाँकी प्रिमियम रकम जगेडाकोषमा रहनेछ ।

चालु आर्थिक बर्षको पहिलो तीन महिना असोज मसान्तसम्मा बैंकले ३५ करोड रुपैयाँ खुद नाफा कमाएको छ । यसअवधिमा बैंकको प्रतिशेयर आम्दानी ३६ दशमलव ४८ रुपैयाँ, नेटवर्थ १ सय ८८ रुपैयाँ ७९ रुपैयाँ रहेको छ । एसबिआइ भारतीय संयुक्त लगानीको नेपाली बैंक हो । बैंकले ७३ शाखा ,८६ एटिएम तथा ६७८ जना कर्मचारी मार्फत सेवा प्रदा गर्दै आइरहेको छ ।

नेपाल धितोपत्रबोर्डले सार्वजनिक निष्काशनगरी सूचिकृत भईसकेका कम्पनीको फर्दर पब्लिक इस्यू (एफपिओ) को मूल्य निर्धारण विधि तथा आधारहरु तयार गरे बमोजिम एसबिआईले मूल्य प्रस्ताव गरेको जनाएको छ ।

बोर्डले एफपिओको मूल्य निर्धारण गर्दा सम्बन्धित संस्थाको विगत , वर्तमान र भविष्यको वित्तीय विवरणको मूल्याङ्न तथा औषत बजारमूल्यका आधारमा गरिने विधी तथा आधार तयार पारेको थियो ।
विशेषगरि सम्बन्धित कम्पनीको पूँजीकृत भएको आम्दानी, प्रतिशेयर खुद सम्पतिको मूल्य, १८० दिनको औषत बजारमूल्य र भविष्यमा प्राप्त हुने नगद प्रवाहको वर्तमान मूल्यको आधारमा एफपिओको मूल्य निर्धारण गरिनेछ ।

सूचिकृत संस्थाले बोर्डले तय गरेको आधार र विधि अनुसार मूल्य गणना गर्ने र सबैविधिबाट उपलब्ध भएको कुल मूल्यको सामान्य औसत गणनागरि मूल्य निर्धारण गर्नुपर्नेछ । त्यसैगरि सम्बन्धीत कम्पनीले मूल्य निर्धारण गर्दा बोर्डले तय गरेको विधी बमोजिम भए नभएको औचित्य समेत प्रष्टयाउनुपर्ने धितोपत्रबोर्डले यसअघि नै प्रष्ट्याइसकेको छ ।

 

.................................................................................................................................

मेरो लगानी अब सबै स्मार्टफोनमा ! एण्ड्रोइड मोवाइल एप्सका लागि यहाँ क्लिक गर्नुहोस् । एप्पलको आइफोन तथा आइप्याडका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईँ मेरो लगानीका प्रत्येक अपडेट फेसबुकट्वीटर र गुगल प्लस मार्फत पनि पाउन सक्नुहुन्छ ।

....................................................................

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।