सानिमा बैंकको ४१ औँ शाखा नुवाकोटको बिदुरमा

Nov 25, 2016 merolagnai

सानिमा बैंक लिमिटेड (SANIMA) ले नुवाकोटको बिदुरमा आफ्नो नयाँ शाखा सञ्चालन गरेको छ । बैंकले यूके एडद्वारा प्रवद्र्धित सक्षम परियोजनाको सहकार्यमा उक्त शाखा कार्यालय स्थापना गरी बैंकिङ्ग सेवा विस्तार आरम्भ गरेको हो । योसँगै सानिमाको शाखा संख्या ४१ पुगेको छ ।



उक्त शाखा कार्यालयको समुद्घाटन सानिमा बैंकका ब्राण्ड प्रवद्र्धक मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य (मह) तथा सानिमा बैंकका अध्यक्ष बिनय श्रेष्ठले गरेका हुन् । सानिमा बैंकका अध्यक्ष श्रेष्ठ तथा प्रमुख कार्यकारी अधिकृत भुवन दाहालले यस बिदुर शाखाबाट पनि ग्राहकहरुलाई गुणस्तरीय सेवा पुर्याउने प्रतिबद्धता व्यक्त गरे ।

सो अवसरमा मह जोडीले बिदुरमा सानिमा बैंक संचालनमा आएकोमा बिदुरवासी र बैंकलाई बधाई ज्ञापन गर्दै सानिमाको सफलता तथा सबल अनि विश्वसनीय बैंकको रुपमा निरन्तर विस्तार हुन शुभकामना व्यक्त गरे ।
सानिमा बैंकको उक्त शाखा समेत गरी मेचीदेखि महाकालीसम्म ४१ वटा शाखा संजाल तथा ४७ वटा ए.टि.एम रहेका छन् ।

....................................................................................................................................................................

मेरो लगानी अब सबै स्मार्टफोनमा ! एण्ड्रोइड मोवाइल एप्सका लागि यहाँ क्लिक गर्नुहोस् । एप्पलको आइफोन तथा आइप्याडका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईँ मेरो लगानीका प्रत्येक अपडेट फेसबुकट्वीटर र गुगल प्लस मार्फत पनि पाउन सक्नुहुन्छ ।

....................................................................................................................................................................

comments powered by Disqus

सिटिजन लाइफको लाभांश घोषणा

May 06, 2024 09:47 AM

सिटिजन लाइफ इन्स्योरेन्स (CLI) ले शेयर प्रिमियम रकमबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ।